• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « कतारबाट ब्रैन ट्युमरका रोगी निलकन्ठ घर फर्के - पत्रकार हरुको रोहबरमा सहयोग प्रदान | Main | नेपाली जनसर्म्पर्कसमिती दोहा संङ्गठन विस्तारमा »

    क्यालिफोर्नियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    By Kumar Karki | July 14, 2008

    क्यालिफोर्निका सम्वाददाता । नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसर्म्पर्क समिति क्यालिफोर्नियाको आयोजनामा जुलाई १२, २००८ का दिन क्यालिफोर्निया राज्यको सन प|mान्सिस्को सहरमा नेपाली कांग्रेसका कार्यवाहक सभापती श्री सुशील कोइरालाको स्वागत तथा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादर्ुभाव र परिवर्तित परिस्थितिमा नेपाली कांग्रेसको भूमिका र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

    नेपाली जनसर्म्पर्क समिति क्यालिफोर्निया च्याप्टर पश्चिम क्षेत्रीय समितिद्वारा प्रस्तावित कार्यक्रम स्वदेशका लागि सिक्काकार्यक्रमका संयोजक विनोद भट्टको अनुरोधमा कांग्रेसका कार्यवाहक सभापति श्री कोइरालाले सिक्का खसालेर विधिवत् शुभारम्भ गर्नुभयो । संयोजक श्री भट्टका अनुसार उक्त कार्यक्रम जनसर्म्पर्क समिति अमेरिकाद्वारा सम्पर्ूण्ा अमेरिकाभरिनै सञ्चालन गरिने कुरा बताउनुभयो ।

    उक्त कार्यक्रममा कार्यवाहक सभापती श्री कोइरालाले वर्तमान परिस्थितिको सर्न्दर्भमा सबै कार्यकर्ताहरूले आपसी बेमेल र असमझदारी छोडेर एकता र आपसी विश्वासको वातावरण बनाउनुपर्ने धारणा उल्लेख गर्नुभयो । उहाले मुलुकमा वामपन्थीहरूको सक्रियता बढिरहेको परिस्थितिमा प्रजातन्त्रवादी शक्तिहरूको बीचमा आपसी एकता र विश्वासको वातावरण बन्न नसक्नु भविष्यमा प्रजातन्त्रमाथिको खतराको संकेत हो भन्नुभयो । कोइरालाले वर्तमान परिस्थितीमा नेपाल कठिन परिस्थितीबाट गुज्रिरहेको माओवादीको गयर जिम्मेवारी पनाले देशलाई गम्भिर मोडमा पुर्‍याएको भन्दै नेपाली कांग्रेसले देशलाई एउटा गन्तव्य स्थानसम्म ल्याईपुर्‍याएको र अहिले केही अपवित्र गठवन्धनकारीहरुले कांगे्रसलाईनै खेद्ने काम गरिरहेका छन् ।र्वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका अत्यन्त ठूलो रहेको हूनाले हामीले संयम भएर काम गर्नुपर्ने अवस्था छ भन्नुभयो ।

    ज्ञात रहोस अमेरीकामा हाल दुइवटा जनसर्म्पर्क समिती अस्तित्वमा रहेका छन् । २००४ सालमा आनन्द विष्टद्धारा स्थापना गरेको जनसर्म्पर्क समिती अमेरीकालाई पार्टर्ीीभापती गिरीजा प्रसाद कोइराला र शुसिल कोइरालाले पत्र पर्ठाई आधिकारीक संगठनको मान्यता दिनुभएको थियो । पछि २००६ सालमा केही व्यत्तिहरुले सोही नामको संगठन खोली विवाद सिर्जना गरेका हून ।

    अमेरिकास्थित नेपाली जनसर्म्पर्क समितिको विषयमाथि चर्चा गर्दै श्री कोइरालाले आपसी एकता अनिवार्य भएको र निकट भविष्यमै दर्ुइ जनसर्म्पर्क समितिका बीचमा एकता हुने कुराको विश्वास व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमको सभापतित्व कांग्रेसका वरिष्ठ नेता , नेपाली जनसर्म्पर्क समिति अमेरिकाका नेता भोजराज डेलले गर्नुभएको थियो । सभापतिको आसनबाट उहाले नेपालमा नेपाली कांग्रेस पार्टर्ीी खेल्नुपर्ने भूमिका र अमेरिकास्थित जनसर्म्पर्क समितिको एकताको लागि आफू र आफूसम्बद्ध साथीहरूद्वारा सक्दो प्रयास र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले अस्तित्वमा रहेका २ समितिहरूको विघटन र नया नेतृत्वले वर्तमानको समस्या समाधान गर्ने कुरामा उहाले विश्वास व्यक्त गर्नुभयो ।

    नेपाली जनसर्म्पर्क समितिका केन्द्रीय सदस्य तथा मुस्ताङ जिल्लाका भूतपर्ूव सभापती श्री निर्मलकुमार गौचनले आपसी एकता र सद्भावका साथ आगामी दिनहरूमा अझ सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।

    उक्त कार्यक्रमको सञ्चालन नेपाली जनसर्म्पर्क समितिको केन्द्रिय सदस्य वैकुण्ठ खनालले गर्नुभएको थियो भने नेपाली जनसर्म्पर्क समिति क्यालिफोर्निया च्याप्टरको सक्रियतामा भएको थियो । सो कार्यक्रममा अर्को व्रिb|f]हि जनसर्म्पर्क समितिका कार्यवाहक सभापति श राजन बड्तौला र नेपाली कांग्रेसकी नेतृ श्रीमती पियूष दाहालले आ-आप\mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेपालस्थित द काठमाडौ पोस्टका पत्रकार श्री रुद्र शर्माले विषयवस्तुमाथि प्रकाश पार्दै आगामी दिनहरू नेपालका लागि र सिङ्गो प्रजातन्त्रका लागि अझ कष्टकर हुदै गइरहेको कुरामा प्रकाश पार्नुभएको थियो ।

    उक्त भेलाको आयोजनामा श्री अनुप श्रीवास्तव, श्री रविन्द्र पाण्डे, श्री मणि नेपाली, श्री विश्व भट्ट, श्री दीपकरत्न शाक्य, श्री पर्ूण्ा शर्ेपा, श्री हरि ढकाल, ध्रुव गिरि, श्री गोकुल भट्टको सक्रिय भूमिका रहेको थियो ।

    उक्त भेलाको अन्तमा सभापति श्री कोइरालाले दुबै जनसर्म्पर्क समितिका केही सक्रिय सदस्यहरूसग बसी एकताका विषयमा छलफल गर्नुभएको थियो ।उक्त भेलामा कार्यव्यस्तता बाबजूद पनि क्यालिफोर्निया र त्यसका आसपासका क्षेत्रमा बसोबास गर्ने सयौ नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रह्यो ।

    Bookmark This

    Topics: समाचार |

    Comments