• Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली समाचार साप्ताहिक यू ए इको प्रथम बार्षिक कार्यक्रम | Main | छिट्टै महाधिवेशनमा जाँदैछौं – आनन्द विष्ट, नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिका »

    इराकको बग्दादमा १५० जना नेपाली अलपत्र

    By Kumar Karki | July 9, 2008

    वैदेशिक रोजगारका लागि इराकमा पुगेका तीन सयभन्दा बढी नेपाली इराकको बग्दादमा अलपत्र परेका छन् । बग्दादस्थित यार्थो होटेलमा काम गर्नका लागि दलालमार्फत इराक पुगेका म्याग्दी, नवलपरासी, चितवन, झापा, स्याङ्जा र नुवाकोट जिल्लाका १५० जना नेपाली र बग्दादकै ग्लोबल सेक्युरिटीमा काम गर्न गएका १३५ भन्दा बढी नेपाली बग्दादको एयरपोर्टनजिकको खुला सडकमा अलपत्र परेका हुन् ।

    बग्दादको यार्थौ होटेलअगाडिको सडकमा अलपत्र अवस्थामा रहेका म्याग्दीको हर्कबहादुर थापाले २३ असारको राति ३ बजेर ५ मिनेट जाँदा ९६४७८०६२२१ नम्बरको मोबाइलबाट दिएको जानकारीअनुसार तीन सय नेपाली एक हप्तादेखि अलपत्र अवस्थामा रहेका छन् ।

    बग्दादको यार्थो होटेलमा पहिलेदेखि नै काम गर्दै आएका नगेन्द्र पुरी र चिरञ्जीवी शर्माले होटेल मालिकलाई ४० हजार अमेरिकी डलर तिर्न बाँकी रहेकाले सो रकम नतिरुञ्जेलसम्म कुनै पनि नेपालीलाई होटलमा काम नदिने बताएपछि आक्रोशमा आएका १५० भन्दा बढी नेपालीको होटेलमा ढुङ्गामुढा गर्न थालेपछि अमेरिकी सेना र इराकी पुलिसले उनीहरुलाई नियन्त्रणमा लिएको र होटलअगाडिको खुला सडकमा आफ्नै रोहवरमा राखेका इराकबाट थापाले बताए ।

    थापाले टेलिफोनमार्फत दिएको जानकारीअनुसार उनीहरुलाई सात दिनदेखि एक छाकमात्र दुईवटा पाउरोटी खान दिइएको छ भने दिसापिसाब गर्नसमेत दिइएको छैन । थापाले भने -४० जना इराकी पुलिसले घेरेर राखेका छन् । सडकछेउमा पाल टाँगेर हामीहरुलाई राखिएको छ । हामीहरुको उद्धारका लागि नेपाल सरकारसँग सञ्चारमाध्यम र सरोकारवालाहरुले अनुरोध गरिदिनु पर्?यो ।

    थापाले टेलिफोनमा यी कुरा बताइरहँदा बताइरहँदा उनको गला अवरुद्ध थियो बाहिर कोलाहल र रोएको आवाज सुनिन्थ्यो भने इराकी भाषामा चर्को स्वरमा कोही साह्रोसाह्रो चिच्याइरहेको आवाज आउँथ्यो ।

    थापासँग फोन सम्पर्कविच्छेद हुन नपाउँदै गोकुल नाम बताउने अर्का एकजना नेपालीले सोही मोबाइलमा लिएर रुँदै भने - लौन हजुर हामीसँग पैसा छैन, अलपत्र परेका छौं, भोकले मर्ने लागेका छौं कृपया हाम्रो उद्धारका लागि पहल गरिदिनु पर्?यो ।

    दुई लाख ५० हजारदेखि तीन लाखसम्म नेपाली रुपैयाँ तिरेर इराक गएका पीडितले बताएका छन् । पीडातका अनुसार -नेपालबाट इराक पठाएका दलालहरु अहिले भागेका र उनीहरु सम्पर्कमा आएका छैनन् । उनीहरुले आफ्नो नाम र मेनपावरको ठेगाना बताए घाँटी रेटेर हत्या गर्ने धम्कीसमेत दिएका छन् । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले बुझ्दा सो सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको बताएको छ।

    Source: DCNEPAL

    Bookmark This

    Topics: कतार |

    Comments