• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « उपराष्ट्रपति झा बिरुद्ध राँके जुलुस | Main | नेपाल पत्रकार महासंघ, संपर्क शाखा युएइका उपाध्यक्षको विदाई »

    ख़बरदार! इजरायलले नेपाली कामदारको लागी भीषा फेरी बंद गर्ला

    By Administrator | July 24, 2008

    देबेन्द्र हरी सुबेदी
    जुलाई २४, २००८

    बिगत एक बर्ष देखि बंद हुदै आएको नेपाली कामदार को लागी इजरायल सरकार ले श्रम इजाजत खुला गरेता पनी नेपाली दलाल हरु को कारण भीषा लागेका नेपाली कामदार इजरायल आइनपुग्दै बंद हुने सम्बभाना बढेर गएको छ |

    इजरायल सरकार भीषा शुल्क कम तिरेर बिदेशी कामदार इजरायल भित्रिउन भन्ने चाहना मा छ, जसले गर्दा उनी हरु मा मानसिक तनाव उत्पन्न नहोस |बिशेष गरी केयर गिभर मा कार्यरत बिदेशी कामदार हरु शांत,धैर्य, अनुशाशित हुनै पर्छ भन्ने मानसिक सोच छ इजरायली हरु मा ,मानसिक रूप मा तनाव भयको मानिस असल सुसारे हुन सक्दैन |

    तर अहिले खुल्न पाएको छैन ,हिजो को भन्दा भीषा शुल्क बढ़ाएर नेपाली दलाल हरु काम गर्न थालेको पाईएको छ |हिजो ४ लाख सम्म तिरेर इजरायल कामदार ल्याऊने गरेको मा अहिले ५ देखि ६ लाख सम्म लाग्ने बताऊछन इजरायल मा काम गर्ने नेपाली दलाल हरु,बताऊने मात्र होइन यती लीएर केही नेपाली कामदार हरु को भीषा पनी लागी सकेको छ इजरायल बाट तर अब नेपाल बाट यसलाई के कसरी ब्यबस्थित गरिन्छ ?त्यों भने प्रतिक्ष्या को बिषय बनेको छ | शारीरिक रुप मा इजरायल को कम गार्हो नभाएत| पनी मानसिक रूप मा कष्टकर छ | इजरायल आउन को लागी चर्को ब्याज मा त्यति धेरै रकम तिरेर आउनुपर्ने बाध्यता ,काम को ग्यारेन्टी नहुनु ,भीषा को समस्या आदि कारण ले गर्दा हाल नेपाली महिला हरु मानसिक समस्या ले ग्रसित छन ,१५ -२० जना नेपाली हरु मानसिक रोग का कारण नेपाली फर्किसकेका छन भने १० जना भन्दा बढ़ी नेपाली महिला हरु इजरायल को बिभिन्न पागलखाना मा उपचार को क्रम मा छन |

    यस्तो अबस्था को मुख्य दोषी नेपाल सरकार नै रहेको छ ,कोरिया सरकार ले भीषा शुल्क महँगो लिएको भनेर नेपाली कामदार बंद गरेको जस्तै इजरायल सरकार ले पनी सदा का लागी नेपाली कामदार भित्रौन बंद गर्ने संभाबना तीर बेलै मा सरकार ले नसोच्ने हो भने नेपाली महिला हरु को राम्रो गंतब्य स्थल,इजरायल ले सदा को लागी नेपाली कामदार हरु लाई ढोका बंद गर्न सक्छ, समय मा नै नेपाल सरकार ध्यान जाओस्,नेपाली कामदार निरंतर बैदेशिक रोजगारी को लागी इजरायल आइरहन पाऊने अवस्था को सृजना गरोस |

    हालसलै इजरायल सरकार ले बिदेशी कामदार को लागी आफ्नो देश को एजेन्सी लाई बुझाएको समेत गरी एक हजार डॉलर भन्दा बढ़ी भीषा शुल्क लीन नपाउने कानूनी ब्यबस्था गरेको छ सो बाहेक कामदार ले प्लेन टिकट आफै ब्यबस्था गर्नुपर्ने उल्लेख छ | बिदेशी कामदार का हक़ हित र अधिकार का लागी लड़दै आएका बिभिन्न इजरायली सस्था हरु ले यसको कार्यान्वन को पक्ष्य मा आवाज़ उठौदै आएका छन ,एक हजार डॉलर भन्दा बढ़ी रकम लिएर बिदेशी कामदार ल्याएको पाईएमा वा उजुरी परेको खंड मा यी सस्था हरु ले पुन त्यों देश को भीषा रोक्न सक्दो प्रयास गर्नेछन,यस् तर्फ नेपाल सरकार, इजरायल स्थित नेपाली राजदूतावास सबैको ध्यान जानु जरुरी देखिन्छ |

    Bookmark This

    Topics: समाचार |

    One Response to “ख़बरदार! इजरायलले नेपाली कामदारको लागी भीषा फेरी बंद गर्ला”

    1. Min Tamang Says:
      August 18th, 2008 at 3:57 pm

      ल ल यो लेख लाई थ्याँक्स भनै पर्छ तर के गर्ने यो हाम्रो देश को हरामी हरुलाई जती भने पनि केही लछार पाटो लगाउने हैन । के गर्ने जस्को फल स्वरुप हामी जस्ता बिदेसिने ले मोटो रकम तिरेर बिदेस बिदेस आउनु पर्छ । के गर्ने न देसमा राम्रो छ न देस बहिर नै यस्तो अवस्था मा मलाईनै त मानसिक रोग लग्ने स्थिती भाईसक्यो अब झन महिला दिदी बहिनी को के हालत। जस्तो भए पनि आफु लाई कोन्ट्रोल गर्न सिक्नु । अब को नयाँ सरकार सँग धेरै आश छ ।

      मिन तमाङ साउदी

    Comments