• Happy Dashain 2065

  • Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « सूर्यबहादुर थापा गिरिजालाई राष्ट्रपती बनाउने पक्षमा | Main | आज एस एल सि परिक्षाको रिजल्ट »

    दोहामा सत्यनारायण पूजा

    By Administrator | June 22, 2008

    श्यामसुन्दर शशी

    दोहा -कतार, माइजरस्थित इन्जिनियर रविकान्त लाल दासको घरमा बिहीबार साझैदेखि चहलपहल थियो । मिथिलाञ्चलमा जस्तै फूलबारी र बरघरा -बैठक) रहेको घरभित्रबाट गीतगाइन -गाउने महिलाहरू) ले धार्मिक गीत गुन्जाइरहेका थिए ।

    दोहाको अति व्यस्त सहरको यो कुनामा धोती, कर्ुता र गम्छामा ठाटिएकाहरू भित्र-बाहिर गरिरहेका थिए । यसले पनि मिथिलाकै कुनै सहरको छनक दिइरहेका थियो । भन्सिया -खाना पकाउने) हरू पुरी, जुलेबी, तरकारी र तिलको चटनी बनाउन व्यस्त थिए । यो खाडीमा सारी लगाएका महिला देखिए पनि पुरुषलाई धोती-कर्ुतामा देख्नु नौलो अनुभव थियो ।

    जनकपुरमा जस्तै धार्मिक, सांस्कृतिक र राजनीतिक गफगाफमा तल्लीन रहेका उनीहरू खासमा सत्यनारायण पूजामा सहभागी थिए । यहानेपालीहरू कामका लागि आउन थालेको लगभग ३० वर्षभइसके पनि यस किसिमको पूजा सम्भवतः पहिलो पटक भइरहेको थियो । यसैले पनि आगन्तुकहरू सयौंको संख्यामा

    थिए । सबै नयाउत्साहमा देखिन्थे । पर्राई मुलुकमा मौलिक धार्मिक संस्कारलाई निरन्तरता दिन सकेकामा रविकान्त पनि औधी खुसी देखिन्थे । नेपालसहित विश्वशान्ति र निजी कल्याणको मनोकामना राखी पूजा लगाएको हु“,’ उनले भने ।

    सत्यनारायण पूजा मिथिलामा निकै लोकप्रिय र पवित्र पूजा हो । दिनभरि उपवास बसेर व्रतालुहरू राति विधिवत् पूजा गर्छन् ।

    कतारको राजधानीमा पुरोहित पश्चिम नेपाल -कपिलवस्तु) का थिए र विधि-व्यवहारमा अलि फरक परेको थियो । तर सबैले मनोभावसाथ कथा सुने र प्रसाद पनि ग्रहण गरे । पूजापश्चात्को मिथिला भोजन अविस्मरणीय थियो- पुरी, जुलेबी, तरकारी, तिलको चटनी र दही-चिनी ।

    Kantipur

    Bookmark This

    Topics: समाचार |

    Comments