« दोहामा अर्को सांगितिक समुह | Main | गोधुलीको म्युजिक भिडियो तथा चलचित्र विमोचित »
अनेसास कतारद्धारा साहित्यीक गोष्ठि सम्पन्न
By Kumar Karki | July 28, 2008
इखालु रमेश गेलाल÷कतार
प्रवासमा रहेर पनि आफ्नो भाषासाहित्यकला र संस्कृतीको संरक्षण र बिकासमा
लागि परिरहेको सम्पूर्ण नेपालीहरुको सा´ा संस्था अन्तराष्ट्रिय नेपाली
साहित्य समाज कतार शाखाको आयोजनामा गत शुक्रवार दोहा स्थीत टपफर्म
रेष्टुरेण्टमा समाजको मुखपत्र साहित्यदीपको बिमोचन तथा लघु साहित्यीक
गोष्ठि सम्पन्न भयो ।
समाजका अध्यक्ष दिपक भेटवालको सभापतित्व तथा संस्थाका सल्लाहकार त्रय
सागर नेपाल कमलमणी गुरागाई बदि्र प्रसाद पराजुली र कान्तिपुर साप्ताहिकका
श्यामसुन्दर शसीको आतिथ्यमा सम्पन्न सो कार्यमा प्रवासमा रहेर पनि बचेको
समयलाई साहित्यमा लगाउनु हुने साहित्यनुरागीहरुको भावानालाई समेट्दै
अनेसासले प्रकाशीत गरेको ूसाहित्यदीपू गजल बिशेषाङ्कसमाजका सल्लाहकार
त्रयबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो भनॆ कान्तिपुर साप्ताहिकका
श्यामसुन्दर शसीले समिक्षा गर्नु भएको थियो ।
समाजका कावा सचिव बासुदेव अन्जानले साहित्यमय ढंगले साचालन गर्नु भएको सो
कार्यक्रममा अतिथी नेपालपराजुली लगायत उल्लेख्य रुपमा साहित्नुरागीहरुले
आपुना रचना वाचन गर्नु भएको थियो ।
ूबिद्धान हुन्नन्ठुला ग्रन्थ ठेली खाने किराहरु
महल भित्र ढाडिएको सिद्धान्तलाई मान्दिन मू सिद्धान्तका ठेलीहरु रटेर
बिद्धवानको पगरी गुथी हुकुमे हैकम र सिद्धान्त व्यवहारमा लाद्न
खोज्नेहरुका बिरुद्ध गजलकार हरि ज्वाला आपुना शेरहरुद्धारा यसरी पोखिनु
भएको थियो भने कोषराज श्रेष्ठका
ूभोको पेट भन्दा प्यारो देशको माया हुन्छ साथी
भाई फुटे गवार लुटे किन गर्छौ तानातानीू होस् या बद्री प्र।पराजुलीका
ूधोतीटोपी गाम्छाहरुएकै ठाउँ सजाउँदै
मुख्य कुरा अखण्डताबचाउने काम हजुरू होस् यी गजलका शेरहरुले समग्रमा
देशमा बढ्दो अन्योलमय अवस्था र पदिय लुछाचुडीमा अल्´ीरहेका शक्तिहरुलाई
प्रवासबाट नै भएपनि सल्लाह र सु´ाव पेश गरेका थिए । त्यस्तै ूसामन्तलाई
दरवार निकालीउसका पिछलग्गु विराजमान हुन्छ भनेबैचारिक मिसायलका नटहरु
खोल्ने प्रलय हुन्छ भने बढ्नेछ अश्त्र सहित वस्तीहरु उठ्नेछ ग्रीनेट
समाएका हस्तीहरुू महेन्द्र राईको ूघोषणापत्र जारी गर्दछुू मा समेटीएका यी
पंत्तिहरुले नेपाली जनताको भावाना विपरीतको बाटोमा लाग्न खोज्नेहरुलाई
खवरदारीका आवाज उठाएका थिए । यसरी देशप्रति सर्मपीत भावानाले ओतप्रोत
भएका रचनाहरुका साथैे श्रृङ्गारिक रसले छताछुल्ल प्रेममय रचनाहरुको
वाचनले कार्यक्रमलाई ´नै रसीलो बनाएका थिए ।
त्यसैगरि कार्यक्रमको अन्तमा समाजको बिषयमा समिक्षकद्धारा उठेका
जीज्ञासाको जवाफ दिदै समाजका अध्यक्ष भेटवालले प्रवासमा रहेर कलम
चलाउनेहरु मध्येबाट छनौट गरि एक जनाको कृति प्रकाशीत गरिदिने अनेसास
कतारको बार्षिक कार्यक्रम अनुसार समाजमा दर्ता हुन आएका बिबिध बिधाका एक
दर्जन भन्दा बढि पाण्डुलिपी मध्येबाट दुर्गा भुषालद्धारा लिखीत ूनिर्धा
मलामीहरुू मुक्तक संग्रह छनौट भएको घोषणा समेत गर्नु भएको थियो ।
Topics: कतार |






















