• Read News From

  •  

    July 2008
    S S M T W T F
    « Jun   Aug »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा नरेन्द्र गुरुङ | Main | प्रधानमन्त्री त गोरा भएछन् - कमल नेपाली »

    वाईसीएल आतङ्क - निर्वाचनपछिका घटनाक्रम

    By Administrator | July 1, 2008

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा ५ जेठमा जारी प्रेस विज्ञप्ति अनुसार नेकपा माओवादीको संगठन वाइसी एल ले चुनाव पछी गरेका घटनाहरुलाईको विवरण :

    भोजपुर कुलुङका एमाले कार्यकर्ता रामसिंह राई, खगेन्द्रकुमार राई, डेढराज बस्नेत, कुलबहादुर राईलाई कुटपिट गरी सख्त घाइतेबनाएको।

    पार्टीविरुद्ध लागेको र भोट नदिएको भन्दै नुवाकोट ढखरपौवाका चन्द्रबहादुर श्रेष्ठको निर्माणाधीन पक्की घर भत्काइदिएको।

    गोरखा, केरावारीस्थित नेउपाने माविका शिक्षक रामेश्वर पोखरेलमाथि भोट नदिएको भन्दै कुटपिट गरी उपचार गर्न जिल्ला बाहिर जान समेत रोकेको।

    गोरखाकै ज्ञानज्योति माविका प्रधानाध्यापक तोयाराज गुरुङ, शिक्षक विष्णुदत्त अधिकारीमाथि कुटपिट।

    गोरखा, सिम्जुङस्थित हिमाल माविका इन्द्रकुमार मिश्र, जनी घले र चतुरमाला मावि, मुचोकका रघुनाथ अधिकारीलाई राजिनामा दिन बाध्य बनाइएको।

    ङ्ग सडक निर्माणका लागि चन्दा र भोट नदिएको भन्दै सिन्धुपाल्चोकको नवलपुर८ का बासिन्दाले उपभोग गर्दै आएको खानेपानीको पाइप काटिदिएको।

    ज्यान मार्ने धम्की दिएपछि पाँचथर च्याङ्थापु गाविसका नरबहादुर गुरुङको पाँच जनाको परिवार सदरमुकाममा विस्थापित।

    कास्कीको कास्कीकोटमा मीनबहादुर अधिकारीसहित पाँच दाजुभाइमाथि निर्घात कुटपिट।
    •  अर्घाखाँचीस्थित गुल्मेली होटलका सञ्चालक रमा बञ्जारेमाथि हातपात।

    काभ्रेपलाञ्चोक जिल्ला होक्से गाविस शिखरपुरका प्रतापसिंह तामाङलाई काङ्गे्रसलाई भोट दिएको आरोपमा धम्की।

    चितवन माडीस्थित रामेश्वर उच्च माविका शिक्षकहरू कृष्णप्रसाद पाठक र रामनाथ तिवारीमाथि कुटपिट।

    माढवादी/ वाईसीएल

    जिल्ला

    सङ्ख्या

    झापा

    ताप्लेजुङ

    सुनसरी

    भोजपुर

    सप्तरी

    खोटाङ

    रामेछाप

    चितवन

    ललितपुर

    काभ्रे

    धादिङ

    सिन्धुपाल्चोक

    नुवाकोट

    १२

    गोरखा

    रसुवा

    तनहुँ

    कास्की

    कपिलवस्तु

    पर्वत

    रोल्पा

    सल्यान

    रुकुम

    सुर्खेत

    डोल्पा

    बझाङ

    जम्मा पीडित

    ७८

    स्रोतः इन्सेक
    स्रोतः राष्ट्रिय मानवअधिकार आयोगद्वारा ५ जेठमा जारी प्रेस विज्ञप्तिबाट

    Bookmark This

    Topics: समाचार |

    Comments