« मिस नेपाल प्रतियोगिता रोक्न प्रधानमन्त्री सँग आग्रह | Main | अनेसास मलेसियाको प्रतिभा श्रृङ्खला -७ सम्पन्न »
खोटाङ्ग युवा जागृतिको पााचौ साधारण सभा सम्पन्न
By Administrator | August 17, 2008
क्रान्ति सिंह,
कतारको परिप्रेक्षमा एैतिहासिक र सवैभन्दा पुरानो जिल्लास्तरीय समाजिक संस्था खोटाङ्ग यूवा जागृति सेवा समाजको ५ औं साधारण सभा गत १५ अगष्ट २००८ कादिन दोहाको स्थानीय एक प्रतिष्ठीत होटलको सभाकक्षमा भव्यताकासाथ सम्पन्न भएको छ ।
यूवाहरुको क्षमता आजको आवश्यकता नामक अत्यन्तै गहकिलो नाराका साथ शुभारम्भ गरिएको कार्यक्रम संस्थाका अध्यक्ष राम गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथी नेपाली राजदूतावासका प्रथम सचिव रामकाजी खड्का, विषेश अतिथीहरुमा नेपाली प्रवासी आदीवासी जनजाती महासंघका अमृत गुरुङ्ग, एन.आर.एन.ए. आई.सी.सी. कतार प्रतिनीधी टि.वि.कार्की, गैर आवशीय नेपाली संघ दोहा च्याप्टरका अध्यक्ष कमलमणी गुरागाई र अन्य अतिहरुमा नेपाल ईन्जिनियर्स एशोशिएसनका सभापति नारायण प्रसाद चौधरी, सोही सेवा समाजका संस्थापक तथा सल्लाहकार ईन्द्र राई,नयाा नेपाल मासिकका सम्पादक कुमार कार्की, नेपाल कतार पत्रकार संघका सचिव क्रान्ति सिंह, नेपाली जन सम्पर्क समितिका महामन्त्री विमल सुवेदी, प्रवासी नेपाली संपर्क मञ्चका उपाध्यक्ष विर बहादुर थापा,जन प्रगति शिल मञ्चका प्रतिनिधी, अर्घाखााची सेवा समाजका अध्यक्ष माधव प्रसाद भुसाल, ओखलढुङ्गा सेवा समाजका अध्यय नवराज श्रेष्ठ, गोधुली साागीतीक समुहका अध्यक्ष तथा नेपाली रङ्गमञ्चका नायक अमृत थापा लगायत स्थानीय संघ संस्थाका प्रतिनिधीहरुको ठूलो उपस्थिती रहेको थियो ।
संथाका सचिव हरिकुमार वस्नेत द्धारा संचालित सो कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्वासा गेलालको स्वागत मन्तव्य तथा मेचीकाली साागीतीक समूहका कलाकार द्धारा मर्मस्पर्शी गाीतबाट कार्यक्रमलाई रौनकतामा वढाएको थियो । सो स्वागत प्रस्तुती पश्चात नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्काद्धारा ५ वटा मैन बत्ति वालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
साधारण सभाद्धारा निर्वाचित हुने नयाा कार्यसमितिलाई शुभकामना तथा कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा आफूपनि खोटाङ्गमै जन्मिएको र खोटाङ्गे सस्थाले सामाजिककाम जस्तो पुण्यकार्यमा अत्यन्तै व्यस्तताका वापजुद पनि सामाजिक गतिविधीहरुमा संस्थालाई अग्र स्थानमा राखेको हुादा आफू एकदमै गैराभान्वित भएको खुलासा गरेका थिए । कतारको कानूनलाई मध्यनजर गराउादै कुनै पनि नेपाली गैरकानुनी तवरले यहाा नवस्न र कुनैपनि संघ सस्थाले गैर कानुनी व्यक्तिलाई संघ सस्थामा आवद्ध