• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « एनआरएन राष्ट्रिय समन्वय परिषद मलेसिया पुनर्गठन | Main | डाइटी र डल्फीन मेनपावरबाट आएका अलपत्र ५६ नेपालीको उद्दार हुने निश्चित »

    माओवादी समर्थित नेपाली जनप्रगतिशिल मन्चका नेताहरुको दोहोरी

    By Kumar Karki | July 30, 2008

    माओवादी समर्थित नेपाली जनप्रगतिशिल मन्च ले केही कार्यकर्तालाई अनियमिता गरेको आरोपमा निस्कासन गरेपछी अहिले निस्काशित पक्ष र बिपक्ष बिच एक अर्कालाई दोश लगाउने दोहोरी चल्न थालेको छ।

    बिगत केही दिनमा नै एक पक्षले अर्को पक्षलाई दोश लगाउदै बिग्यप्ती प्रकाशन गर्ने क्रम बढेको छ।

    दुई पक्षले बिभिन्न समयमा प्रकाशित गरेका प्रेस बिग्यप्तिहरु तल हेर्नुस्।

    जुलाई २१, २००८

    नेपाली जनप्रगतिशील मञ्च कतार स्थापनाको केही समयमा नै आङ्खनो सिद्धान्तमा अडिग भई सम्पूर्ण श्रमजीवि जनताको पक्षमा बुलन्द आवाज उठाउदै आएको छ, शोषित पिडीत जनताको लागि नेपाली जनप्रगतिशील मञ्चले तमाम ठगी दलालीको विरुद्ध खरो रुपमा उत्रिदै आइरहेको सम्पूर्ण नेपालीहरुमा सर्वविदितै छ। नेपाली जनप्रगतिशील मञ्चले सम्पूर्ण अन्याय अत्याचारको विरुद्धमा लड्दै आइरहेको मा दलाल पुजिपति हरुले मञ्चलाई बदनाम गराउने एवं मञ्चमा कब्जा जमाएर तहसनहस बनाउने कुत्सित मानसिकताका साथ लागेकोले निम्न व्यक्तिहरुलाई संगठनमा घुसपैठ गरि संगठनलाई तहसनहस बनाउन खलनायकको भुमिका निभाएको , गुटबन्दी गर्ने गरेको , ठगी दलाली गर्ने एवं दलाल पुजीपति हरुलाई प्रोत्साहित गर्ने गरेको तथा आङ्खनो व्यक्तिगत स्वार्थको लागि संगठनको मर्यादा भन्दा बाहिर गएर संगठनलाई दुरुपयोग गर्ने प्रयास गरेकोले नेपाली जनप्रगतिशील मञ्चका तत्कालिन केन्द्रिय सल्लाहकार रमेशवावु श्रेष्ठ र नेशनल क्षेत्रिय अध्यक्ष दीपक भेटवाललाई नेपाली जनप्रगतिशील मञ्च कतारको साधारण सदस्य पनि नरहने गरि वर्खास्त गरिएको छ। साथै अब उप्रान्त नीजहरुले नेपाली जनप्रगतिशील मञ्चको नाममा गर्ने कुनै पनि कार्यमा मञ्च जवाफदेही नहुने कुरा सवैमा जानाकारी गराइन्छ।

    जनार्दन गिरी

    अध्यक्ष

    नेपाली जनप्रगतिशील मञ्च कतार

    केन्द्रिय समिति

    Bookmark This

    Topics: कतार |

    Comments