« मोरङ्ग सुनसरी कतारद्धारा मृगौला रोगिलाई १ लाख ४६ हजार सहयोग | Main | कतारमा यूनिटीको नयाँ समिति गठन »
मुग्लानी सौगात कतारको बार्षिक उत्सव तथा दोधार बिमोचन समापन
By Kumar Karki | June 9, 2008
सन्ध्याग्रुप अल मिस्नाद खललोर कतारको उप साखा साहित्यिक समुहको प्रतुती साहित्य जीवन र जगतको दर्पण हो भन्ने नाराको सथा अघिबढि रहेको मुग्लानी सौगात साहित्यक द्वैमासिक पत्रिकाको बाषिक उत्सव समारोह तथा धनेश्वर जि.सी. भेलभाइर् को एकल पुस्तक दोधारको बिमोचन गत शुक्रबार ६ जुन २००८ मा नेपाली राजदुतवासको सभा कक्षमा भब्यताको साथ सु सम्पन्न भयो।
सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का अध्यक्ष श्री बिरेन्द्र कुमार याक्थुम्बाको सभापतित्वमा सन्चालन गरियको कार्यक्रममा नेपाली दुतवासका प्रथम सचिव श्री रामकाजी खड्का प्रमुख अतिथी हुनुहुन्थ्यो भन्ने बिशेष अतिथीहरुमा सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का संरक्षक तथा अलमिस्नाद कम्पनीका जनरल सुपरभाईजर श्री बिष्णु के.सी, NRNA ICC का सचिव श्री सगर नेपाल, NRNA ICC का सदस्य श्री टि.भी.कार्की, NRNA दोहा च्याप्टरका अध्यक्ष श्री कमालमणी गुरागई र पत्रकार महासंघका अध्यक्ष श्री नेत्रखनाल हुनुहुन्थ्यो भने अतिथीहरुमा सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का संस्थापाक अध्यक्ष श्री सुरज तामाङ, राजधानी साप्ताहीकका सहसम्पादन श्री दिपक पौडेल,जनजातिमहासंघका देब ब.राना मगर ल्त्ख् का भेष गुरुङ्ग,बासुदेव अन्जन,इन्द्र तामाङ,सिवशंकर उपाध्या,रमेश पौडेल ,बद्री प्रसाद पराजुली,शिव प्रतिक शर्मा,चन्द्र शेर राई,बिर ब.थापा,कृष्ण कुमार राई,अमित दाहाल,हरि कु.बस्नेत,महिला अतिथी सिर्जना तामाङ रामी मोत्तन,पबित्रा लिम्बु हुनुहुन्थ्यो।
मेई ३० तारिक हुने भनिएको कार्यक्रकम दुतावासले नै गणतत्र दिवस मनाउने हुुदा जुन ६ तारिक सरे पनि प्रमुख अतिथि मा समय माग्दा हुन्छ भन्ने महामहिम श्री सुर्यनाथ मिर्श्रा ज्यू ६ तारिक बिहान फोन गर्दा आफु उपस्थित नहुने जानकारी त दिनु भयो भयो आज कार्यक्रम छ भन्ने जानकारी समेत कर्मचारीलाई नदिनु भएकोले कर्मचारीले आफुलाई कार्यक्रम छ भनि खवर नआएकोले गेट खोल्न सक्दिन भन्दै गेट नखोलेकोले दिनको १२ बजे सम्म बाहीरै बस्नु परेको पिडा पोख्नु हुन्छ धनेश्वर जि.सी.।
प्रमुख अतिथि रामकाजी खड्काले पानसमा बत्ति बाल्दै ब्यानर उघार्दै बिशेष अतिथिहरुको साथमा केक काट्दै कार्यक्रमको उत्घाटन गर्नु भएको थियो। भने सयौ थुङ्गा फूलकाहामी नेपाली …..राष्टि्रय गानमा छविकला बिस्वकर्मा, लोकेन्द्र राई,रामचन्द्र,जस बहादुर राई, नेत्र थापा, देवेन्द्र कटुवाल, होम बहादुर खत्री र टेक बहादुर खातीले प्रत्यक्ष बाजागाजाको साथमा गाना गाएर उपस्थित सबैलाईृ स्वागत गर्नु भएको थियो भने सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का उपाध्यक्ष श्री थर्चा लामा ले स्वागत मन्तव्य दिनु भएको थियो। भएको कार्यक्रमको संचालन दोधार का लेखक तथा सौगातका ब्याबस्थापक धनेश्वरले गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रामकाजी खड्का,विस्णु के.सीं र सागर नेपालले सामुहिक दोधार पुस्तकको बिमोचन गर्नु भएको थियो। भने राजधानी साप्ताहिकका सहसम्पादक दिपक पौडेल बाट दोधारको समिक्षा गरिएको थियो। उहा भन्दै हुनुहुन्थ्यो दोधार भेलभाईको परिचय दिने साधन हो यसमा भएका धेरै लेख र रचनाहरु राजधानी बाट प्रकाशन भैसकेका देश पे्रमी र शिक्षा मुलक छन। उहाँको यो प्रकाशन बास्तम्मै चुनौति हो भनेर।
