• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « देशको राष्ट्रपति पदमा कांग्रेसका डा.रामबरण यादव हुनुपर्ने | Main | राष्ट्रपती पदका लागि पुन निर्वाचन शुरु »

    आफ्नो पार्टिका उम्मेदवार रामराजा हारे माओवादी प्रतिपक्षमा बस्ने

    By Administrator | July 20, 2008

    नेकपा माओवादीले सोमबार हुने दोस्रो चरणको राष्ट्रपतीय चुनावमा आफ्ना उम्मेदवार पराजित भए नयाँ सरकार निर्माण प्रक्रियामा आफू सामेल नहुने जनाएको छ।
    पार्टिका एकजना वरिष्ठ नेता सिपी गजुरेलले रामराजाप्रसाद सिंह पराजित भएमा माओवादीहरु प्रतिपक्षमा बस्ने बताए।

    अचानक बनेको नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनाधिकार फोरमको गठवन्धनको उद्देश्य आफ्नो पार्टिलाई घेराबन्दी गर्नु रहेको दावी गजुरेलले गरेका छन्।

    दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा आफ्नो पार्टिले अघि सारेको उम्मेदवारलाई हराइएमा सीधै प्रतिपक्षमा बस्ने उनको भनाइ थियो।

    उनले भने, “त्यसपछि त हामी सोझै प्रतिपक्षमा जान्छौं।”

    संकट

    तीन दलको गठबन्धनप्रति रुष्ट गजुरेलले त्यसले संविधान निर्माणलाई समेत संकटमा पार्ने वताए।

    गजुरेलले भने, “यो गठबन्धन अपवित्र र अराजनीतिक छ। यसले संविधान निर्माणलाई अप्ठेरोमा पारिदिएको छ, साथै शान्ति प्रक्रियालाई जटीलतातिर धकेलिदिएको छ।”

    नेकपा माओवादीले सोमबार हुने राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा आफ्ना उम्मेदवारलाई जिताउन आइतबार साना दलहरुसंग भेटघाट गरेको थियो।

    ती भेटपछि आफ्नो उम्मेदवार रामराजाप्रसाद सिंहले जित्नेमा विश्वास बढेको दावी गजुरेलले गरे।

    बीबीसीका काठमाण्डू सम्वाददाता भन्छन्, राष्ट्रपतिको निर्वाचनको सिलसिलामा पछिल्ला दिनमा भएको राजनीतिक गठबन्धनले प्रमुख दलहरुबीच द्धन्द चर्काउने स्पष्ट संकेतहरु देखा पर्न थालेका छन्।

    त्यसको कारण दुई वर्षभित्र संविधान निर्माण हुने हो वा होइन, धेरैले शंका गर्न थालिसकेका छन्।

    BBC

    Bookmark This

    Topics: समाचार |

    Comments