• Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « कतारमा सांगीतिक कार्यक्रम बिदेशी हरुमाझमा नेपाली कलाकार | Main | मुग्लानी सौगात कतारको बार्षिक उत्सव तथा दोधार बिमोचन समापन »

    मोरङ्ग सुनसरी कतारद्धारा मृगौला रोगिलाई १ लाख ४६ हजार सहयोग

    By Kumar Karki | June 9, 2008

    मोरङ्ग सुनसरी प्रवासी सेवा समाज कतारले मृगौला रोगि निर व. मगरका लागि कतारी रियाल ७८४० अर्थात नेपाली रुपैया जम्मा एक लाख छयालिस हजार आठ सय १५ सहयोग स्वरुप प्रदान गरेको छ।

    मोरङ्ग सुनसरी प्रवासी सेवा समाजका सचिव कुमार कार्कीले दिएको जानकारी अनुसार मोरङ्ग जिल्ला सिंहदेवि गा. वि. स. घर भई अलमिस्नाद सर्भिसेज कतारमा कार्यरत मृगौला रोगि निर वहादुर मगरको सहयोगका लागि उक्त रकम सहयोग गरिएको कुरा जनाएका छन्। मोरङ्ग सुनसरी प्रवासी सेवा समाजको पहल तथा संस्थाका मनोज वस्नेतको सयोजकत्वमा संकलन गरिएको उक्त रकम निज निर वहादुर मगरको नाममा पठाईएको कुरा जानकारी दिईएको छ।

    उक्त संकलित रकम विभिन्न व्यक्तिहरुको सकृयतामा संकलन गरिएको थियो। गंगा वुढाथोकिको सकृयतामा विभिन्न ठाँउवाट ७३७, भुपेन्द्र निरौलाको सकृयतामा ८२१, युवराज तिम्सिनाको सकृयतामा ४३०, रमेश ईखालुको सकृयतामा २००, चुडामणि सापकोटा ३७५, गैर आवासिय नेपाली चालक संघवाट २६२, सुवास गौतम ११५, किराँत राई यायोक्खा परिवार ६१, खोटाङ्ग जागृति सेवा समाजद्धारा १३५, संन्ध्या गु्रप अल मिस्नाद अलखोर १०२, गोपाल विष्ट १३१, कृष्ण कुमार गौचनवाट व्यक्तिगत रुपमा १०१, कालीबहादुर मगरको सकृयतामा ३९२१ कतारी रियाल तथा अन्य संकलित रकम ४५४ रहेको छ।

    कतारमा कार्यरत नेपालीहरुमा यस्ता आईरहेको अवस्थामा मोरङ्ग सुनसरी प्रवासी सेवा समाज कतारले विभिन्न समयमा मृगौला रोगि तथा अन्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ। हाल मृगौला रोगी मगर नेपालमा रहेका छन् भने चाँडै नै मृगौला प्रत्यारोपणको उपचारका लागि तयारी गरिरहेका छन्। निज रोगी कतारमा विगत ५ वर्ष भन्दा वढि देखि कार्यरत रहेका थिए।

    Bookmark This

    Topics: समाचार |

    One Response to “मोरङ्ग सुनसरी कतारद्धारा मृगौला रोगिलाई १ लाख ४६ हजार सहयोग”

    1. k b chamling Says:
      June 11th, 2008 at 7:18 pm

      Sampadak jyu,
      Aaja thorai samaya milayara nayanepal ko news herne moukaa paaya ra saarai khusi laagyo tara news maa gair aawasiya nepali yatayat majdur sangha bhani pura name dinu bhayako bhaya ajha ramro hune thiyo ki jasto lagyo kina ki pura name nahuda arkai sastha po ho ki bhanne bhan hunna ra ? Ok news ko lagi dhanyabad. K B Chamling, DOHA QATAR.

    Comments