• Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदद्वारा बिभिन्न विद्यालय एवं संस्थाहरुलाई कम्प्युटर सहयोग | Main | यूएइमा नौलो खालको कवि गोष्ठी सम्पन्न »

    मलेसियामा पत्रकारको अपहरण प्रयास

    By Kumar Karki | May 10, 2008

    रुसाहाब चेम्जोब/क्वालालम्पुर

    १० मे २००८
    केही दिनअगाडि अनलाइन पत्रिका तथा प्रिन्ट पत्र पत्रिकाहरुमा ठगको कुरालाई आम जनसमुदायबीच र्सार्वजानिक गरेको निहँुमा शुक्रबार ९ मे २००८ का दिन पत्रकार श्रीधर सुवेदीलाई ठगहरुले उठाउने प्रयास गरेका छन् । सुवेदी आफ्नै कामले नेपाली दुतावास गएको बेला राजदुत डा. ऋषिराज अधिकारीले त्रिपक्षीय छलफल गरौं, धेरै जनामा धेरै कुरा हुन्छ भनी श्रीधर सुवेदी त्यहीँ भएका कारण रमेश पण्डितलाई बोलाई राजदुत डा. ऋषिराज अधिकारीबीच छलफल भएको थियो ।
    गत बुधबार व्यापारी संघ मलेसियाले आयोजना गरेको छलफल कार्यक्रममा ठगको नाममा आएको प्रेस विज्ञप्ति, अडियो रर्ेकर्ड सुनाए पछि र आफूसँग भएको अन्य प्रमाण राजदूतसमक्ष पेश गरेपछि ठगले ठगेको सत्य ठहरएकिा कारण मलेसियामा रहेका व्यापारी, विधार्थी, पत्रकारहरुले सामुहिक बहिस्कार गरी आम श्रमिक तथा मलेसियामा रहेका तमाम नेपालीहरु मझ सामुहिक बहिस्कारको सन्देश दिए पनि ठगले भने अस्वीकार गर्दै आएको छ ।
    शुक्रबार दुतावासको आफ्नै सभाकक्षमा बसेको छलफलमा रमेश तुफानले सत्य प्रमाणलाई असत्य हो भनी जिकीर गरेका थिए भने राजदुत डा.अधिकारीले पहिला आफूले अध्ययन गर्ने तब मात्र निर्ण्र्ाागर्ने कुरा बताउनु भएको थियो । त्रिपक्षीय छलफलको समयमा रमेश पण्डितले धावा बोलेपछि डा. अधिकारीले पत्रकार श्रीधर सुवेदीलाई यदी कहीँ कतैबाट केही भयो भने रमेशलाई समात्छु भनी कुनै अप्ठ्यारोमा नपार्न रमेशलाई चेतावनी दिनुभएको थियो ।
    छलफलपश्चात् दुतावासबाट बाहिर निस्केपछि दुतावासको भुइँ तलाको रेष्टुरेन्टमा चिया पिउँ भनी पण्डितकै आग्रहमा बसेको बेला निजले धम्कीको कुराहरु बोल्न थाले । अगाडि भने ‘मेरो सम्पर्ूण्ा परिवार मैले शहिद बनाएँ, म सडकमा पुगेको छु, अब म जस्तो कदम चाल्न पनि पछि हट्ने छैन ।ग् अझै अगाडि थपे ‘तिमीले लेखेको समाचारलाई तुरुन्त सच्याउ र आम श्रमिकहरु माझ माफी माग । होइन भने म जे गर्न पनि पछि पर्ने छैन ।ग् पत्रिकामा लेखिएको कुरा आफूसँग भएको प्रमाणको आधारमा लेखेको दावी गरेपछि श्री अभिलेख साप्ताहिकका कार्यकारी सम्पादक श्रीधर सुवेदीलाई जर्वजस्ती उठाएर लैजाने र झुटो कुरा लेख्न बाध्य बनाउने प्रयास गरिएको कुरा श्रीधर सुवेदीसँगको भेट तथा अन्य प्रत्यक्षदर्शी विष्णु बोहोरा र राजेन्द्र श्रेष्ठले टेलिफोन सर्म्पर्कमा बताउनुभयो । तर सुवेदी भने त्यहाँबाट भाग्न सफल भए । त्यहाँ रहेका श्री अभिलेख साप्ताहिकका प्रबन्ध निर्देशक रमेश तिवारी, कार्यक्रारी सम्पादक श्रीधर सुवेदी अन्य विष्णु बोहोरा, बिष्णु राना, केशव अधिकारी, विन र्राई विधार्थी राजेन्द्र श्रेष्ठ त्यस बखत आर्श्चर्य चकित बन्दै हामी सबैजना सँगै छँदा त यसो गर्न खोज्नेले एक्लै श्रीधरलाई भेट्यो भने के गर्ला - भनेर प्रश्न गरेका थिए ।
    सो समयमा श्रम साप्ताहिकका प्रकाशक प्रधान सम्पादक रमेश तुफान, प्रबन्ध सम्पादक देबेन्द्र लम्साल, व्यवस्थापकर् इश्वरी ढकाल रहेका थिए ।