नगराउन आग्रह गरेका थिए । संघ सस्था र सामाजिक कार्यमा संलग्न व्यक्तिहरुको सहि पहिचान होस भन्ने हेतुले दोहमा रहेका सवै संघ संस्थाका सदस्हरुले आˆनो परिचय-पत्रको छााया कपी दूतावासमा बुझाउन दूतावासले छिट्टैनै सार्वजनिक सूचना आव्हान गर्ने पनि प्रमुख अतिथीले खुलासा गरेका थिए । कतार स्थित सम्पूर्ण नेपालीहरुको अभिभावकको रुपमा रहेको नेपाली दूतावासका महामहिमको सार्वजनिक अभिव्यत्ति लाई लिएर विभिन्न संघ सस्था तथा पत्र पत्रिकाहरुले प्रतिक्रिया दिने गरेकोमा यसो न गर्न आग्रहका साथै मर्यादालाई ख्याल गरी ज्ञापन पत्र जस्ता वौद्धिक तरिकाले अगाडी वढ्नुपर्ने अभिव्यक्त गरेका थिए । कुटनैतिक क्षेत्र जस्तो गरिमावय क्षेत्रवाट पनि ख्याल गरिकन अभिव्यक्ति दिनु पर्ने अरुवाट पनि सम्मान जनक तवरले चल्नुपर्ने आˆनो धारण रहेको वताएका थिए । निश्चित रुपमा दूतावास र संघ संस्थाहरुको राम्रो सम्वन्ध रहेमामात्र आम नेपालीहरुको भलो हुने कुरालाई कसैले पनि नकार्न नसकिने हादा सौताको रिसले लोग्नेको काखमा पिसाव फेरे जस्तो कार्य नगर्न सवैलाई आग्रह गरेका थिए । यसै गरि गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रि समन्वय समितिका कतार प्रतिनिधी टि.वि. कार्कीले कुनै पनि संघ सस्था टुटफुटमा न लागि, साथमा साथ, हातमा हात दिएर अगाडी वढ्न सवै संघ संस्थाहरु अग्रसर हुनपर्ने धारणा व्यक्त गर्दै भरखरै मात्र नव निर्वाचित मुलुकका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई हार्दिक वधाई ज्ञापन गरेका थिए । वक्ताकै क्रममा विशेष अतिथी नेपाली प्रवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्गले मुलुक सर्वसहमतीमा संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको परिप्रेक्षमा राष्ट्रियतालाई मध्यनजर राख्दै भौगोलिक, धार्मिक, साास्कृतिक तथा जातीय स्वायत्वताको आधारमा सवै पार्टी तथा निकायवाट संघिय संरचनाको आधिकारिक घोषणा हुनपर्ने आˆनो भावना व्यक्त गरेका थिए । यसै गरि गैर आवासीय नेपाली संघ दोहा च्याप्टरका अध्यक्ष कमलमणी गुरागाई आफु दोहामा त्यति पूरानो नभएको र सामाजिक गतिविधीमा खोटाङ्ग सेवा समाज भन्दा पहलिा अरु कुनै पनि जिल्ला स्तरिय संस्था आफूलाई जानकारी नभएको प्रष्ट्याएका थिए । आफु कतारमा भर्खरैमात्र आएको वेलामा स्थानीय नेश्नल जस्ता ठाउाहरुमा खोटाङ्ग सेवा समाज लेखिएका टि-सर्ट हरु नेपालीहरुले लगाएर हिाडेको देख्दा आफू अत्यन्तै खुशीहुने गरेको खुलासा गरेका थिए । स्थापनाकालको खोटाङ्ग सेवासमाज र केहि समयको निश्कृयता पछि स्थापना भएको खोटाङ्ग जागृति सेवासमाज लाई अहिले आएर एक सिङ्गो जिल्ला स्तरिय नयाा सस्था खोटाङ्ग यूवा जागृति सेवासमाज नामाकरणका साथै अहिले आफु ५ औ साधारण सभामा उपस्थित हुादा अत्यन्तै खुशी रहेको वताए । समान्यरुपमा हेर्दा धेरै संघ संस्थाहरु अस्वाभाविक भए पनि धेरै ठाउाका आ-आˆनै खाले समस्याहरु हुने हुादा त्यसको पहिचना र कार्य सम्पादनमा सजिलो हुनेहुादा आफुले यसलाई सहज लिएको धारण व्यक्त गरे । दोहामा रहेका ९९ प्रतिशत नेपालीहरु शारिरीक श्रम गर्ने हुनाले ती श्रमीकहरुका विभिन्नखाले समस्याहरुलाई समाधानको प्रकृयामा लग्नुमा संघ संस्थाहरुको अहम भूमिका रहेकोकुरा पनि उनले थपे । विगतका सार्वजनिक कार्यक्रमहरुमा नेपालीहरुको अविभावक जस्तो गरिमामय व्यक्तित्व महामहिमले संघ संस्थामा रहेका व्यक्तिहरुलाई परजिवीको संघया दिएकोमा सक्षम र कर्मठ व्यक्तिहरुलाई असाध्यै दुःख लागेको धारणा व्यक्त गरे । यदि त्यस्तो कहीा पाएमा जानकारीहुनेलेनै हटाउन सक्नुपर्ने र त्यस्तो खाले वोलीलाई राजदूतले फिर्तालिनुपर्ने उनको जिकीर थियो । अन्त्यमा सोही सेवासमाजका अत्यन्तै सह्रानीय कार्यहरुलाई आफूले उदारहणीय रुपमा लिएको र आगामी वन्ने नयाा कार्यसमितिले पनि सृजनशीलकार्यहरु गर्नुपर्ने उनको शुभकामना थियो । कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा नयाा नेपालका सम्पादक तथा नेपाल कतार पत्रकार संघका महासचिव कुमारकार्कीले कोही व्यक्तिहरुले पत्रकारहरु प्रति नजायज कुरा काट्ने जस्ता कुराहरु सुन्नमा आएको हुादा यसो नगर्न आग्रह गरेका थिए । पत्रकार कहिले पनि आˆनो धर्मवाट टाढा नरहने उनको जिकीर थियो । राम्रो कार्यको संग संगै हरेक प्रकारकार गल्तीहरुलाई पनि औल्याउनुपर्ने पत्रकारको धर्म हो उनले थपे ।
यसैगरि संस्थाका पूर्व अध्यक्ष तथा नेपाल कतार पत्रकार संघका कार्यवाहाक अध्यक्ष राई रमेश गाउले आफूलाई संस्थाको स्थापना कालको पूर्व गतिविधीहरु जानकारी न भएको तर आफू यस कतारमा आउन साथ देखनिै सक्रियसाथ संस्थामा कार्य गरेको अनि संस्थाको कोषाध्यक्ष हुादै निर्वाचित अध्यक्ष भई सस्थ्ााको उद्देय अनुरुप धेरै कार्यहरु गरेको विवरण पेश गरेका थिए । संस्थामा भएका अनेक समस्याहरुलाई पहिचान र उन्मूलन गर्दै अहिले सम्म आउादा पनि अझै पनि आˆनो जिल्लाबाट कतारमा आएका नेपालीहरुको माझ यो संस्था बाहेक अरु २ वटा संस्थाहरु भएको जानकारी गराउनुका साथै यसबाट आफू अत्यन्तै असन्तुष्ट रहेको वताए । किन भने ऐक्यवद्धता नभएमा सवै कार्यहरु गुण्स्तरविहीन हुने हुादा सवैलाई मर्ज गरेर क्वालीटी यूक्त वनाउनु पर्नेमामा उनको जोड थियो । साथै दोहामा रहेका अनेक संघ संस्थाहरुका मुख पत्रहरु मासिक तथा पाक्षिक प्रकाशनहरु भन्दा पनि संयुक्त प्रकाशन संचालन गरेमा हरेक महत्वपूर्ण कुराहरुलाई समेट्न सकिने उनको धारणा रहेको थियो ।
