« डेल्टा पुग्यो अब जोहोरमा पनि | Main | क्यालिफोर्नियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न »
कतारबाट ब्रैन ट्युमरका रोगी निलकन्ठ घर फर्के - पत्रकार हरुको रोहबरमा सहयोग प्रदान
By Kumar Karki | July 12, 2008
कुमार कार्की
कारीब सात महिना अगाडि कतार आएका तनहुँ किहु गा बि स वडा न ९ का निलकन्ठ उपाध्याय आएको अढाइ पछी ब्रैन ट्युमरको कारण हस्पिटल भर्ना भएका उनी ब्रैन ट्युमरको सल्यकृया गरी घर फर्कदै छन।।
एक सिक्युरिटी कम्पनीमा कार्यरत उनी गत फेब्रुअरीमा ड्युटिमा रहेको अवस्थामा नै अचानक भुइमा ढल्न पुगेका थिए। भुइमा ढली अचेत भएका उनिलाई साथीहरुको सहयोग मा आवास सम्म लगे पछी फेरी उनको बिरामी अझ बध्दै गए पछी हस्पिटल भर्न गरिएको कुरा निजका साथीहरुले जानकारी दिएका थिए ।
गत २८ फेब्रुअरीमा हमाद हस्पिटन भर्ना भएका उनको सल्यकृया सफलता पूर्वक सम्पन्न भए पनि एक कानले काम गर्न छोडेको र काम गर्न असक्षम ठहरिए पछी उनी घर फर्कन लागेको कुर पत्रकारहरुलाई बताएका छन । हस्पिटल भर्ना भएका उनिलाई हस्पिटल कै डाक्टरहरुको सहयोगमा ब्रैन टुमरको सल्यकृया गरिएको थियो।
उनको सहयोग का लागि उक्त सिक्युरिटी कम्पनिमा कार्यरत नेपालीहरुको सहयोगमा सन्कलन गरिएको १५०० कतारि रियल नेपाल कतार पत्रकार संघका महासचिब, कोसाध्यक्ष वीर बहादुर दर्नाल, नयाँनेपाल अनलाइन डट कम का मनोज बस्नेत को रोहबरमा गत शुक्रबार ११ तारिखका दिन प्रदन गरिएको थियो ।
नेपालको फ्लोरिडा म्यानपावर बाट उक्त सिक्युरिटी कम्पनीमा काम गर्न आएका उनको आएको २ महिना पछी नै बिरामी परेकाले गर्दा भिसा नलगेको र भिसा नलागेका कारणले गर्दा उनको फर्कने बेलामा पौने कुनै सुबिधा नपाउने हुँदा नेपालबाट कतार सम्मा आउँदा लागेको खर्च म्यानपावरले फिर्ता गरी दिए लगेको रिण तिर्न सक्ने आशा ब्यक्त गरेका थिए।
घरमा आर्थिक स्थिती कमजोर रहेको साथै एक छोरा र श्रीमती रहेकाले उनिहरुको भबिस्य प्रती उनले चिन्ता ब्यक्त गरेका थिए। नेपाल बाट आउँदा मेडिकल फिट भएका उनी कतार आए पछी एकाएक बिरामी परेका थिए ।
सहयोग हस्तान्तरणका क्रममा यस्ता समस्या परेका बेला सहयोग गर्न गठित गैर आवसिय नेपाली संघ कल्याण्कारी कोशलाई नेपाली राजदुताबासले रोक्का गरेकोमा दुताबास र कतारका लागि नेपाली राजदुत सुर्यनाथ मिश्रको बिरोध गरेका थिए ।
Topics: कतार |





