    Bookmark This

    Topics: कतार |

    9 Responses to “मलेसियामा पत्रकारको अपहरण प्रयास”

    1. Ram Gurung Says:
      May 11th, 2008 at 2:01 am

      Dear all specially Embassy
      Why you do not do anything to Ramesh?Who is he?Why Embassy do not action against him?Still They need more proof?Be serious all nepalese people Ram Gurung Hong Kong

    2. milan Says:
      May 11th, 2008 at 3:02 am

      dipesh ji
      Thanks yaar. sahi kura bhannu bho. journalist bhanera k garnu. hijo companyma kaam garna nasakera bhagera company chhodeka, illigal basera online bata news copy paste garera paper nikalne ta journalist bhayenan ni. na qualification chha. na nepal ma iniharu patrkaar hun bhanne kehi praman chha. 4 pate paper ma aruko news copy paste garera patrakaar hune bhaye paisa hune sabai patrakaar bhai haale ni.
      thikai chha, aba haami shramik ko aakha ma dhulo chharne ko biswas nagarau.thute patrakaar haru afai pakha lagchhan.
      milan.Johorbaru.

    3. sonam Says:
      May 11th, 2008 at 3:17 am

      sathi haru
      sampadak ra afai patrakaar bhanera patrakaar bhaidaina ni. Malaysia ma kun chahi patrakaar ko press pass chha hola ra ? khai. badi ma 4/5 jana holan.tini haru pani bibad ma muchhiyeka chhan. ramro garnelai nepali le agadi badna didainan. gari khayo bhane ris garchhan. shram saptahik ko bazar dekhera aattiyeka pratikriyabadi haru le thulo drama gareka chhan. 2/4 janale patrakarita chhetralai badnaam garaune bhaye. aba nepal ma nepal ma regester hunu ta kata ho kata 6/6 mahina ma name ferera patrika nikalne patrakaar maodaya haru pani chhan. tini haru le lekheko ra bhaneko kura patyauna pani kati garo.

    4. devu Says:
      May 11th, 2008 at 12:48 pm

      ram g ! k tapaiko byaktigat ris chha ki k ho rames tufan sanga ? hoina bhane purbagrahi, kapolkalpit ra vramak samachar prati bujdai nabujikana kina samrthan ? ti kathit patrakar sreedhar subedi , dikesh bhattarai…..le chha bhaneko praman haru euta pani pramanit bhaena ambassybata. spastikaranko mag gardai baseko meeting ko table bata tyo shreedhar bhanne kathit patrakar praman nabhaepachhi vageko ho . coment garda bhujhera garnu hola. hongkong ma basera malaysiako ektarfi kura sunera nirnaya nalinos agrah chha. thnx

    5. kamal Sigdel Says:
      May 11th, 2008 at 2:56 pm

      Dear aLL
      Arkako subject ma dherai kura nagarau. jhan e thute patrakaar ko barema ta kurai nagaru. real journalist bhayepo patyaune. bhat mara patrakaar pare. hijo jun thaal ma khayi tyahi thukne lai k bhanne. Aafule gareko galti dhak chhop garna feri apaharan ma pare bhaneko ho ki ? kuro patyai saknu chhian.

    6. Shiva Says:
      May 12th, 2008 at 9:41 am

      Sathi haru ho . hawa ko bhar ma comment lekhna chodou. bhujhu parcha pahile. ahile sahi patrakarita garda galat banaune ho bhane tapaie haru jastole garda sahi kasaile lekhne aaat gardaina hola jasto malaie. lagcha. ke bujhnu bhayeko cha. tapaieharu le malaysia ma hunuhuncha bhane pani dherai thaha hune thiyo ra comment lekhnu hunthiyo hola. galat laie galat sahi laie sahi bhanne tapaie haru pani saknu bhayeko chiana jasto lagyo. thankx for all

