• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « इराकको बग्दादमा १५० जना नेपाली अलपत्र | Main | यसरी भयो उद्दार, - मलेसियामा अलपत्र ४२ जना नेपाली कामदारहरुको »

    छिट्टै महाधिवेशनमा जाँदैछौं – आनन्द विष्ट, नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिका

    By Kumar Karki | July 10, 2008

    आनन्द विष्ट, नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिका

    कांग्रेस जनसम्पर्क समिति अमेरिकामा आएको विवाद के हो?

    अहिले यो विवाद अन्त्य भइसक्यो। नेतृत्व पक्तिंबाट अमेरिकामै वार्ता गरेर विवादलाई समाधान गरीसकेका छौं। पार्टी एकीकरणले विवद समाधान गरेको कुरालाई स्वागत गरेर पठाएको थियो। फेरी एक्कासी बीचमा सुरेन्द्र देवकोटा नेपाल आएर हामी त्यो जनसम्पर्क समिति मान्दैनौं भनेर अलगरिहुनभएको छ। यसले हामीलाई केही फरक पर्दैन किनकी हामी सुरुदेखि नै आधिकारिक रुपमा काम गरेका मान्छे हौं। संविधानसभा निर्वाचन अगाडि नै अमेरिकाको जनसम्पर्क समितिको अधिवेशन हुनुपर्ने थियो। तर हामीले अधिवेशनलाई भन्दा संविधानसभा निर्वाचनलाई महत्व दिएको हुनाले निर्वाचनपछि नै अधिवेशन गर्ने भन्ने कुरा भएको थियो। अब हाम्रो जनसम्पर्क समितिको आधिकारीक अधिवेशन हुन्छ?

    कसको पक्षमा बढि जनाधार ?

    अहिलेसम्म हाम्रो पक्षमा साँढे सात सय जना सदस्य हाम्रो पक्षमा हुनुहुन्छ। हामीले ( ओटा स्टेटहरुमा शाखा पनि गठन गरिसकेका छौं। न्यूयोर्कमा हाम्रो केन्द्रीय कार्यालय छ। वासिङ्गटन, क्यालिफोर्निया, कोलोराडो लगायतका पाँच ओटा स्टेटमा हाम्रा शाखाहरु रहेका छन्। हाम्रो पक्षमा अत्याधिक

    बहुमत पनि छ।

    पार्टीले कसलाई फेभर गरिरहेको ?

    फेभर गर्ने भन्दा पनि सुरुदेखि नै आधिकारीक रुपमा मेरो अध्यक्षतामा सन् २००५ मा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशनमा समिति गठन भएको हो। अहिले पनि पार्टीले बारम्बार आनन्द विष्टको अध्यक्षता रहेको कमिटी आधिकारीक हो भने पत्र पठाउँदा पनि देवकोटाजीहरुले त्यो पत्रलाई वेवास्ता गर्दै पोहोर साल एकडेढ सय जनाको जत्थालाई लिएर त्यसलाई आधिकारीक अधिवेशन भन्दै उहाँहरु हिंडिरहनुभएको छ।

    यसबीचमा पार्टीका केही मध्यस्थकर्ता साथीहरुको पहलमा वार्ता भयो मेरो अध्यक्षतालाई स्वीकार गर्ने सहमति भएको थियो। त्यसपछि मैंले एकवर्ष भित्र अधिवेशन गराउने प्रतिवद्धता पनि व्यक्त गरेको थिएँ। अहिले उहाँहरु त्यो कुरालाई नमान्ने भनेर हिडिरहनुभएको छ।

    तपाईंहरुको संगठन गैर आवासीय नेपालीहरु बीचको सम्बन्ध कस्तो ?

