• Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « वाईसीएल आतङ्क - निर्वाचनपछिका घटनाक्रम | Main | मधेस स्वायत्त प्रदेश बनाउनुपर्ने माग - राजवंशीको आपत्ति »

    प्रधानमन्त्री त गोरा भएछन् - कमल नेपाली

    By Administrator | July 6, 2008

    तिम्रो नाम के हो ?
    मेरो नाम कमल नेपाली हो । म टुटुंगामा बस्छु ।

    कति वर्ष भयौ ?
    म १२ वर्षको भएँ अंकल ।

    कतिमा पढ्छौ ?
    पहिले सिद्धबाबा स्कुलमा कक्षा १ मा पढ्थेँ । अब काठमाडौंमा पढ्ने हो ।

    कतिमा पढ्ने त ?
    अब वानमा पढ्ने हो ।

    तिमीले कसरी काठमाडौंमा पढ्न पायौ ?

    सबैलाई त कहाँ चिन्छु र अंकल मैले । त्यही टिभीमा देखिएका कालो बूढा (प्रधानमन्त्री) अहिले त गोरा भएछन् उनलाई राम्ररी चिनें।

    मैले बहिनीलाई सेती नदीको खोंचबाट निकालेँ त्यही भएर मलाई काठमाडौंमा पढाउने भनेका छन् ।

    बहिनी खोंचमा परेको कसरी थाहा पायौ ?
    म त घरमै थिएँ । दाइ सलोमले बाबु ! बैनी सेतीको खोंचमा खसेकी छ, तिमी निकाल्न सक्छौ ? भन्नुभयो, मैले सक्छु भनेँ अनि, दाइसँगै बैनी खसेको ठाउँमा गएँ । -अंकलको अक्षर त कस्तो नबुझिने ?)

    निकाल्न जाँदा के भयो त ?
    मलाई त पहिला भीरतिर जानै दिएनन् । प्रहरी अंकलहरूले सानो मान्छे कहाँ जाने भने । दाइले बैनी निकाल्न जान लागेको भनेपछि त झन् सबैले कराए । तर, हामी भित्र छिर्‍यौँ । दाइले नपत्याउने खोलाले बगाउँछ, मेरो भाइले यो काम गर्न सक्छ भनेर अरूसँग कुरा गर्नुभयो । अनि, मलाई जान दिए ।

    तल खोंचमा कसरी गयौ ?
    काठमाडौंबाट आउनुभएका अंकलहरूले पहिला सक्छौ भन्नुभयो ? मैले सक्छु भनँ । त्यसपछि उहाँहरूले हौसला दिनुभयो । अनि, कम्मर र छातीसम्म डोरी बाँधेर तल झार्नुभयो । बीचमा अरू दुईजना अंकलहरू रहेछन् । उनीहरूले हात समातेर तल तल झार्दै लगे ।

    अनि के भयो ?
    अनि, म सबैभन्दा तल बस्नुभएको अंकलकोमा पुगेँ । उहाँले हात समाउनुभयो । मैले लगाएको डोरी ठीक छ कि छैन जाँच गर्नुभयो र बिस्तारै तल गएर बैनी खोज भन्नुभयो ।

    त्यसपछि के गर्‍यौ ?
    म तल पुगेँ । बैनी कुपि्रएर बसेकी रहिछ । बैनी भनेर बोलाएँ । बहिनीले पुलुक्क हेरी । मैले पानी खाने भनँ, उसले अँ भनी । त्यसपछि बैनी फेला परेको र पानी मागेको कुरा माथि बस्नुभएको दाइहरूलाई भनेँ । उहाँहरूले जुस डोरीमा बाँधेर पठाउनुभयो । बहिनीले जुस खाई । तर, मैले खाइनँ ।

    अनि ?
    बहिनीलाई हात समातेर उठ भनेँ । अनि, बैनीलाई काखमा लिएँ । माथिबाट दाइहरूले डोरी दिनुभयो । बैनीलाई मैले आफूसँगै बाँधेँ र पहिलो दाइसम्म पुगँे ।

    डोरी कसरी बाँध्यौ ?
    खोंचमा जानुभन्दा पहिला अंकलहरूले सिकाउनुभएअनुसार नै गरेँ ।

    बाहिरसम्मै बैनीलाई आफूसँगै ल्याउन सक्यौ त ?
    होइन, सबैभन्दा तल बसेको अंकलले बहिनीलाई झोलामा राखेर माथितिर दिएपछि मलाई तान्नुभयो । अनि, म बाहिर आएँ ।

    तल नै किन झोलामा नराखेको ?
    सबैभन्दा तल बस्नुभएको अंकल र म पुगेको बीचमा झोला र बैनी छिर्ने ठाउँ नै थिएन ।

    त्यति तल जाँदा डर लागेन ?
    अहँ, लागेन । म त जिम्न्यास्टिकको खेलाडी पनि हो नि अंकल । हानेर देखाइदिऊ ?