    7. Ek pathak Says:
      May 12th, 2008 at 10:45 am

      साथीहरु
      तपाईहरुको लामो कि्रयाप्रतिकि्रया पढेपछि मलाई पनि केही लेख्न मन लाग्यो ।
      पहिले मलेसियामा देखिएका पत्रिकाबारे -यहाँ रंिगन कलेवरमा ५ वटा पत्रिका नियमित निस्किन्छन् । विज्ञापनको सवालमा मलेसियाको चर्चित टेलिकम डिजी म्या_िक्ससको विज्ञापनले भरिभराउ छ । नेपाली रेमिटहरु रेष्टुरेन्ट र पसलहरु पनि धेरै भएको हुनाले विज्ञापनको कमि छैन । महँगो प्रेस खर्चिलो भएपनि ३ लाख नेपालीहरुलाई सुसुचित गराईरहेकेा छ । तसर्थ मलेसियाको पत्रकारितालाई सामान्य ठान्नु भएन । हो समाचार लेख्नको लागि समस्या होला त्यो आफ्नै ठाउँमा छ किनभने धेरै भन्दा धेरै नेपालीहरु मजदुरीको लागि आएका छन् । तिनै मजदुरहरुलाई समाचार सम्प्रेषण गरिनेहुँदा तिनै मजदुरहरु कार्यरत कम्पनीकै प्रतिनिधि बनाउनु परेको हुन्छ । व्यावसायिक पत्रकारहरु नेपालबाट झिकाएर कम्पनीमा पठाउन यहाँको पत्रिका असमर्थ त्यसैले भातमारा पत्रकार प्रेस पास नभएका पत्रकारहरु भन्न पाउनुहुन्न । त्यो तपाईको अधिकार पनि होइन । ४५ वर्ष लामो भईसक्यो मलेसियाको पत्रकारिता त्यसैले अब नेपाल पत्रकार महासंघले तिनीहरुलाई सदस्यता दिनै पर्छ । लेखनमा खारिएर बन्ने त हो पत्रकार । पढेर बनेका पनि छन् तर उनीहरुले पनि लेखनमा खार्न त पर्छ नै ।
      तसर्थ मलेसियाको पत्रकारितामा दक्ष जनशक्ति पैदा भएको छ । अब जहाँ गएपनि पत्रकारिता नै गर्न सक्छन् ।
      दोश्रो बैधानिकताबारे नेपालको सवालमा दर्ता अनिवार्य छ । तर मलेसियामा नेपाली पत्रिका दर्ता असम्भव छ । र सुनको कुरा मलेसिया आएफजेको शाखा पनि छैन रे । तर पनि मलेसियाको पत्रकारिता वैधानिक नै हो यसअर्थमा कि ३ लाख नेपालीलाई सुसुचित गराएका छन् । नेपाली व्यापार व्यवसायको प्रचार गरेका छन् । अनि चर्चित कम्पनीहरुको समेत विज्ञापन लिन सफल छन् । प्रत्येक नेपालीको मनमुटुमा नेपाली पत्रिका दर्ता भएर बसेको छ ।
      अनि तेश्रो पत्रिका आफै नराम्रो छैन हुँदैन पनि । तर पत्रिका निकाल्ने व्यक्ति पत्रिकाको आडमा दादा बन्ने परिपाटी पुरानै हो । श्रम साप्ताहिक मलेसियाको जेठो तथा राम्रो पत्रिका हो । तर यसका सम्पादक रमेश तुफान खराब चरित्र बोकेका व्यक्ति हुन् । तसर्थ पत्रिकालाई कहिले पनि मुछिएको छैन मुछिदैन पनि । समाचारमा पनि श्रम साप्ताहिकलाई मुछिएको थिएन । मात्र रमेश तुफान खराब व्यक्ति हुन् भन्ने कुरा लेखिएको थियो । उनी विभिन्न उपाय रचेर पैसा उठाउने अनि झ्वाम पार्ने व्यक्तिमा पर्छन् । कोही व्यक्ति दुर्घटनामा पर् यो भने उनी सहयोग गर्नमा उद्दत हुन्छन् सहयोग गर्न आफैमा नराम्रो होइन । यो कुरा रोजगारमुलक क्रान्त्रि अथवा एनएलओ का कुनैबेलाका अध्यक्ष भईटोपलेका भोला पाण्डेले एउटा राई विरामी हस्पिटलमा रहेको बेला किरात राई यायोख्खाले उसको उद्दार गरिरहँदा चन्दा उठाउन नपाएको झोकमा यायोख्खासित झोक्किएको आधारलाई लिएर लेखिएको हो । तसर्थ मलेसियाका कम्पनीहरुलाई पनि सजिलो भएको छ । केही भयो के तेरो समाजमा जा चन्दा संकलन गरिदिन्छ भन्छ अनि कम्पनीले उसको इन्स्यूरेन्स खाइदिन्छ । अनि यता उठाइएको चन्दाको राम्रो हिसाब पनि आउँदैन । एउटा अज्ञात संगठन छ त्यो संगठनले कहिले चुर्ण ओलीलाई १५ दिन अपहरण गर्छ कहिले श्रीधर सुवेदीलाई अपहरण गर्ने प्रयास गर्छ । त्यो चरित्रको विरोध हो त्यो समाचार । अनि व्यापारीले रमेश तुफानमा बुद्धि फिरोस् भन्ने सांकेतिक विरोध गरेका हुन् पसलमा पत्रिका नराखिदिएर र विज्ञापन नदिएर ।
      अन्तमा मलेसियाबाट प्रकाशित श्रम साप्ताहिक द पृष्ठभूमि साप्ताहिक नेपाल सन्देस साप्ताहिक श्री अभिलॆख साप्ताहिक हाम्रो आवाज साप्ताहिक यहाँको गहना हुन् । यि पत्रिकाविना अगाडि बढ्ने कल्पना पनि गर्न सकिन्न अहिले । तर पत्रिकाको आडमा दादा बनेका रमेश तुफानजस्ता गिरोहलाई भने कडाभन्दा कडा कारवाही गर्नुपर्छ । यो विश्वभरका नेपालीहरुको आवाज बनोस् ताकि पत्रकारहरुलाई गाली होइन ।
      एक पाठक

