• Happy Dashain 2065

  • Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « पत्रकार महासंघको बैठक सम्पन्न - बिभिन्न निर्णयहरु पारित | Main | मल्यालम समाजम कतारको वार्षिकोत्सवमा तमू सांस्कृतिक परिवारको सहभागिता »

    प्रचण्डलाई नमुना संविधान हस्ताण्तरण

    By Kumar Karki | June 30, 2008

    शेर्पा राष्ट्रिय मुक्ति मोर्चाले तयार गरेको नमुना संविधान राजधानीमा आइतबार आयोजित एक समारोहकाबिच माओबादीका अध्यक्ष प्रचण्डलाई बुझाईएको छ ।

    गत चार दिन देखि शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा आयोजित शेर्पा स्वायत्त प्रदेश नेपाल स्थापनार्थ नमुना संविधान सभाले तयार गरेको उक्त नमुना संविधान मोर्चाका अध्यक्ष सोनाम शेर्पाले संविधान सभामा सबै भन्दा ठुलो दलको पार्टी माओबादीका अध्यक्ष प्रचण्डलाई एक समारोहका विच बुझाउनु भएको हो ।

    नेपाल र नेपालीलाई बिश्वमा चिनाउने शेर्पा जातीको भाषिक, जातीय र ऐतिहासिक पृष्ठभूमिको आधारमा अग्राधिकार र आत्मनिर्णयको अधिकार सहितको शेर्पा स्वायत्त प्रदेश स्थापनाको लागी संविधान सभामा शेर्पा सभासदहरुद्वारा प्रस्ताव पारित गर्नको लागी शेर्पा राष्ट्रिय मुक्ति मोर्चा तथा शेर्पा बुद्धिजीवीहरुद्वारा गत केहि दिन देखि बृहत छलफल सहित छोटो अवधिमा नै एक संविधान तयार पारेको थियो। आफ्नो छुट्टै मौलिक पहिचान भएको शेर्पा जातिहरु नेपालको अधिकांश हिमाली भेगमा छरिएर रहेको र प्रस्तावित लिम्बुवान, खम्बुवान, तामसालिङ्ग र तमुवान स्वायत्त प्रदेशमा आफुहरु रहन नसक्ने भएकोले छुट्टै शेर्पा स्वायत्त नै हुनुपर्ने बक्ताहरुले बताए भने ऐतिहासिक जनयुद्दलाई सफल बनाउन ६५ जना बीर शेर्पाहरुले युद्धमा शहादत प्राप्त गरेको पनि समारोहमा स्मरण गराईयो ।

    मोर्चाद्वारा तयार पारेको नमुना संविधानलाई एक पटक गहनरुपमा अध्ययन गरि अन्य राजनैतिक दलहरुसंग छ्लफल गरि शेर्पाहरुको छुट्टै स्वायत्त स्थापन गर्ने, अन्य संघिय राज्य भित्रको उप स्वायत्त बनाउने वा प्रस्तावित हिमाली स्वायत्त प्रदेश नै स्थापन गर्ने भन्ने बारे बिस्तृत छलफल गरि ठोस निष्कर्ष निकालिने प्रतिबद्धता अध्यक्ष प्रचण्डद्वारा प्रमुख अतिथिको आसनबाट प्रष्ट पार्नुभएको थियो। कार्यक्रम राजधानीको बौद्ध महांकालस्थित लुथान गेस्ट हाउसमा भएको थियो ।

    Bookmark This

    Topics: समाचार |

    Comments