« अनेसास कतारद्धारा साहित्यीक गोष्ठि सम्पन्न | Main | प्रेस विज्ञप्ती-नेपाली जनप्रगतिशील मच कतार »
गोधुलीको म्युजिक भिडियो तथा चलचित्र विमोचित
By Kumar Karki | July 28, 2008
कुमार कार्की
दोहा कतार
गोधुली साँगितिक समुह कतारद्धारा तयार पारिएका म्युजिक भिडियो संगालेर
राखिदेउ तथा चलचित्र सपनाहरु उपहार देशलाईको विमोचन गत शुक्रवार दोहामा
सम्पन्न भएको छ ।कतारमा कार्यरत उत्साहित युवाहरुको सकृयतामा स्थापना भएको गोधुली
साँगितिक समुहमा नेपालमा ख्याति कमाएका कलाकार देखि कलाक्षेत्रमा लाग्ने
नँया कलाकारहरुले भरिपुर्ण रहेको छ । कतारमा रहेका प्रतिभाहरुलाई समेट्दै
तयार पारिएका उक्त म्युजिक भिडियोको विमोचन नेपाली राजदुतावास कतारका
प्रथम सचिव तथा कार्यक्रमका प्रमुख अतिथी रामकाजी खड्काले गरेका थिए भने
कार्यक्रमका अतिथीहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय
परिषका कतार प्रतिनिधी टि वि कार्की गैर आवासिय नेपाली संघ राष्ट्रिय
समन्वय परिषदका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कमलमणि गुरागाई नेपाल
प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्ग नेपाल कतार
पत्रकार संघका महासचिव राजधानी साप्ताहिकका उपसम्पादक दिपक पौडेल नयु
नेपाल अनलाईनका मनोज वस्नेत मोरङ्ग सुनसरी प्रवासी सेवा समाजका सरोज
वास्तोला ईलामेली सेवा समाजका उपाध्यक्ष रामवावु चौहान तमु वौद्ध सेवा
समितीका लक्ष्मि गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले दिप प्रज्वलन गरि
उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गानले सम्पुर्ण
नेपालीहरुलाई सयौं थुङ्गाका एउटै मालाका नेपाली भएको महशुस गराउदै
राष्ट्र प्रति केहिवेर समर्पित भएको भान गराएको थियो । कार्यक्रममा
संस्थाका सचिव वलहरी रानाले कवितात्मक शैलिमा स्वागत मन्तव्य राख्नु भएको
थियो ।
Topics: कतार |






















