• Happy Dashain 2065

  • Read News From

  •  

    August 2008
    S S M T W T F
    « Jul   Sep »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाल पत्रकार महासंघको उपत्यका क्षेत्रीय भेला सम्पन्न | Main | अविरल बर्षाका कारण बसन्तपुर - म्याङलुङ्ग यातायत बन्द »

    पत्रकार माथिको दुर्व्यहारमा खाडि राष्ट्रका सम्पुर्ण पत्रकारहरु एकजुट - प्रधानमंत्रीलाई पत्र

    By Kumar Karki | August 27, 2008

    कुमार कार्की - कतार

    कतारमा कार्यरत कान्तिपुर प्रवास साप्ताहिकका पत्रकार श्यामसुन्दर शशि माथि जन प्रगतिशिल मंचका कार्यकताद्धारा भएको हातपात तथा दुर्व्यवहारको विरोधमा खाडि राष्ट्रमा कार्यरत सम्पूर्ण पत्रकारहरु एकजुट भई विरोध गरेका छन् ।

    नेपाल कतार पत्रकार संघ र नेपाल पत्रकार महासंघ यूएइका सभापति द्धय रमेश राइ र जाकिर हुसेन द्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको पत्र प्रधानमन्त्रि कार्यलयमा वुझाईएको छ भने त्यो पत्रको वोधार्थ परराष्ट्र मन्त्रालय, सुचना तथा संचार मन्त्रालय, नेपाल पत्रकार महासंघ, नेपाली राजदुतावास कतार, ने क पा माओवादि केन्द्रिय कार्यलय र गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई वुझाईएको छ ।

    कतार जस्तो पत्रकार कठिन कानुन भएको राष्ट्रमा कार्यरत नेपाली समाजका लागि सुचना तथा समाचार सम्पे्रषण गर्दै आएका नेपाली पत्रकार माथि आफ्नै नेपालीले गरेको दुर्व्यहारको विरोधमा खाडि राष्ट्रमा कार्यरत सम्पूर्ण नेपाली पत्रकारहरुले ऐक्यवद्धता जनाउदै नेपाल कतार पत्रकार संघ र नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएइको तर्फवाट संयुक्त पत्र प्रधानमन्त्रि कार्यलयमा वुझाईएको हो ।

    पत्रमा नेपाली राजदूत डा. सुर्यनाथ मिश्रका सामु भएको हातपातमा पनि नेपाली राजदुतले कुनै सकारात्मक प्रतिकृया नदिनुलाई गम्भिर रुपमा हेरिएको छ । साथै कतारको एक राष्ट्रिय दैनिकले नेपाली राजदूतको भनाईलाई वडावा दिदैं लेखेको समाचारले कतार सरकारको पनि चासो रहेको र यसले नेपालीलाई भविष्यमा पर्न सक्ने आपत्ति प्रति नेपाल सरकारलाई जानकारी गराउनुका साथै सचेत गराएको छ ।

    नेपालको अन्तरिम संविधानले सुरक्षित गरेको मौलिक हक अधिकारलाई उपयोग गर्न नपाउनु तथा प्रवासमा नेपालीले नेपालीलाई नै दुर्व्यवहार गरिनुले खाडि राष्ट्रका सम्पूर्ण पत्रकारहरुले यसको विरोध गरेका छन् । यस्ता खालका अराजक प्रवुत्तिले खाडि राष्ट्रका सरकारहरु र नेपाल सरकार विचको राम्रो सम्वन्धमा असर पर्न सक्ने प्रति सचेत गराएको छ । साथै उक्त पत्रमा नेपाली राजदूतलाई जवाफदेहि हुनका लागि आग्रह गरिएको छ ।

    उक्त प्रेस विज्ञप्ति पढ्नकालागि क्लिक गर्नुस ।

    Bookmark This

    Topics: कतार |

    One Response to “पत्रकार माथिको दुर्व्यहारमा खाडि राष्ट्रका सम्पुर्ण पत्रकारहरु एकजुट - प्रधानमंत्रीलाई पत्र”

    1. sandesh Says:
      August 27th, 2008 at 8:11 am

      Kantipurko tyo sashi lai ta marna parne thiyo bajiya wahiyat kura garchha. Patrakarko khol odheko dalal ko puchhar. Dhanna keta haru le kehi pani garenachhan.

    Comments