कतारमा सवैभन्दा पहिला सामाज सेवाको नाममा नेपाल सहयोग समाज खोलिएको भए पनि विधान र निर्देशिका सहित आधिकारीकरुपमा २०५४ सालमा स्ंाचालन भएको एक मात्र पहिलो संस्था खोटङ्ग सोवा समाज रहेको दावी अर्का वक्ता संस्थापक सदस्य ईन्द्र राईको दावी थियो । हाल सम्ममा संस्थाले सहयोगमा मात्र क.रि. ८७,०००/- सहयोग स्वरुप खर्चेको उनको आकडा थियो । नेपालीहरुको लागि कुनै पनि कुटनैतिक निकाय न भएको हुादा हाल दूतावासले गर्दै आएको कार्यहरु साउदी अरवियाको दूतावास संग समन्वयन गर्दे कानूनि सल्लाहकारको सल्ला वमोजिम धरै सामाजिककार्यहरु गरेको जानकारी दिदै यस्ताखाले कामहरुको स्मरण गर्दै आगामी आउने नयााकार्यसमितिले अझ राम्रा र सृजनात्मक कार्य गर्नु पर्ने उनको खवरदारी थियो । साथै अतिथीहरु नारायण प्रसाद चौधरी, विर बहादुर थापा, विमल सुवेदी, माधव प्र. भुसाल, नव राज श्रेष्ठ लगायतका अतिथीहरुले आˆना धारणहरु व्यक्त गरेका थिए ।
अधिवेशनको खुल्ला शत्रलाई विभिन्न साास्कृति कोसेलीहरुले मनोरञ्जनतिर धकेल्दै अभिनन्दन कार्यक्रममा रुपान्रण गरिएको जानकारी संचालकले गरेका थिए भने सो अभिनन्दन कार्यक्रम संयोजक चन्द्रशेर राईले संचालन गरेका थिए । संस्थाको स्थापनाकाल देखिनै मन वचन र कर्मले संस्थाप्रति सहयोग गर्ने र नवोदितहरुलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको जानकारी संयोजक राईले दिएका थिए । अभिनन्दित महानुभावहरु क्रमश ः गैर आवाशीय नेपाली संघ आई.सी.सींका सचिव सागर नेपाल, ई. नारायाण चौधरी, कानूनी सल्लाहकार वत्सुद आलम, राई रमेश गाउाले र उदय खाति रहेका थिए ।
लामो समय सम्म चलेको खुल्ला सत्रलाई अध्यक्ष राम गुरुङ्गले समापन भएको घोषणा गरेका थिए भने छोटो समयमानै वन्द सत्रलाई समझदारी अनुरुपनै सर्वसहमतीद्धारा २१ सदस्यित नयाा कार्यसमितीको स्थापना गरेको छ । नवनिर्वाचित कार्यसमितीको अध्यक्षमा राम गुरुङ्ग, उपाध्यक्षमा क्रमशः पुण्यप्रसाद रेग्मि, अमृत राई, सचिवमा हरिकुमार वस्नेत, सहसचिव महेश राई, कोषाध्यक्ष टंक भुजेल, सहकोषाध्यक्षमा जिवन गुरुङ्ग तथा सदस्यहरुमा क्रमश गोपाल घिमिरे, मिलन वानिया, पवित्र राई, वुद्धिराज राई, उदय खाति, कनक विष्ट, माधव प्रसाद आचार्य, वम व. नेपाली, डम्वर कटुवाल, नवराज घिमिरे, लोक व. दाहाल, ध्यानेन्द्र प्रसाद आचार्य, ईन्द्र तामाङ्ग, योञ्जन तामाङ्ग रहेका छन् ।
Topics: समाचार |






















August 18th, 2008 at 5:34 am
jilla sastha khotanga ko karayakram vayeko huda sahayatri upastit aaru jilla sastha haru ko nam online patrikale ma ullekhita nagarnu yo atayantai dhukha ko kura ho……………………………
August 18th, 2008 at 5:37 am
mai khau mailau mai nachu mai hasu aaru sabai maruna re… vane jasto hahhahahahaha