• Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « मुग्लानी सौगात कतारको बार्षिक उत्सव तथा दोधार बिमोचन समापन | Main | Maoists to name Ram Raja Singh for prez »

    कतारमा यूनिटीको नयाँ समिति गठन

    By Administrator | June 10, 2008

    करिब २ वर्ष आगाडी स्थापन भएको यूनिटी लाईफ इन्टरनेश्ानल पब्लिक लिमिटेडको बैदेशिक विभाग अन्तरगत दोहा कतारमा यहि शुक्रबार ूयूनिटी स्पीडि टिमू कतार नामको नयाँ समिति गठन गरिएको छ। दोहा स्थित मुगल दरवार रेष्टुरेन्टमा भएको उक्त साधारण सभाको अध्यक्षता श्री कृष्ण गिरीले गर्नु भएको थियो भने युनिटीको कतार कार्यालय सचिव श्री वासु पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो।


    यर्स क्रममा युनिटी कतार प्रतिनिधी श्री दिपक भट्टराईले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै हरेक नेपालीको सिप,कला,दक्षता र क्षमताको सही सदुपयोग कुनै विदेशी भूमिमा नभई स्वदेशमै उपयोग गर्नु पर्ने धारणा राख्दै सम्पुर्ण नेपालीले म नेपाली हुँ भन्ने भावनाका साथ आगाडी बढ्नु पर्ने बताउनु भयो र युनिटीले २१ औँ शताब्दीको नयाँ आर्थिक क्रान्तिको शुरुवात गर्ने सामजिक संस्था र यसमा सबैको सहभागिता नै नेपाल र नेपालीको अन्तराष्ट्रिय पहिचान हो भन्ने बुझ्न जरुरी छ भन्दै युनिटीका उद्देश्यहरुको निश्चित रुपमा पूरा हुने कुरामा जोड दिनु भएको थियो। सोहि अवसरमा युनिटी सदस्यहरु रमेश मगर,पदम सिटौला,मिन बहादुर के.सी.ले आ?आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

    उक्त सभाको सफल सम्पन्नता सहित नयाँ यूनिटी कतार स्पिडि टिमको कार्य समितीको अध्यक्षमा यूनिटी लाईफ इन्टरनेशनलको कतार प्रतिनिधीलाई नै सर्वसम्मतिबाट चयन गरिएको छ भने प्रथम र द्धितिय उपाध्यक्षमा क्रमश कृष्ण के.सी.र कृष्ण गिरीलाई मनोनित गरिएको छ।

    पदम सिटौला सचिव र धनेश्वर जि.सी.सह सचिव तथा रमेश घिमिरेलाई कोषाध्यक्षमा चयन गरिएको छ भने सदस्यहरुमा क्रमश रमेश मगर,कृष्ण प्रसाद चालिसे,दिर्घ थापा,मिन बहादुर पौडेल,बालकृष्ण पूरी, माधव घिमिरे,रमेश चौधरी लगायतलाई मनोनित गरि १३ सदस्यिय टिम गठन गरिएको छ।

    Bookmark This

    Topics: समाचार |

    One Response to “कतारमा यूनिटीको नयाँ समिति गठन”

    1. bhanu b p Says:
      June 11th, 2008 at 7:34 pm

      suwuswwp

    Comments