• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « राष्ट्रिय जनमोर्चाले यादवलाई भोट दिने | Main | आफ्नो पार्टिका उम्मेदवार रामराजा हारे माओवादी प्रतिपक्षमा बस्ने »

    देशको राष्ट्रपति पदमा कांग्रेसका डा.रामबरण यादव हुनुपर्ने

    By Kumar Karki | July 20, 2008

    लेखक ः श्रीधर सुबेदी -श्री अभिलेख साप्ताहिकका कार्यकारी सम्पादक)

    जुन जोगी आए पनि कनै चिरेको भन्ने उखानले र्सार्थक पाएको छ । राजनीतिक दलका नेताहरुको बैठक र छलफलको क्रममा धेरै अभ्यास हुदा हुदै पनि संविधान सभा नउठेपछि माथिको उखानले र्सार्थकता पाएको छ । यस घडिमा सत्ता विवाद प्रमुख रहेको हुनालेनै यस्तो परिणाम देशले भोग्नु परेको पुष्टि भएको हो ।अहिले मुलुकमा झन राजनैतिक गतिरोध बढ्दै गइरहेको अवस्थमा राष्ट्रपतिको भूमिका सजिलै निर्वाह गर्न सक्ने एक मात्र राजनीतिक दल नेपाली कांग्रेस भन्दा अर्को उपयुक्त दल नभएकोले विकल्प खोजिनुनै देशलाई अस्थिरता र अन्यौतातर्फधकेल्नु रहेको छ ।

    राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका डा. रामबरण यादव राष्ट्रियता, प्रजातन्त्र र समाजबादप्रति समर्पित तथा लोकतान्त्रिक आन्दोलन भाग २ देखी राजतन्त्रको अन्त्य सम्म ठूलो भूमिका निर्वाह गरेका छन् । पर्ूवराजाको शान्तिपर्ूण्ा बहिर्गमनमा मूख्य भूमिका खेल्ने पार्टर्ीीेपाली कांग्रेसलाई नै जान्छ । मुलुक र मुलुकबासीप्रतिको योगदानको कदर गर्दै प्रथम राष्ट्रपति नेपाली कांग्रेसका यादवलाई बनाउनु पर्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवार बनेर गएको र सवैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको बस्तुस्थितिले राष्ट्रपति स्विर्काला तर राजनैतिक दलहरुबीच शक्तिको भागबण्डाको कुरा आउछ तब मात्र कांग्रेसका भागमा राष्ट्रपति हुनुपर्ने व्यवहारिक हुन जान्छ । जटिल राजनीतिक कालखण्डमा गठबन्धकासाथ बरिष्ठता, जेष्ठताका साझा पार्टर्ीीो रुपमा प्रस्तुत गरेकोले कांग्रेसलाईनै स्वाभाविकरुपमा राष्ट्रपति हुनर्ुपर्छ ।

    मुलुकको राष्ट्रपति कांग्रेसलाई बनाएमा मुलुकमा अहिले देखिएका राजनैतिक गतिरोध पनि अन्त्य भई शान्तिप्रक्रियालाई सहज रुपमा अगाडि बढाउदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न पनि सजिलो हुने भएकाले वर्तमान परिस्थितिमा राष्ट्रपतिमा लागि माओवादी तथा अन्य दलहरुले थापेको अड्कोले देशलाई दर्ुभाग्य तर्फधकेलि रहेको छ । सहमति र सहकार्य आजको मूल आवश्यकता हो , यो बिना न त नयासंविधान बन्न सक्छ न त नेपाली राजनीतिले गति लिन सक्छ ।

    अब नेपाली जनता फेरी जाग्ने बेला आएको छ, अहिले अन्तरिम संविधानको मर्मलाई कुनै एक ठाउमा पोको पारी राजनैतिक दलहरुका नेताहरु अगाडि बढेका कारण राजनैतिक गतिरोध चरम विन्दुमा देखिएकाले नेपालको अन्तरिम संविधानको सहमति, मर्म, सहकार्य र समानुपातिक समावेशी सहभागिता भएकाले राजनैतिक दलहरु त्यसैको आधारमा अगाडि बढ्दै सहमतिका साथ नेपाली कांग्रेसका डा.यादवलाई राष्ट्रपति बनाउने सहमति गरी मुलुकमा विद्यमान सवै गतिरोध तथा समस्या समाधान गर्नुपर्छ । सात दलका नेता तथा माओवादीको सहमति र सहकार्यबाटै लोकतान्त्रिक जनआन्दोलनबाट अन्तरिम संविधान निर्माण भई संविधानसभाको निर्वाचन पनि सम्पन्न भएकाले अब पनि यस्ता राजनैतिक गतिरोध उत्पन्न हुने कार्य नगरी सहमतिका आधारमा समस्या समाधानको लागि अगाडि बढ्नु पर्दछ ।

    संविधानसभाको निर्वाचनपछि राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको स्थितिमा मुलुक अझै राजनैतिक गतिरोध बढी झन अन्यौलतामा धकिरहेको यस अवस्थमा समाधान तथा संविधान निर्माण अभियानमा अगाडि बढाउन नेपाली कांग्रेसलाईनै राष्ट्रपति स्विकार्दै नयासरकार निर्माण अभियानमा सवै दलहरु बढ्नु पर्ने एक मात्र विकल्प रहेको छ ।

    अहिले अन्तरिम संविधानको मर्मलाई कुनै एक ठाउमा पोको पारी राजनैतिक दलहरुका नेताहरु अगाडि बढेका कारण राजनैतिक गतिरोध चरम विन्दुमा देखिएकाले नेपालको अन्तरिम संविधानको सहमति, मर्म, सहकार्य र समानुपातिक समावेशी सहभागिता भएकाले राजनैतिक दलहरु त्यसैको आधारमा अगाडि बढ्दै सहमतिका साथ नेपाली कांग्रेसका डा.यादवलाई राष्ट्रपति बनाउने सहमति गरी मुलुकमा विद्यमान सवै गतिरोध तथा समस्या समाधान गर्नुपर्छ । सात दलका नेता तथा माओवादीको सहमति र सहकार्यबाटै लोकतान्त्रिक जनआन्दोलनबाट अन्तरिम संविधान निर्माण भई संविधानसभाको निर्वाचन पनि सम्पन्न भएकाले अब पनि यस्ता राजनैतिक गतिरोध उत्पन्न हुने कार्य नगरी सहमतिका आधारमा समस्या समाधानको लागि अगाडि बढ्नु पर्दछ ।

    संविधानसभाको निर्वाचनपछि राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको स्थितिमा मुलुक अझै राजनैतिक गतिरोध बढी झन अन्यौलतामा धकिरहेको यस अवस्थमा समाधान तथा संविधान निर्माण अभियानमा अगाडि बढाउन नेपाली कांग्रेसलाईनै राष्ट्रपति स्विकार्दै नयासरकार निर्माण अभियानमा सवै दलहरु बढ्नु पर्ने एक मात्र विकल्प रहेको छ ।


    Bookmark This

    Topics: कतार |

    Comments