• Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « प्रेमिकालाई मारेर मरे भोजपुरका बिकास राई | Main | इराकको बग्दादमा १५० जना नेपाली अलपत्र »

    नेपाली समाचार साप्ताहिक यू ए इको प्रथम बार्षिक कार्यक्रम

    By Kumar Karki | July 8, 2008

    बालचन्द्र पोख्रेल

    यू.ए.ई

    जुलाई ४ २००८का दिन बरदुवइको एभरेष्ट इन्टरनेश्नल होटलमा नेपाली समाचार केन्द्रद्धारा प्रकासित नेपाली समाचार साप्ताहिक ५० औं अंक तथा प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्र सम्पन्न गरेको छ।

    नेपाली दुतावासका महामहीम राजदुत श्री अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम संस्थाका सदस्य संकर ज्ञावाली पहिलो चरणको र दोश्रो चरणको साँस्कृतिक कार्यक्रम रबिन थिङले सन्चालन गरेका थिए। अतिथीहरुमा दुतावासका प्रथम सचिव प्रकास मणि पौडेल, तृतिय सचिव जितेन्द्र कुमार लाभ, नेपाली समाजका अध्यक्ष रामेश्वर शाह, पत्रकार महासंघ यू ए ई शाखाका अध्यक्ष जाकिर हुसैन, समाज सेवी कृष्ण ढकाल, लुम्बिनी वेलफेयर सोयटिका अध्यक्ष डि एल शर्मा, अर्न्तराष्ट्रिय नेपाली साहित्य समाजका यू ए ई च्याप्टरका सभापति बालचन्द्र पोख्रेल, नेपाल यू एई संस्कृतिक समन्वय मन्चका अध्यक्ष नारायण लम्साल, तनहुँ अनलाई डटकम का सन्चालक खेमनाथ पौडेल, नेपाली तामाङ्ग समाजका अध्यक्ष छत्र लामा, इनेपाली अनलाईन डटकम का सन्चालक अर्जुन दाहाल तथा यू ए ई मा रहेका बिभिन्न सँघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रमको उदघाटन प्रमुख अतिथी द्धारा दिप प्रज्वलन गरी साहित्यिीक समुह तथा सम्पुर्ण उपस्थितहरुबाट नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो। संस्थाका उपाध्यक्ष पुर्ण प्रकाश बस्नेतले आमन्त्रित सम्पुर्ण अतिथि महानुभावहरुलाई मन्तब्य द्धारा स्वागत गरेका थिए। कार्यक्रममा स्थानिय कलाकार प्रेम लामा, अजित घिसिङ्ग, सुर्य के शी, हस्त गुरुङ्ग, सम्झना लामा, असिम महत, गोपी पंगेनी, नवराज थापा, नारायण सेन वली, तथा जनसाँस्कृतिक टोलीका कलाकारहरुबाट गित तथा नृत्य बाट दर्शकहरुलाई मनोरन्जन प्रस्तुत गरेका थिए भने बिचबिचमा साहित्यीक ब्यत्तित्वहरुले कविता गजलहरु सुनाएर कार्यक्रमलाई निकै रोमान्चित पारेका थिए।


    प्रमुख अतिथि महामहीम राजदुत श्री अर्जुन बहादुर थापालेे यु ए ई रहेर पनि यसरी नियमित रुपमा साप्ताहिक पत्रिका प्रकासन गर्नु भनेको निकै प्रशंसनिय कार्य हो। यसै क्रममा उहाले यूएईमा नेपालीको संख्या १ लाख ५० हजार रहेको भनिएता पनि सत्य तथ्याङ्क भने जुटाउन सकिएको छैन सहि तथ्याङ्क जुटाउने कोशिषमा रहेको र परराष्ट्र मंत्रालयमा पनि पत्राचार गरेको बताउनु भयो। कार्यक्रममा बिभिन्न बक्ताहरुले नेपाली समाचार साप्ताहिकको ५०औं अंक पुरा गरेकोमा शुभकामना ब्यक्त गरेका थिए साथै यसलाई निरन्तरता को लागी शुभकामना दिएका थिए।

    त्यसै गरी संस्थाका महासचिव धर्मेन्द्र कुमार यादवले आफ्नो संस्थाको सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरि नेपाली समाचार साप्ताहिकको कार्यपत्र प्रस्तुत सम्पादक नारायण अधिकारीले गरेका थिए।

    यो पत्रिका यू ए ई बाट प्रकासित हुने पहिलो साप्ताहिक पत्रिकम रहेको छ। २२ जुन २००७ देखी सुरुवात गरिएको पत्रिका यू ए ईका जागरुक पत्रकारहरुले नियमित रुपमा प्रकासन गरि निशुल्क बितरण गर्दै आई रहेका छन। यसरी सक्रिय रुपमा संचलान गरेको पत्रिकाले यू ए ई बासि नेपाीहरुको मन जित्न सफल भएको भन्ने उक्त कार्यक्रका बक्ताहरुको भनाई रहेको थियो। दिनको २ बजे सुरु भएको उत्त कार्यक्र साँझको ७ बजे कार्यक्रमका सभापति मान बहादुर थापाद्धारा समापन गरिएको थियो।

    Bookmark This

    Topics: कतार |

    Comments