« प्रवासी झापाली सम्पर्क मञ्च, कतारको चौथो साधारण सभा सम्पन्न | Main | शुक्रबार प्रधानमन्त्रि चयनका लागि निर्वाचन हुने »
www.gorkhalionline.com को परिक्षण शुरु
By Administrator | August 11, 2008
नविन गुरुङ्ग
०९ अगष्ट, काठमाण्डौं
अनलाईन समाचारको दुनियांमा अब अर्को एक नयां वेभसाईट www.gorkhalionline.com नामक वेभसाइृट थपिएको छ। १६ औं विश्व आदिवासी दिवस २००८ को अवसर पारेर आज देखि यस डटकमले परिक्षण शुरुवात गरेको हो।
संचार जगत मानव जीवनको अभिन्न अंग बनी सकेको छ र सुचना प्रविधी प्रयोग गर्ने नेपालीहरु पनि दिन प्रतिदिन बढ्दै छ। त्यसैले स्वदेश तथा विश्वमा छरिएर रहेका नेपालीहरु समक्ष सत्य, तथ्य, निष्पक्ष अनि स्वच्छ, समाचार पस्किएर, गोरखा अनि गोरखालीहरु र गोरखाली संघ संस्थाहरुको बारेमा जानकारी दिने उद्धेश्य यस अनलाईनको हो।
कतिपय अनलाईनहरु चलेको केही समयमा नै बन्द भएका छन्। हामीमा त्यस्तो दिनहरु नआओस भन्ने चाहन्छौं। तसर्थ यस वेभसाईटले सबै पाठकबृन्द समक्ष आफ्नो रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरेको छ। हालै मात्र संचालनमा ल्याएको यस वेभसाईटले स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुलाई सुख दुखको साथी बनाउन र सत्य तथ्य समाचार दिन हर प्रयास गरिने कुरा सम्पादक गुरुङ बताउनु हुन्छ।
नेपाल, कतार र अमेरीकाबाट नियमित रुपमा अपडेट गरिने यस वेभसाईटको सम्पादक बुधबल गुरुङ (कतार) हुनुहुन्छ। सल्लाहकारहरुमा बिल बहादुर गुरुङ (कतार) र अमृत गुरुङ (कतार) रहेको छ। यस अनलाईनबाट देश विदेशको समाचारका साथै मित्रताको लागि रुची राख्नेहरुका लागि पेनपल र आफन्तहरुलाई सन्देश पनि पठाउन सकिने तथा विश्वमा रहेका प्रवासी नेपाली संघ संस्थाहरु तथा ब्यक्तिगत विवरणहरुको पनि जानकारी लिन सकिनेछ। साथै यस अनलाईनमा सूचनाहरु, समाचारहरु, लेख रचनाहरु त्था प्रतिक्रिया वा सुझावहरु वेभसाईटको ईमेल info@gorkhalionline.com अथवा gorkhaonline@gmail.com मा पठाउन सकिनेछ।
Topics: कतार |






















August 16th, 2008 at 1:03 am
Really u juys great jobs keep itup
dhruba
virginia
usa
August 18th, 2008 at 4:04 pm
ल ल यसरी साईट हरु भटाभट आउनु राम्रो हो हाम्रो काम हेर्दिने हो अरु के उपद्रो गर्न सकिएला र ।
ल यो के जती अन्लाईन लाई शुभकामना ।
मिन तमाङ
साउदी
August 20th, 2008 at 1:17 pm
Thanks .. Mr. Dhruba And Min for the comments.
Budbal Gurung (From Qatar )