« नेपाली राजदुतावास कतारको सूचना प्रति असन्तुष्टी | Main | पूर्वराजा, युवराजा तथा सचिबका गाडी सरकारको अधिनमा - राष्ट्रपती र उपरास्ट्रपतिका लागि प्रयोग गरिने »
कविताराम अमेरिकामा अभिनन्दित
By Kumar Karki | July 15, 2008
गोबिन्द गिरी प्रेरणा
१९५औँ भानुजयन्तीको उपलक्ष्यमा अमेरिकामा आयोजित एक विशेष समारोहमा अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) डि.सी. मेट्रोच्याप्टरका तर्फबाट साहित्यकार डा. कविताराम श्रेष्ठलाई अभिनन्दित गरियो। च्याप्टरका अध्यक्ष गोविन्द गिरी प्रेरणाले डा. श्रेष्ठका योगदानको विषयमा चर्चा गर्दै सो अभिनन्दनपत्र पढेर सुनाएपछि कार्यक्रमका प्रमूख अतिथि नेपाली दूतावासका चार्ज द एफियर्स कालिप्रसाद पोखरेल एवं अध्यक्ष गोविन्द गिरी प्रेरणाद्वारा माल्यार्पण तथा अभिनन्दनपत्र हस्तान्तरण गरिएको थियो।
साहित्यकार डा. कविताराम श्रेष्ठलाई अर्पित सम्मानपत्रमा उहाँले रचनात्मक सृजना र वैचारिक अभियानमार्फत् वांङ्मयलाई पुर्?याउनुभएको योगदानको चर्चा गरिएको छ। सो समारोहमा सम्मान ग्रहण गरेपछि डा. श्रेष्ठले यस अभिनन्दनबाट अस्वीकृत विचार साहित्यिक आन्दोलनको अभीष्टलाई अन्तरराष्ट्रियस्तरबाट सम्मान पुगेको र अझ भनुजयन्तिकै अवसरमा प्रदान गरिएको हुँदा यसको महत्ता अरू बढेको अनुभूति व्यक्त गर्नुभयो।
उहाँले भानुभक्तको भाषिक साहित्यिक आन्दोलन पनि पूर्ववत संस्कृतमुखी काव्यिकधारालाई अस्वीकृत गरी जनजीब्रोको भाषामा काव्य रचना गर्ने एउटा अस्वीकृत आन्दोलन नै थियो भन्नुहुँदै स्थापित मान्यतामात्र सन्तुष्ट हुने साहित्य यथास्थितिबादीमात्र रहने कुराको चर्चा गर्नुभयो र नयाँ नेपालको निर्माणमा अग्रगामी स्रष्ठाहरूले सत्ताको सकारात्मक कार्यहरूमा साथ दिँदै जनमुखी प्रतिपक्षीय भूमिकामा आन्दोलित हुनुपर्छ भन्नुभयो। सो भानुजयन्ती समारोहका अध्यक्षता अनेसासका भूतपूर्व अध्यक्ष कवि वसन्त श्रेष्ठले गर्नुभएको थियो।
Topics: समाचार |






