    8. mohan khadka (Doha Qatar) Says:
      May 19th, 2008 at 10:15 am

      hi all k tapai haru ko kam choina ki kaso ho malai ta lagyo sayed tapai haru ko kam na bhayera time pass garne toy bhaye ko chha yo news

      thanks

      mohan khadka
      Doha Qatar

    9. Amar Says:
      June 24th, 2008 at 4:16 am

      sathiho,
      lalsalam
      nikai smaya bitepachhi yo khabarharu herna pugen. ramesh tuphan euta ati chatur thag ho bhanne kura ma apailai pareko bata thaha bhaeko thiyo. malesiyama usle malai maobadiko neta bhaeko kura barambar bhantyo. pahile ta ho ki bhanne lagyo tara unle prayog garne rajnitik bhasha kunai samanya communist karyakartako istarma pani thiena. sathi ho ma pahile UML ra pachhi ML ko sangathit sadsya hun. hami communistharu eka arkalai ek palta hat milaudanai ma chindachhaun bhane bolibachan sunera ta jhan kurai bhaena. u sayad bidyrthi kalma pragatisil phantma thiyo ra pachhi patrikaharu padhera kehi sabdaharu janne bhaeko matra ho. usko kam garne tarika pani communistharuko jasto thiena. uslai communist netaharuko bareme pani kehi thaha thiena. yo thagar manchhe rahechha bhanera maile bujhen tara maile usanga bibad garina. usko sathama darlagda gundaharu kam gardathe. ma paren samanya shramik. ma illigal bhaisakeko thien ra nepal pharkanamai mero kalyan thiyo. usle kehi paisa liera nepal pathauchhu bhanyo. malai usle aruko bhanda riyati darmai nepal pathaune bhayo. dasainko bela thiyo. tikatko maramar. tehi belama usle aphna kehi kamdarharulai ratarat nepal pathayo. ma usaiko travel agencyko karyalay kotaraya ma suteko thien ra rati maile sabai dekheko thiyen. usle bholipaltai patrikama lekhyo ki mero kamdarharule ticketko paisa liera bhagyo. ma ta chit paren. maile ke ho sir kina esto kura gardai hunuhnchha bhanera kura garda usle tapailai ma jasari pani pathuchhu kehi din halla nagarnus bhanyo. paisa diyi sakeka nepal janeharu sabai halli khalli gardai tuphanlai kutna aae. maile uslai jogaen pani. usle piditharulai gunda samet lagaidiyo. saya jana bhanda badhi garibka chhoraharu rundai pharke. kehi dinpachhi ekrat tehi officema maile kehi gundaharu basera malasiyama bhaeka thulthula nepali byapariharulai apharan garera paisa batulne kura gareko sune. esto kura garnema tuphan thiyena. malai yo kura ekdin tuphanlai sutkka bhanne bichar rakheko thien. tara Ekdin euta mathillai istarko manchhele usko sathisanga ehi kura gariko sunen ra uniharu bhandai thie esko leader nai tuphan ho. tespachhi maile aphno paisa maya marera shantididiko officebata arkai tikat liyar nepal bhagen. Dherai pachhi sune Bharat bhanne namud gunda ra teska charjana sathiharulai apaharankai kesma jail pareko chha. ajabhanda kehi dinaghi matra tuphanlai nepalma pakriyo ra dillibajar khorma rakheko chha bhanne sune. ani ajasammapani malai lagiraheko thiyo u jailmai chha. yo bibad yes onlinema padhda malai ispasta bhaena ki u jailma chha ki malasia. tara sathi ho ma etikhera dubaima chhu. ma sapha sapha bhanchhu. u maobadi ta ke communist nai hoina. u khatarnak chha. usle maobadiko nam bechera thagi gareko thiyo. maobadiharule yesma chhanbin garnai parchha, mero request chha. ani mero tapainharulai pani request chha esto manchheko side nalinuhos. natra tapailai pani usaiko matiyar bhanera manchheharule thukchha. pakka.

    Comments