• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « पत्रकारको आन्दोलनप्रति सरकार गम्भीर | Main | एनआरएन इजरायल को अधिबेशन संपन्न »

    दशौं ठमेल अधिराज्यव्यापी फुल कन्ट्याक्ट क्योकूशिन करांते प्रतियोगिता सम्पन्न

    By Kumar Karki | September 2, 2008

    यही भाद्र १३ र १४ गते ठमेल क्योकूशिन करांते डो संघद्वारा आयोजित छैठौं प्रथम सशश्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा नुडूप श्रेष्ठ स्मृति कप तथा दशौं ठमेल अधिराज्यव्यापी फुल कन्ट्याक्ट क्योकूशिन करांते प्रतियोगिता काठमाडौंमा सम्पन्न भयो ।

    उक्त प्रतियोगिताको उद्घाटन सशश्त्र प्रहरी वलका अतिरिक्त महानिरीक्षक सनत कुमार बस्नेतले गर्नु भएको थियो । ठमेल डोजोका अध्यक्ष सूर्य लामाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अतिरिक्त महानिरीक्षक बस्नेतले खेलाडीहरुमा अनुशानसन भन्ने कुरा मुख्य हो र त्यसलाई कायम राख्दै आफ्नो मार्गमा अगाडि बढ्नु पर्छ भन्नु भयो ।

    दुई दिनसम्म चलेको सो प्रतियोगितामा सहभागी खेलाडीहरु मध्ये ३५ केजी तौल समूह अन्तर्गत महेश लामा प्रथम, सञ्जय लामा दोस्रो, आवेश लामा तेस्रो तथा राजाराम चौथो भएका थिए भने ४५ केजी तौल समूह अन्तर्गत राजकुमार घिसिड. प्रथम, सञ्जय राई दोस्रो, कृष्ण श्रेष्ठ तेस्रो र टेक बहादुर तामाड.चौथो भएका थिए । त्यसैगरी ५५ केजी तौल समूह अन्तर्गत केन्द्रीय डोजोका बीरमान लामा प्रथम, ठमेल डोजोका हिमाल तामाड. दोस्रो, ठमेल डोजो कै जंग बहादुर तामाड. तेस्रो र कर्साड. लामा चौथो भएका थिए । ६५ केजी तौल समूह अन्तर्गत रुपेश लामा प्रथम, असलम मिया दोस्रो, विष्णु तामाड. तेेस्रो र प्रकाश बस्नेत चौथो भएका थिए ।

    महिला खुला तर्फ पार्वती लामा प्रथम, शान्ता तामाड. दोस्रा, रञ्जिता शाह तेस्रो र प्रतिमा माझी चौथो भएका थिए । त्यसैगरी पुरुष खुला तर्फको प्रतियोगितामा आड.कामी शेर्पा प्रथम, आशिष लामा दोस्रो, अनिल गुरुंग तेस्रो तथा धिरेन बोहरा चौथो भएका थिए ।

    आयोजक ठमेल डोजोका अध्यक्ष सूर्य लामाको संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा विजयी खेलाडीहरुलाई केन्द्रीय क्योकूशिन करांते संघका व्रान्च चिफ रामजी प्रसाद बज्रचार्यले पुरस्कार वितरण गर्नु भएको थियो भने सो अवसरमा पुष्प मानन्धर तथा उज्वलकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

    Bookmark This

    Topics: कतार |

    Comments