    हामीसँग सामान्य सम्बन्ध छ। हाम्रो जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा अर्थात् शुभेच्छु्क संस्थाको रुपमा काम गरेको संस्था हो। हाम्रो संस्था नेपाली कांग्रेसको सिद्धान्तप्रति आस्थावान् साथीहरुलाई एकवद्ध बनाएको संस्था हो। यो नेपाली कांग्रेस सम्बद्ध संस्था हो। एनआरएनहरुमा चाहिं नेपालबाहिर बस्ने सबै नेपालीहरु सामेल छन्। हाम्राे संस्था राजनैतिक रुपमा नेपाली कांग्रेसको सिद्धान्त बोक्नेहरुको सङ्गठन हो।

    नेपालीहरुको समस्याहरुको विषयमा एनआरएनहरु तपाईंहरुको समन्वय हुनसक्छ नि?

    कार्यक्षेत्र उद्देश्य एउटै हो। हामीले उहाँ गएर पनि नेपाली कांग्रेस जिन्दावाद भनेर अन्य सिद्धान्त र विचार बोक्नेहरुलाई वा अन्य गैरआवासीय नेपालीहरुलाई वेवास्ता गर्ने भन्ने होइन। नेपाली कांग्रेसका जिम्मेवार कार्यकर्ता साथीहरु र नयाँ आउने नेपालीहरुलाई कसरी सहयोग गर्ने त्यस्तै नेपाली कांग्रेस मात्र नभएर नेपाल र नेपालीका लागि के गर्ने भन्ने विषयमा हामी सोचिरहेका छौं। यस्ता विषयमा एनआरएनसँग मिलेर हामी काम पनि गर्न सक्छौं।

    ० जनसम्पर्क समिति अमेरिकाले त्यहाँ रहेका धेरैभन्दा धेरै नेपालीहरुलाई आवद्ध गर्न सकेको छैन भन्ने आरोप पनि लाग्ने गर्छ नि?

    जनसम्पर्क समिति अमेरिका स्थापना भएको दुईअढाई वर्ष मात्र भएको छ। यस अवधिसम्म हामीले ( ओटा स्टेटमा शाखाहरु विस्तार गरिसकेका छौं। हाम्रो लक्ष्य भनेको अमेरिकाका विभिन्न स्टेटहरु जहाँ नेपालीहरु छन्, त्यहाँ शाखाहरु गठन गर्ने काममा लागिरहेका छौं। अब अमेरिकामा बस्ने नेपाली कांग्रेसप्रति आस्थावान् साथीहरु एउटै छातामा गोलबद्ध हुनुहुनेछ।

    ० महाधिवेशन अब कहिले गर्नुहुन्छ?

    संविधानसभाको निर्वाचनले गर्दा महाधिवेशन रोकिएको हो। निर्वाचन सम्पन्न भइसकेको छ, अब यसै साता म अमेरिका फर्कदैछु। त्यसपछि साथीहरुसँग छलफल गरेर उचित समय मिलाएर सकेसम्म चाँडै महाधिवेशन गर्ने पक्षमा छौं।

    ० महाधिवेशनको मुख्य एजेण्डा के हुनेछ?

    महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरेर जनसम्पर्क समितिको उद्देश्यहरु पुरा गर्ने, अमेरिकासँग सम्बन्ध विस्तार र त्यहाँ रहेका नेपालीहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयलाई मुख्य एजेण्डा बनाउनेछौं।

    ० मृदुला कोइरालालाई कांग्रेसको दूत बनाएर पठाएकोमा कस्तो लाग्यो?

    अधिवेशन हुँदा केन्द्रीय प्रतिनिधि आवश्यक पर्ने हुनाले यहाँबाट प्रतिनिधि जानभन्दा उहाँ बसेकै मानिसलाई प्रतिनिधि बनाउँदा सजिलो हुन्छ भन्ने सोचले पार्टीले उहाँलाई खटाएको छ।

    नेपाली कांग्रेसमा आवद्ध रहेर लामो समय काम गर्नुभएको हुनाले कोइरालालाई हाम्रै सरसल्लाह र सहयोगमा केन्द्रीय प्रतिनिधि तोकिनुभएको छ।

    Bookmark This

    Topics: कतार |

    Comments