« प्रचण्डलाई नमुना संविधान हस्ताण्तरण | Main | नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा नरेन्द्र गुरुङ »
मल्यालम समाजम कतारको वार्षिकोत्सवमा तमू सांस्कृतिक परिवारको सहभागिता
By Administrator | July 1, 2008
बिलबहादुर तमू
गत विहिवार २६ जुनका दिन कतारको उत्तरी भेगमा अवस्थित रास्लाफान औधोगिक क्षेत्रमा एक भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको समाचार छ। मल्यालम समाजम (भारत) कतारको १२औं वार्षिकोत्सव मनाउन थ्रीसीसी कम्पनीको रास्लाफान स्थित क्याम्पमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो।
आयोजकको अनुरोधमा तमू सांस्कृतिक परिवार कतारका चर्चित गायक द्रोण ज तमूले नेपाली गीतहरु प्रस्तुत गरेका थिए। गायक द्रोण ज तमूले धौलागिरी हावा चल्यो शिरीरी…….. बोलको गीतबाट आफ्नो पहिलो कोसेली पस्केका थिए। त्यसरी नै अर्को प्रस्तुतीको रुपमा उनले कर्णदासको कर्णप्रिय गीत शिरमा लाउने शिरबन्दी …….. बोलको गीत गाएका थिए। मल्यालम समाजमको कार्यक्रम भए पनि रास्लाफान भित्र नेपालीहरु उल्लेख्य संख्यामा रहेकोले हामलिाई निमन्त्रणा आएको हो � तमू सांस्कृतिक परिवारका अध्यक्ष बिमल तमूले जानकारी दिनु भयो।
उक्त कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरु र कतारका प्रतिष्ठित व्यक्तित्वहरुले सम्बोधन गर्नुका साथै सांस्कृतिक कार्यक्रमको अवलोकन र संगीत श्रवण गरेका थिए। नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा.सुर्य नाथ मीश्र र भारतीय राजदुत लगायत मल्यालम समाजम कतारका अध्यक्ष, एनआरआई कतारका उपाध्यक्ष र थ्रीसीसी कम्पनीका जनरल म्यानेजरले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।
दोहाका चर्चित भारतीय कलाकारहरुको आकर्षक कार्यक्रमका विचमा नेपाली प्रस्तुतीले एउटा छुट्टै अनुभुती गराएको अनुभव तमू बौद्ध सेवा समितिका महासचिव कृष्ण तमूको छ। भारतीय व्यवसायीक कलाकारहरुसंग काम गर्दा आफ्नो गायन कलालाई अरु सुधार गर्ने अवसर पाइदो रहेछ आफ्नो अनुभव सुनाउदै थिए गायक द्रोण ज तमू। झण्डै ६ हजारको हाराहारीमा दर्शकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा तमू बौद्ध सेवा समितिका अध्यक्ष जगन तमूको पनि उपस्थिति रहेको थियो।
Topics: समाचार |





















