• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली जनसर्म्पर्कसमिती दोहा संङ्गठन विस्तारमा | Main | कविताराम अमेरिकामा अभिनन्दित »

    नेपाली राजदुतावास कतारको सूचना प्रति असन्तुष्टी

    By Kumar Karki | July 15, 2008

    बिलबहादुर गुरुङ
    १५ जुलाई, २००८ - दोहा, कतार ।

    लगभग ३ लाखको संख्यामा नेपालीहरु कार्यरत रहेको कतार स्थित नेपाली
    राजदुतावासले हालै जारि गरेको सूचना प्रति कतारवासी नेपालीहरुले
    असन्तुष्टी जनाएका छन् । आप\mना नागरीकहरुको हितमा कार्य गर्नुका साथै
    दर्ुइ देश विच कुटनैतिक सम्बन्धलाई सुदृढ बनाउदै लैजाने जिम्मेवारीका साथ
    स्थापना भएको नेपाली राजदुतावास कतारको हालैका दिनहरुको कृयाकलापहरु
    प्रति कतार स्थित नेपाली समुदायले दुःख प्रकट गरेको छ । यसै
    पर्रि्रेक्षमा विश्व भरि आफ्नो सञ्जाल रहेको गैर आवासीय नेपाली संघ
    -
    एनआरएनए) कतार च्याप्टरले १४ अगष्ट का दिन एक प्रेस विज्ञप्ती मार्फ
    आफ्नो असन्तुष्टि जनाएको छ । एनआरएनए-एनसीसी कतारका अध्यक्ष कमलमणी
    गुरागाइद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तीमा भनिएको छ - बैदेशिक
    रोजगारीको शिलशिलामा अन्यत्र झै कतारमा समेत नेपालीहरुको अगमन १९८० को
    दशक देखि नै भएको पाइन्छ तरपनि १९९० देखि उल्लेख्य रुपमा यो क्रम बढेर
    गयो । यसरी नेपालीहरु कतार आउने क्रम संगसंगै समस्याहरु पनि आउन थाले र
    यस्ता समस्याहरुलाई सुल्झाउन संघसंस्थाहरु स्थापना हुन थाले र कतारमा
    र्सव प्रथम १९९८ मै संघसंस्था खुलेको पाईयो जव कि नेपाली राजदुतावासको
    स्थापना २००० मा मात्र भयो । जसवेला पचार हजार नेपालीहरु आइसकेका थिए तर
    हाल आएर तीन लाखको हाराहारीमा नेपालीहरु कतारमा कार्यरत रहेको अवस्थामा
    संघसंस्थाहरु संख्या पनि करिव ८० को हाराहारीमा पुगेका छन् । यि
    संघसंस्थाहरु कसैको रहरले नभै वाध्यताले खोल्नु परेको तथ्य हाम्रा सामु
    र्छलङ्ग छन् । दुतावास खोलिए देखि हालसम्मको मात्रै विश्लेषण गर्ने हो
    भने पनि संघसंस्थाले राज्यले गर्नु पर्ने प्रसस्त कल्याणकारी कामहरु समेत
    गरिरहेको तथ्यलाई नकार्न सकिदैन ।

    आर्थिक सहयोग देखि लिएर सामाजिक जागरण तथा मुलुकको लोकतान्त्रीकरण समेतको
    प्रकृयामा दोहा कतारका संघसंस्थाहरुको प्रसस्त संलग्नता भएको तथ्यहरु
    हाम्रा सामु छन् । मुलुकमा लोकतान्त्रीक गणतन्त्रको स्थापना पछि यहांका
    संघसंस्थालाई राज्यले प्रत्यक्ष सहयोग गरि तिनीहरुको विकासमा प्रत्यक्ष
    सहयोग पुर्‍याउने आसा यहा”का नेपाली समुदायले गरेका थिए । तर दर्ुभाग्य
    नेपाली राजदुतावासका कृयाकलापले नेपाली संघसंस्थाहरुले दुःख मान्नु बाहेक
    अरु केहि विकल्प रहेन । भर्खरै मात्र नेपाली दुतावास कतारले आफ्नो हल
    कुनै पनि संघसंस्थालाई बैठक, सभा, गोष्ठी इत्यादी गर्न नदिने
    निर्ण्र्ाागरिएको सूचनाले लोकतान्त्रीक गणतन्त्रको खिल्ली उडाएको छ
    यसले दुतावासको संघसंस्था प्रतिको दृष्ट्रिकोण सकारात्मक नभएको
    प्रष्टिन्छ । यि संघसंस्थाहरुलाई केवल चन्दा संकलनका लागि मात्र प्रयोग
    गर्ने र यिनीहरुका अन्य गतिविधिलाई सहयोग नगर्ने साथै सभा, गोष्ठी,
    वाषिर्क साधारणसभा जस्ता कृयाकलाप गर्न दुतावासको हल उपलब्ध नगराइनु गैर
    प्रजातान्त्रीक व्यवहार हो । संघसंस्थाले गरिरहेको कल्याणकारी कार्यको
    घोर अपमान हो । यहा”का संघसंस्थाहरुले प्रत्येक हप्ता ६ सय देखि एक
    हजारसम्मको हल भाडा तिरेर आप\mना कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्थामा
    सहुलियत दरमा आप\mनो हल उपलब्ध गराएमा आएको आम्दानीले टिकटको अभावमा
    वन्दि गृहमा बसिरहेका कैयौ नेपालीलाई स्वदेश फर्काउन सहयोग पुग्ने थियो,
    विज्ञप्तीमा उल्लेख छ ।

    पत्रकारहरु र कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गरि
    जारि गरिएको सो प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ - मुलुकमा आइपर्ने
    विभिन्न प्रकोप देखि लिएर यहा” हुने घटनाहरुमा सहयोगका लागि
    सघसंस्थाहरुसंग सहकार्य गरि सहयोग गर्ने दुतावासको परम्परा समेत तोडिएको
    छ । दुतावासले संघसंस्थाहरुसंगको आपसी छलफल/भेला नगर्ने, गरिएका
    निर्ण्र्ाारु समेत लागु नगर्ने र आम रुपमा सूचना जारी गर्ने कृयाकलापले
    हामीलाई अत्यन्त दुःख लागेको छ ।

    मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापना भै सकेको यो अवस्थामा दुतावास पनि
    लोकतान्त्रीकरण हुदै यहा”का संघसंस्थाहरुको विकासमा प्रत्यक्ष सहयोग
    पुर्‍याउन पुनः विचार गर्न अनुरोधका साथ यो प्रेस विज्ञप्ती जारी
    गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।


    Bookmark This

    Topics: समाचार |

    One Response to “नेपाली राजदुतावास कतारको सूचना प्रति असन्तुष्टी”

    1. Bil Gurung Says:
      July 15th, 2008 at 3:10 pm

      This press was released on 14th July not 14th August. By mistake it was typed 14 August instead of 14 July. I would like to request with all the readers to read it as mentioned above. Thanks and regards to all.

    Comments