• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « दशौं ठमेल अधिराज्यव्यापी फुल कन्ट्याक्ट क्योकूशिन करांते प्रतियोगिता सम्पन्न | Main | प्रबासी नेपाली संपर्क मन्चको अनुरोध »

    एनआरएन इजरायल को अधिबेशन संपन्न

    By Kumar Karki | September 2, 2008

    देबेन्द्र सुबेदी
    सेप्टेम्बर ०२, २००८
    एनआरएन इजरायल को अधिबेशन अगस्त २९ र ३० तारीख भब्य रूपमा सम्पन्न भएको छ |सो अधिबेशन ले भुवन सिंह कुंवर अध्यक्ष्य र देबेन्द्र हरी सुबेदी माहासचिव रहेको १० सदस्यीय कार्यकारिणी समिति निर्वाचित गरेको छ |

    कुल १२६३ दर्ता भएका सदस्य मतदाता रहेको मा ६६५ मत खसेको थियो ,जस्मध्ये ३६५ मत प्राप्त गरी कुंवर अध्यक्ष्य मा निर्वाचित भएका हुन,अर्का प्रत्यासी कपिल नेउपाने ले २५४ मत प्राप्त गरेका थिए |त्यसै गरी माहासचिव मा देबेन्द्र हरी सुबेदी अन्य दुई प्रत्यासी लाई पछि पार्दै २५४ मत का साथ निर्वाचित भएका छन |दुई उपाध्यक्ष को लागी खोज राज कटुवाल {परशु राम },र नयेंद्र चेम्जोंग निर्वाचित हुनुभएको छ भने सचिव र कोषाध्यक्ष मा क्रमश दिनेश प्रसाईं र ऋतू गिरी,सदस्य हरु मा जय कला राइ ,भीमसेन महत ,तारा प्रसाईं ,राजेंद्र प्रताप सेन निर्वाचित हुनु भएको छ |
    नव निर्वाचित अध्यक्ष कुंवर नेपाली कामदार सहयोगी मंच नामक सस्था का स्थापना काल देखि हाल सम्म निरंतर अध्यक्ष पद मा रही सामाजिक रूप मा नेपाली समुदाय मा काम गर्दै आएका ब्यक्तित्व हुन भने महासचिव देबेन्द्र इजरायल बाट प्रकाशित हुने एक मात्र मासिक पत्रिका नेपाल चौतारी का संपादक हुन | निर्वाचित पदाधिकारी हरु लाई अगस्त ३० तारीख नै एनआरएन आईसीसी प्रतिनिधि डा.लीला भंडारी ले पद तथा गोपनीयता को सपथ खुवाउनु भएको थियो |
    नेपाली राजदूतावास का प्रथम सचिव कुमार राज खरेल मतदान अधिकृत रहनुभएको निर्वाचन समिति मा युएन का प्रमोद बस्नेत ,लीला भंडारी सदस्य का रूप मा हुनुहुन्थ्यो |निर्वाचन परिणाम घोषणा गर्दै दूतावास का प्रथम सचिव खरेल ले निर्वाचित पदाधिकारी लाई बधाई दिदै राजदूतावास ले पूर्ण सहयोग गर्ने बचनबध्दता ब्यक्त गर्नुभयो,साथै कार्यालय को लागी राजदूतावास भवन मा नै ब्यबस्था गर्ने जानकारी पनी दिनुभयो |नव निर्वाचित अध्यक्ष कुंवर ले निर्वाचन सफल बनाऊन आफ्नो थू बाट भूमिका निर्वाह गर्ने सबै लाई धन्यबाद दिदै उपाध्क्ष मा पराजित नारी आवाज़ इजरायल की अध्यक्ष एबम सामाजिक कार्यकर्त्ता सृजना महत बानिया लाई महिला सदस्य मा मनोनीत गरेको घोषणा गर्नुभयो |
    अधिबेशन को दिन कोशी नदी पीड़ित को लागी करिव ३०० डॉलर चंदा उठेको थियो भने सदस्यता बाट उठेको रकम मध्य बाट रु.एक लाख दिने निर्णय पनी गरिएको थियो,त्यसैगरी भर्खरै इजरायलमा समुन्द्रमा डुबेर मृत्यु भएका ललितपुर निवासी राम प्रसाद संजेल को परिवार लाई पनी इजरायल वासी नेपाली को तर्फ बाट रु.एक लाख प्रदान गर्ने निर्णय लाई अनुमोदन गरिएको थियो

    Bookmark This

    Topics: कतार |

    Comments