« रास्लाफानमा तमू कलाकारको सांगितीक प्रस्तुति | Main | नेपाल पत्रकार महसंघका अध्यक्ष सडक दुर्घटनामा घाइते »
प्रधानमन्त्री द्वारा पद बहाली सुरक्षामा जनसेना
By Kumar Karki | August 19, 2008
सोमबार राष्ट्रपती भवनमा आयोजित कार्यक्रमका बिच नवनिर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन। पद तथा गोपनियताको सपथ ग्रहण गरी सकेपछी प्रधानमन्त्रिको कार्यभार बिधिवत रुपमा प्रधान मन्त्री पुष्पकमल दाहालले सम्हलेका छन। पद तथा गोपनियताको सपथ ग्रहण गरी सकेपछी प्रधानमन्त्रिको कार्यभार बिधिवत रुपमा प्रधान मन्त्री पुष्पकमल दाहालले सम्हलेका छन। प्रधानमन्त्रिको सुरक्षा ब्यवस्थाका लागि नेपाली सेनाको सट्टामा जनसेनाका लडाकुहरुलाई तैनाथ गरिएको छ।
नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘को सुरक्षाका लागि माओवादी लडाकुलाई पनि तैनाथ गरिएको विषय सातबुँदे सहमतिविपरीत भएको ठहर गरेको छ । देशको अति सम्वेदनशील एवम् राष्ट्रिय महत्वका संस्थाहरुमा जिम्मेवार स्थानबाट राष्ट्रिय सेनालगायत राष्ट्रका सुरक्षा संयन्त्रहरुको मनोबल गिराउने र तेजोबध गराउनसक्ने कुनैपनि कार्यको निन्दा गर्दै पार्टीले तत्काल यस्ता कार्य र ‘द्वैध चरित्रका गतिवधि‘ बन्द गर्न एवम् न्यूनतम राष्ट्रिय सुरक्षाका मापदण्ड नबिथोल्न सचेत गराएको छ ।
Topics: समाचार, Middle-east News |






