    तिमी माथि आएपछि के भयो ?
    म माथि आउँदा बैनीलाई अस्पताल लगिसकेका रहेछन् । मलाई पहिला कृष्ण दाइ -दाइको साथी) ले काँधमा बोक्नुभयो । पछि त सबैले उचाले । सबैले स्याबास भनेर चिच्याए ।

    तिमीलाई चाहिँ कस्तो लाग्यो ?
    म त खुसी भएँ नि अंकल । दाइले पनि बैनी निकालेको स्याबास ! भाइ भन्नुभयो । त्यसपछि मलाई पनि अस्पताल लगे । तर, मलाई केही भएको थिएन ।

    त्यसपछि किन काठमाडौं गएको ?
    मलाई टिभीमा बोल्न बोलाए । अनि, हवाई जहाज चढेर गएँ ।

    हवाई जहाज चढ्दा डर लागेन ?
    त्यत्रो खांेचमा जाँदा त डर लागेन भने हवाई जहाजमा त धेरै मान्छेहरू थिए । रमाइलो भयो । आकाशबाट हेर्दा त तल सब सानो-सानो देखिँदो रहेछ । मलाई त मज्जा भयो ।

    काठमाडौंमा क-कसलाई भेट्यौ त ?
    थुपै्रलाई भेटँ । सबैलाई त कहाँ चिन्छु र अंकल मैले । त्यही टिभीमा देखिएका कालो बूढा (प्रधानमन्त्री) अहिले त गोरा भएछन् उनलाई राम्ररी चिनेँ ।

    उनले के दिए ?
    यो खाममा तीन लाख छ । तीन लाख भनेको कति हो थाहा छ ? भनेर सोध्नुभयो । मैले त्यत्तिकै थाहा छ भनेँ । हो, यो खाममा तीन लाखको चेक छ । एक महिनाभित्र बैंकबाट पैसा निकाल । तिमी बहादुर मान्छे रहेछौ । पछिसम्म ठूलो काम गर्नु है भनेर प्रमाणपत्र पनि दिनुभयो । अनि, उहाँसँगै बसेर खाजा खाएँ ।

    के खाजा खायौ ?
    खै पाउरोटीभित्र गोलभेंडा, प्याज, साग अनि केके हालेको हो ? अनि, रसवरी खाएँ । प्रधानमन्त्रीले चाहिँ दूधचिया मात्र खानुभयो । दूधचिया खाएको भएर रैच क्यार गोरा भएको है अंकल ?

    प्रधानमन्त्रीले अरू के भने ?
    देख्नेबित्तिकै यै फुच्चे बाबु हो भन्नुभयो । मैले हो भनेँ । उहाँले घर कहाँ हो भन्नुभयो ? मैले पोखरा टुटुंगा हो भनेँ ।

    अनि ?
    मलाई कहिले तिम्रो घरमा बोलाउँछौ ? भन्नुभयो । मैले बोलाउँछु भनेँ । अनि, के खान दिन्छौ भन्नुभयो मैले चिया, खाजा जे खानुहुन्छ ख्वाउँछु भनेँ । अनि, ल म आउँछु, तिमी ठूलो मान्छे बन्नुपर्छ भनेर पिठ्यूँमा धाप मार्दै अँगालो हाल्नुभयो ।

    अनि, कहाँ गयौ ?
    अनि, म पढ्ने स्कुलमा गएँ । स्कुलका सरहरूले ऊ को हो भन्नुभयो ? सबै साथीहरूले पोखराको कमल नेपाली हो भने । मैले स्कुलको म बस्ने होस्टल पनि हेरेँ । त्यो स्कुलका मेरा साथीहरू सबै अंग्रेजी बोल्दा रहेछन् । मैले नेपाली बोलँ । अर्को वर्ष त म पनि अंग्रेजी बोल्छु अंकल । त्यहाँ त पोखराका ठूला दाइहरू पनि रहेछन् । ओ डियर माइकलभनेर चिच्याए ।

    किन माइकल भने ?
    मेरो ठूला दाइहरूले जिस्केर बोलाउने नामै माइकल हो अंकल । पोखराका मेरा दाइका साथीहरूले माइकल भनेर बोलाउँछन् ।

    तिमीले केके पायौ त ?
    सबै त मलाई थाहा छैन अंकल । एक्काईसवटा प्रमाणपत्र पाएँ । जो भेटिए पनि सम्मान गरेर प्रमाणपत्र दिएका छन् । अझ बढी छन् कि ? पैसा पनि नौ/दस लाखै भएजस्तो छ । तीन लाख त प्रधानमन्त्रीले दिनुभयो । अर्को दाह्री पालेको मोटे अंकल (राजेन्द्र खेतान एभरेष्ट इन्सोरेन्स)ले एक लाख एक हजार दिए । टिभीले जम्मा गरेको पैसा पनि छ । पोखरामा पनि उठेको छ ।

    अब तिमी के बन्छौ त ?
    म त डाक्टर बन्ने भन्दिसकेको छु अंकल ।

    किन डाक्टर बन्ने हो ?
    अप्रेसन गर्न पाइन्छ । बिरामीलाई सन्चो पार्न पनि पाइन्छ नि अंकल । म त डाक्टर बनेपछि सबैलाई पैसा नलिई जाँच्छु अंकल ।

    Source: Naya Patrika

    Bookmark This

    Topics: समाचार |

    Comments