• Happy Dashain 2065

  • Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « मल्यालम समाजम कतारको वार्षिकोत्सवमा तमू सांस्कृतिक परिवारको सहभागिता | Main | वाईसीएल आतङ्क - निर्वाचनपछिका घटनाक्रम »

    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा नरेन्द्र गुरुङ

    By Kumar Karki | July 1, 2008

    उमेश बस्नेत सिओल

    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आइतावार सम्पन्न प्रथम महाधिवेसनले नरेन्द्र गुरुङको सभापतिमा १८ सदस्य नयाँ कार्य समितिको सर्व सहमतिवाट गठन गरेको छ

    सुरुमा जे बि राईले पनि सभापतिको लागि उमेद्वारी दिएतापनि पछि आपसी सहमती र सहकार्यको आबस्याक्ता देखांउदै सहमतीमा आई नरेन्द्र गुरुङलाई सर्व सहमतिवाट सभापतिमा चयन गरेको थियो ।

    महाधिवेसन समहोरमा नेपाली काङग्रेसका केन्द्रिय उपसभापति प्रकाश मान् सिङ् ,युबा नेता तथा सभासध गगन थापा महामहिम राजादुत श्री कमल प्रसाद कोईरला अन्य जातिय तथा छेत्रीय संघ सस्था हरुका प्रतीनिधीहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेसका नेता प्रकासमान सिंहले नेकपा माओवादीले संविधान सभाको चुनाववाट बहुमत ल्याएकाले उसैको नेतुत्वमा सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेस सहमत भएको वताउनु भएको छ ।


    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको प्रथम साधारण सभामा बोल्दै सिंहले माओवादीले लोकतान्त्रिक परिपाटीवाट कार्य नगरेमा त्यसको विरोध नेपाली कांग्रेसले गर्ने जानकारी दिनु भयो । नेकपा माओवादीले बृहत शान्ति सम्झौता र १२ बुँदे सम्झौता पालना गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।


    नेता सिंहले सहकार्यमा सरकार गठन नगरिए आगमि दुइ वर्ष भित्र संविधान निमार्ण गरिसक्ने संवैधानिक व्यवस्थाको उल्लंघन हुने वताउनु भयो । कांग्रेसका युवा नेपाल गगन थापाले यदि नेकपा माओवादीले सरकार संचालन गरि देशलाई सम्वृद्धि वनाउछ भने नेपाली कांग्रेस प्रतिपक्षमा वस्न तयार हुनु पर्नेमा जोड दिनु भयो ।


    उहाँले माओवादीले नेपाललाई बिस वर्ष भित्र स्विजरल्याण्ड वनाउछु भन्छ भने त्यसको विरोध नगरी उनीहरुको प्रस्ताब स्विकार गर्नु पर्ने र हामी सवै नेपालीहरुले नेपालललाई सम्वृद्धि बनाउने विषयलाई मुख्य ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।


    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको प्रथम साधारण सभामा कार्य समितिको सदस्यहरुमा आनन्द गैह्रे, प्रितम भण्डारी, एल वी गुरुङ, सुरजमणी पाठक, अर्जुन कठायत, जगतबहादुर चन्द, राजनकुमार श्रेष्ठ, गुण बहादुर लामा, भरत नेपाल, अर्जुन राई, लालबहादुर राना, मिलन श्रीष मगर , डि वि थापा, मणी चेम्जोङ, विपिनकुमार गुरुङ, रामप्रसाद भण्डारी तथा सुनिल कर्माचार्य रहनु भएको छ ।


    सभापति लगाएत अन्य केन्द्रिय सद्स्यहरुको चयन समापन पछि नेपाल बाट आउनु भएका प्रमुख अतिथी एबँ सभासध प्रकाश मान सिंहले सपथ ग्रहरण गराउनु भ्एको थियो ।

    Bookmark This

    Topics: समाचार |

    Comments