« प्रधानमन्त्री त गोरा भएछन् - कमल नेपाली | Main | प्रेमिकालाई मारेर मरे भोजपुरका बिकास राई »
मधेस स्वायत्त प्रदेश बनाउनुपर्ने माग - राजवंशीको आपत्ति
By Administrator | July 6, 2008
मधेसवादी दलहरूले मधेस स्वायत्त प्रदेश बनाउनुपर्ने माग गरिरहेका बेला पूर्वी नेपालका राजवंशीहरूले त्यसको विरोध गरेका छन् ।
शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी राजवंशी समाज विकास समितिले एक मधेस स्वायत्त प्रदेशको विरोध गरेको हो । समितिले पूर्वका झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । समितिका अध्यक्ष नगेन्द्रप्रसाद यादवले सरकारले एक मधेस स्वायत्त प्रदेश घोषणा गर्दा तराईमा बस्ने सबै आदिवासी जनजातिको भावना नसमेटिने बताए । ऐतिहासिकताका आधारमा पूर्वी तराई कोचहरूको क्षेत्र भएकाले कोचिला राज्यको स्थापना अपरिहार्य भएको उनको भनाइ थियो ।
Naya Patrika
Topics: समाचार |




















