• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « गोधुलीको म्युजिक भिडियो तथा चलचित्र विमोचित | Main | एनआरएन राष्ट्रिय समन्वय परिषद मलेसिया पुनर्गठन »

    प्रेस विज्ञप्ती-नेपाली जनप्रगतिशील मच कतार

    By Kumar Karki | July 29, 2008

    तीन दलिय गठबन्धनबाट प्रथम उप-राष्ट्रपतिमा निर्वाचित मधेसी जनाधिकार
    फोरमका उम्मेदवार परमानन्द झा ले नेपालको अन्तरिम संविधान मधेसी जनता र
    सम्पूर्ण नेपाली जनताको भावनाको विरुद्धमा हिन्दी भाषामा सपथ लिएको प्रति
    नेपाली जनप्रगतिशील मच कतारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको
    राष्ट्रभाषा नेपाली र स्वयं उप-राष्ट्रपतिको आफ्नै मातृभाषा मैथिली हुदा
    हुदै नेपाली वा मैथिलीमा सपथ लिनुको सट्टा हिन्दीमा सपथ लिएर विस्तारवादी
    मालिकहरुलाई खुसी बनाउन खोजेको हामीलाई राम्रोसंग थाहा छ । उक्त नेपाल र
    नेपाली जनताप्रति भएको गद्धारी तथा अपमान प्रति हामी घोर भत्स्रना गर्दै
    खेद प्रकट गर्दछौ ।

    नेपालीहरु वीच भएको एकता र आत्मसम्मानमा खेलबाड गर्दै मधेसी जनाधिकार
    फोरमले एक मधेस एक प्रदेशको नारा मार्फत देशलाई विखण्डन गरेर सिक्किमीकरण
    गर्ने योजनाका साथ साथै अहिले यो प्रकि्रयासम्म आई पुग्नुलाई अप्रत्यासित
    नभइ नियोजित हो भन्ने कुराको पुष्टी हुन्छ ।

    नेपाल र नेपाली विच रहेको आपसी सद्भाव र भातृत्वलाई अटल र अमर राख्नको
    लागि नेपालीहरुवीच साम्प्रदायिकता भड्काइ देशलाई विखण्डनको भड्खारोमा
    जकड्न खोज्ने भारतीय दलाल परमानन्द झा लाई तुरुन्त उप राष्ट्रपति पद बाट
    फिर्ता गरि सम्पूर्ण नेपाली जनताको भावनाको सम्मान गर्न जोडदार माग
    गर्दछौ

    क्रान्तिकारी अभिवाद सहित

    अध्यक्ष

    जनार्दन गिरी

    नेपाली जनप्रगतिशील मच कतार

    केन्द्रिय समिती

    Bookmark This

    Topics: कतार |

    Comments