« दुबईमा विश्व आदिबाशी दिवस भब्य रुपमा सम्पन्न | Main | प्रधानमन्त्री द्वारा पद बहाली सुरक्षामा जनसेना »
रास्लाफानमा तमू कलाकारको सांगितीक प्रस्तुति
By Administrator | August 18, 2008
बिलबहादुर तमू,दोहा-कतार,
१८ अगष्ट, २००८ ।
कतारमा विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरु समय समयमा सम्पन्न भैरहेका छन् । विशेषतः अधिकांश विदेशी कामदारहरु रहेको कतारमा विदेशी सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरु नै आयोजना गरिएका हुन्छन् । हालसालको स्थितिलाई मुल्यङ्कन गर्ने हो भने यी कार्यक्रमहरुमा अधिकतम मात्रामा स्थानिय स्तरमा उपलब्ध विदेशी कलाकारहरुलाई प्राथमिकता दिन थालिएको आभास हुन थालेको छ । चाहे त्यो नेपाली कार्यक्रम होस या अरु कुनै अर्को देशका कार्यक्रहरु नै किन नहोस । केहि अपवादलाई छोडेर हेर्ने हो भने स्थानिय स्तरमा उपलब्ध कलाकारहरुको संलग्नतामा विभिन्न ठूल-ठूला सांस्कृतिक कार्यक्रमहरु हालसालै कतारमा सफलता पुर्वक सम्पन्न भएका छन् ।
गत विहिवार पुन अर्को पटक तमू सांस्कृतिक परिवारका कलाकारले रास्लाफानको औधोगिक क्षेत्र भित्र आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न देशका व्यक्तिहरुलाई मन्त्र मुग्ध पार्ने गरि आप\mनो कलाकारीता प्रस्तुत गरे । परिवारका उदियमान गायक द्रोणजाग तमूले आप\mनो गलाको जादु देखाई छाडे । समय समयमा भारतिय र फिलिपीनी लगायत अन्य देशका कलाकारहरुको सांगीतिक प्रस्तुती हुदै आएको रास्लाफानमा विगत केहि महिना देखि तमू कलाकार द्रोणजागको माग बढ्न थालेको छ । त्यसैको फलस्वरुप पुन दोहोर्याएर उनै गायक द्रोणजाग तमूलाई आफ्नो कलाकारीता प्रस्तुत गर्न अर्को निम्तो आएको जानकारी तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूले हामीलाई जानकारी दिनु भएको छ । विशेषतः नेपालीहरु र तेश्रो मुलुकका नागरिकहरुले अति रुचाईएको द्रोणजागको प्रस्तुतिलाई दोहोर्याउन आयोजक र गायक स्वयंलाई पटक पटक अनुरोध आएको कुरा तमू बौद्ध सेवा समितिका महासचिव कृष्ण तमूले हामीलाई बताउनु भएको छ । महासचिव स्वयं आफै पनि उक्त कार्यक्रमको प्रतक्ष्य दर्शि हुनुहुन्छ ।
यस पटकको प्रस्तुति औधि मन पराइएको अनुभुति आफुलाई भएको कुरा गायक द्रोणजाग तमूले हामीसंगको कुराकानीको क्रममा बताउनु भएको थियो । नेपाली र तेश्रो मुलुकमा नगरिकहरुको पहिलो रोजाई नेपाली लोक गीत हुने गरेको खुलासा गरे गायक तमूले । हाम्रो जिज्ञासामा गायक द्रोणजाग तमूले भन्नु भयो कलाकारहरुलाई दर्शकहरुको तालि र वान्स मोरको चिच्याहटले साचिकै हौसला प्रदान गर्दाे रहेछ । साथै आप\mना मान्यजनहरुको स्यावासीले पनि ठूलो सहयोग गर्ने रहेछ । दुई हप्ता अगाडि भारतीय, बााली, पाकिस्तानी र इरानी कलाकारहरुको संयुक्त प्रस्तुती रहेको एउटा सांगितिक कार्यक्रममा भारतीय महामहिम राजदुतले मेरो गायन कलाको तारिफ गर्दै पिठ्यूामा धाप मार्नु भएको क्षण सायदै म भुल्न सक्छु गायक तमूको अनुभुति थियो । भारतीय महान गायक मोहम्द रफिको जन्मजयन्तीको अवसरमा “रफिकी यादेँ” नामक उक्त सांगीतिक कार्यक्रममा गायक तमूले रफिले गाउनु भएको हिन्दी गीत गाउनु भएको थियो । गायक तमूको उक्त प्रस्तुती उपस्थित सबै दर्शकहरुले अत्यन्तै मन पराएका थिए । भारतीय राजदुत ज्यूले मलाई बधाई तथा प्रगतिको शुभकामना पनि दिनु भएको थियो आप\mनो अनुभव सुनाएका थिए गायक तमूले हामीसंगको कुराकानीको क्रममा । हामी पनि द्रोणजाग तमूको गायन कलामा अरु निखार आवोस भन्ने कामना गर्दै उत्तरोत्तर प्रगतिका हार्दिक शुभकामना दिन चाहन्छौं ।
Topics: समाचार |





















