« वहर्राईनमा मेचीकाली प्रवासी जनसेवा समाजको गठन | Main | विदेशमा नेपाली एकता अनिवार्य आवश्यकता - अनिल पाण्डे »
नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा
By Administrator | April 30, 2008
नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा गरेका छन् । संविधानसभाले राजतन्त्र हटाएर लोकतन्त्रिक गणतन्त्र स्थापनाको प्रष्ट म्याण्डेट नेपाली राजनीतिक दललाई दिएपनि त्यसलाई आफूहरुले नमान्ने उनीहरुले बताएका छन् ।
दुवै देशका दर्जनौ प्रतिनिधि सम्मिलित काठमाडौ हेडक्वार्टर भएको हिन्दू विश्व परिषदको भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा सोमबार सम्पन्न सम्मेलनले माओवादीविरुद्ध आन्दोलन केन्द्रीत गर्ने निर्णय गरेको बताइएको छ।
आन्दोलनको नेतृत्व नेपालबाट विश्व हिन्दू परिषदका नवनियुक्त अध्यक्ष नेपाली सेनाका पूर्व कर्णेल हेमबहादुर कार्की र निवर्तमान अध्यक्ष तथा पूर्व शाही पाश्ववर्ती भारतकेशर सिंहले गर्ने छन् भने भारतबाट भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथले गर्नेछन् ।
उनीहरुले दुवै देशमा छरिएर रहेका हिन्दू अतिवादी राजतन्त्र पक्षधर संगठनलाई एकत्रित गरी नेपालको तराईबाट आन्दोलन थाल्ने योजना बनाएको स्रोतले बताएका छन् । तराईमा यसअघि नै राजावादी डिफेन्स आर्मीले हिंसात्मक गतिविधि गर्दै आएको छ।
Topics: समाचार, Expatriate-nepali |





















