• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « प्रेस विज्ञप्ती-नेपाली जनप्रगतिशील मच कतार | Main | माओवादी समर्थित नेपाली जनप्रगतिशिल मन्चका नेताहरुको दोहोरी »

    एनआरएन राष्ट्रिय समन्वय परिषद मलेसिया पुनर्गठन

    By Kumar Karki | July 29, 2008

    देवेन्द्र खापुङ लिम्बू क्वालालम्पूर

    प्रवासी नेपालीहरुको एकमात्र विश्वव्यापी साजाल एनआरएनको मलेसिया राष्ट्रिय समन्वय परिषद (NCC) पुनर्गठन नेपाल विजनेश सोसाइटी अफ मलेसियाको कार्यलयमा भएको छ ।

    एनआरएनका केन्द्रीय उपाध्यक्ष डि एम हिराचनको उपस्थितिमा पुर्नगठित उक्त परिषदमा नेपाली मूलका मलेसियन नागरिक शंकर बहादुरको अध्यक्षतामा १३ सदस्यीय मलेसिया राष्ट्रिय समन्वय परिषदको गठन भएको थियो । जसमा कर्मा दोर्जे भीम शेरचन देवेन्द्र खापुङ लिम्बू हाकिमकुमार श्रेष्ठ क्रमशः उपाध्यक्ष सचिव सहसचिव कोषाध्यक्ष र सदस्यहरुमा भवानीशंकर तिवारी विश्व
    राई सुनिल चालिसे शान्ति थापा खुम राना जीवन देवान बालकृष्ण केसी देव छन्त्याल रहेका छन् ।

    हालसम्म ४४ राष्ट्रहरुमा एनसीसी गठन भएको र प्रवासी नेपालीहरुको लागि हकहितको आवाज एक स्वरमा दिन सक्षम भइसकेको र अब मलेसियाको नयाँ समितिले अझ प्रोत्साहन दिने कुरा केन्द्रीय उपाध्यक्ष डिएम हिराचनले बताउनु भयो । विभिन्न मुलुकमा रहेका नेपालीहरुसँग प्रत्यक्ष अनुभूति बाँड्न व्यापारिक नाता बढाउन तथा देश विकासको निमित्त प्रवासमा रहेका नेपालीहरुले कस्तो
    किसिमको सहयोग गर्न सक्छन् भन्ने कुरा आवाज दिन एनआरएन मात्र सक्षम रहेको छ साथै एनआरएनमा आवद्ध सदस्यहरुले पाउने सदस्यता पत्र राहदानी भन्दा महत्वपूर्ण हुनका साथै अन्यत्र देशका नागरिक भईसकेका नेपालीहरुले पनि उक्त कार्डबाट नेपालमा जग्गा खरिद गर्न सम्पतिलाई जम्मा गर्न सक्ने कुरा पनि उक्त अवसरमा बताउनु भयो ।

    भेलाले पूर्व अध्यक्ष सुरेश मानन्धरलाई लामो समयसम्म एनआरएन मलेसियाको आरोह अवरोहसँग जुध्दै पार गर्नुभएकोमा विशेष धन्यवाद पनि गरिएको थियो । साथै नवनिर्वाचित अध्यक्ष शंकरबहादुरले नेपाली मुलका मलेसियन नागरिक र नेपालबाट आएर विभिन्न कार्यमा संलग्न नेपालीहरुलाई एकआपसमा सहकार्य गराएर लाने विश्वास दिलाउनु भयो ।

    Bookmark This

    Topics: समाचार |

    Comments