« नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते | Main | नेपाल कतार पत्रकार संघ द्वारा शिघ्र स्वास्थ्य लाभको कामना »
प्रधानमन्त्रीको सुरक्षामा माओवादी जनसेना राख्ने निर्णयको विद्यार्थीहरुले विरोध
By Kumar Karki | August 19, 2008
नेकपा माओवादीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा राष्ट्रिय सेनाका अतिरिक्त माओवादी जनसेनासमेत राख्ने निर्णयको विद्यार्थीहरुले विरोध गरेका छन् ।
प्रधानमन्त्रीलगायतका विशिष्ठ व्यक्तिहरुको सुरक्षा प्रबन्ध राष्ट्रिय नीतिअनुरुप हुनुपर्ने भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलबार बिहान राजधानीको चावहिलमा दुई घण्टा सडक अवरुद्ध पारेका छन् ।
उनीहरुको जनसेना सुरक्षाका लागि राखेर राष्ट्रिय सेनाप्रति अविश्वास नगर्न आग्रह गर्दै निर्णय फिर्ता लिन माओवादीसँग आग्रह समेत गरेका छन् ।
DCNEPAL
Topics: समाचार |





















