• Happy Dashain 2065

  • Read News From

  •  

    June 2008
    S S M T W T F
    « May   Jul »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « No expact will be allowed to bring friends on visit to UAE | Main | मोरङ्ग सुनसरी कतारद्धारा मृगौला रोगिलाई १ लाख ४६ हजार सहयोग »

    कतारमा सांगीतिक कार्यक्रम बिदेशी हरुमाझमा नेपाली कलाकार

    By Administrator | June 9, 2008

    बिलबहादुर तमू

    गत विहिवार ५ जुनका दिन कतारको उत्तरी भेगमा अवस्थित रास्लाफान औधोगिक क्षेत्रमा एक सांगीतिक कार्यक्रम सम्पन्न भएको समाचार छ। फ्लोर मिड�इस्ट लिमिटेड कम्पनीले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा विभिन्न देशका कलाकारहरुले आ�आफ्नै भाषामा गीत संगित प्रस्तुत गरेका थिए। कम्पनीले विना कुनै व्यवधान ३० मिलियन मेनआवर पुरा गरेको खुसीयालीमा उक्त सांगितिक कार्यक्रमको आयोजना गरिएको जनाईएको छ।

    नेपाली, फिलिपिनी, भारतीय, श्रीलंकन र बंगलादेसी कामदारहरु कार्यरत रहेको उक्त कम्पनीले आफ्ना कामदारहरुको मनोरञ्जनका लागि प्रत्येक देशका कलाकारहरुबाट विभिन्न गीत संगित प्रस्तुत गर्ने व्यवस्था मिलाईएको थियो। पहिलो प्रस्तुतीका रुपमा अन्य भाषाका गीतहरु प्रस्तुत गरिएको थियो भने मध्य भागबाट नेपाली कलाकारलाई स्टेजमा बोलाइएको थियो। जब उद्घोषकले नेपाली कलाकारको रुपमा तमू सांस्कृतिक परिवारका कलाकारलाई स्टेजमा बोलाइयो तब नेपालीहरुमा एउटा खुसीको लहर छाएको थियो।

    किन कि तमू सांस्कृतिक परिवार कतारका चर्चित गायक द्रोण ज तमूले नेपालीहरुको प्रतिनिधित्व गरेका थिए। रास्लाफानका नेपाली दाजुभाईहरुलाई नेपाली गीत र संगीतले मनोरञ्जन दिन आयोजकको निमन्त्रणमा दोहादेखि तपाईहरु भाझ आएका छौं भन्ने उद्घोषका साथ गायक द्रोण तमूले धौलागिरी हावा चल्यो शिरीरी…….. बोलको गीतबाट आफ्नो पहिलो कोसेली पस्केका थिए। द्रोण तमूको पहिलो प्रस्तुती नै उत्कृष्ठ थियो। गीत संगीतद्वारा मनोरञ्जन लिइरहेका नेपालीहरु मात्र नभै अन्य विदेशीहरु पनि नेपालीहरुसंगै झुमिरहेको दृष्यले त्यही बताउथ्यो। सांचै संगीतको कुनै देश हुदैन, कुनै भाषा हुदैन र कुनै रंग हुदैन भन्ने भनाईलाई प्रमाणीत गरिरहेको थियो उक्त दृष्यले। भाषा र गीतको बोल नबुझेतापनि संगीतको तालमा झुमिरहेका बिदेशीहरुले त्यही प्रमाणीत गरिरहेका थिए।

    तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूले दिनु भएको जानकारी अनुसार ठूलो संख्यामा नेपालीहरुको जमघट रहेको उक्त कार्यक्रममा द्रोण ज168 तमुको प्रस्तुती उत्कृष्ठ रह्यो। आयोजकहरुले आउने दिनहरुमा आयोजना गरिने यस्ता खाले कार्यक्रमहरुमा तमू सांस्कृतिक परिवारका कलाकारहरुलाई पनि सहभागी गराउने भएका छन्।

    आयोजकहरु र नेपाली दर्शकहरुको विशेष अनुरोधमा कलाकार द्रोण ज168 तमूले नेपालका चर्चित गायक खेम राज तमूको आलु तमाले……. भन्ने गीत प्रस्तुत गर्नु भएको थियो। द्रोण ज तमूको उत्कृष्ठ प्रस्तुतीबाट प्रभावीत भएर भारतीय कलाकारहरुले आगामी दिनमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा व्यवसायीक रुपमा गीत गाई दिन द्रोण ज संग अनुरोध गरेका थिए। उक्त कार्यक्रममा तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमू लगायत तमू बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष जगन तमू र महासचिव कृष्ण तमू पनि उपस्थित हुनुहुन्थ्यो।

    Bookmark This

    Topics: समाचार |

    Comments