मन्तब्यमा प्रमुख अतिथि ज्यूले बास्तम्मै दोहाकतारमा सन्ध्याग्रु अल मिस्नाद खलखोर कतार को स्थान र परिचय सबै भन्दा छुट्टै र पृथक भएको नेपाली दुताबासले गर्नु पर्ने काम यसले गर्दै आइरहेको छ ग्रुपका सबै फाटका सदस्यहरु एकदमै सक्रिय भइ लागेको कुरा जाहेर गर्दै भेलभाई को दोधार को प्रकाशनमा अरु पनि भेलभाई जन्मुन भन्दै कविता पनि बाचन गर्नु भएको साथै आजको कार्यक्रम ढिलाई हुनुमा नेपाली दुतावासकको कमजोरी भएको मा छेमा याचन पनि गनु भएको बिथयो। अर्का बिशेष अतिथि सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का बिस्णु के.सी ज्यूले. सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार यो अवस्थामा आईपुग्नुमा सबै सदस्यहरुको ठुलो त्याग र मिहिनेत नै हो र पनि अन्य संघ सस्था र पत्रकारहरुले सानो नै देख्छन् दोहामा रहेका धेरै जसो संस्थाहरु समाज सेवाको लागि नभएर आफ्नो स्वार्थको लागी खुलेका जस्तो मलाई लाग्छ भन्नु हूदै मूग्लानी सौगातका प्रधान म्पादक सेलिङ के.सी.ज्यूे तयार पार्नू भएको कार्यपत्र लाई पनि बाचन गर्नू भएको थियो। भने छुट्टिमा नेपाल हुनुहुने सेलिङ के.सी.ज्यू आज हामी संग नहुदा धेरै नै दुःख पनि प्रकट गर्नु भएको थियो अर्का बिशेष अतिथि सागर नेपाल ज्यूले अगाडी भन्दैे हुनुहुन्थ्यो बास्तम्मै सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारे धेरै महान कार्य गर्दे आईरहे पनि मोफसलमै रहेको र अरु संस्था लगाएत दुतबासले पनि कमजोर ठाने पनि ग्रुप आफ्नै गतिमा अघि बढि रहेको कुरा मैले देखि सकेको छु भन्दै सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारको सफलताको कामना गर्नु भएको थियो। आफुले सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारको कुनै पनि कार्यक्रम नछुटाउने र अरु कार्यक्रम भन्दा सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतरको कार्यक्रको पृथक र स्तरिय हुने आर्का बिशेषअतिथि टि.बि. कार्की को कथयो।
बिशेषअतिथि कमल मणि गुरागाई भन्दै हुनुहुन्थ्यो राजदुताबासलसन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार जस्तो पबित्र र भाषा कला साँस्कृति मात्र नभएर नेपाली साहित्यमा पनि इट्टा थपेको संस्थालाई दुतावासको सभाकक्षमा कार्यक्रम गर्न नदिनाको लागी आलटाल गरिरहेको देख्दा यहा काम होईन केवल भाषाणलाई मात्र प्रोत्साहन दिई रहेको पुष्टि पार्नु भयो। भने नेत्र खनालको भनाई पनि उहासंग मिल्दो बिथयो। महिला अतिथि सृजना तामाङ भन्दै हुनुहुन्थ्यो कतारका संस्थाहरले महिलालाई समेट्ने काम नगरेको र आफै महिला पनि आफै लाई कमजोर ठानी कही संलग्नता नहुदा पनि हामीले प्रवासमा धेरै कठिनाईहरु भेल्नु पेरेको र सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारले भने सबै कलाकार लगाएत हामी महीलाहरुलाई पनि प्रोत्साहन दिदा आफुलाई अत्यन्तै खुशी लागेको कुरा बताउनु भयो। बिचबिचमा ३० भन्दा बढि साहित्यकारहरुले आफ्नो कविता,गजल र गितहरुले कार्यक्रमलाई साहित्यमय बनाएका थिय। भने अन्त्यमा सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री बिरेन्द्र कुमार याक्थुम्बा ज्यूले पत्रकारको खन्डन गदर्ेै कार्यक्रम सफल पार्नको लागि प्रतक्ष वा अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्वाद थिदै कार्यक्रमको समापन गर्नु भएको बिथयो।
मुग्लानी सौगात लाई नियमित लेख रचनाहरु पठाएर निरन्तर सहयोग गर्नुहुने भोजराज श्रेष्ठ,टेक ब.खाती,शिवराज गौताम नेपाल बाट शोभा मगर �संवेग�साथै चिसो सिरानीका लेखक दौलत राई उत्कृष्ट लेख लगाएत राष्टि्रय गान गाउने कलाकारहरु लाई प्रमाणपत्र र कदर पत्र को साथै बिशेष पुरस्कार पनि प्रदान गरिएको थियो। चेलिहरु उर्मिला बस्नेत,बिमला आले,सृजना तामाङ,मुना राई र गिता मगरले बनाएको नेपाली परिकार सेलरोटी र अचार खाएर गुनगान गाउनेहरु पनि कम थिएनन् त्यहाँ भने दुतवासको सभा कक्षमा आफ्नो पहिलो कर्यक्रम गर्न पाएको मा १ थान सोफा पनि सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतारले दुतावासलाई दिएको सन्ध्याग्रुप अल मिस्नाद खलखोर कतार का अध्यक्ष ज्यूले बताउनु भयो।
Topics: समाचार |























