• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली दूतावास बेलायत नबेच्न सुझाव | Main | बाँदरलाई लिस्नु - नेपाली दुताबास मलेसिया »

    कतारवासी इलामेलीहरुको वनभोज सम्पन्न

    By Administrator | April 27, 2008

    सरोज वास्तोला
    नयाँ नेपाल अनलाईन डटकम
    गर्मी मौसमको सुरुवात सँगै कतावसी इलामेलीहरुले वनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।
    वाह्रै महिना वनभोजमा रंगिने इलामका इलामेलिहरुले कतारमा पनि २५ अप्रिलका दिन कतारको अल्खोर स्थित गार्डेनमा आयोजना भएको वनभोजमा नयाँ वर्ष २०६५ को शुभकामना आदान प्रदानका साथै एक-अर्कामा परिचयात्मक कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको थियो। एकसय पचास जना इलामेली र विस-पचिस जना गैर इलामेलीहरुको पनि उपस्थिति भएको थियो । त्यस्तै छिमेकी जिल्ला पाँचथर सेवा समाजका सचिव हरिज्वला घिमिरे, ताप्लेजुङ्ग सेवा समाजका अध्यक्ष डिल्ली खरेल, धनकुटाकी श्रीमती भावना महत, नेपाल कतार पत्रकार संघका राइ रमेश र सरोज वास्तोला पनि उपस्थिती रहेको थियो ।
    सो कार्यक्रममा चेली भावनाद्वारा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने इलाम सेवा समाजका उपाध्यक्ष साम चौहानद्वारा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । सो कार्यक्रममा गोलमेचद्वारा गोला प्रथा गरि सम्पुर्ण उपस्थितीहरुलाई आ-आफ्ना नाम परेको काम गर्नै पर्ने प्रबन्धले अझ रोचक तथा उत्साह वनाएको थियो ।
    नेपाल कतार पत्रकार संघका राइ रमेश गाउँलेले मिठो समाचार सुनाएर सबैलाई भाबुक बनाएका थिए । संस्थाका अध्यक्ष समिर गुरुङ्गद्वारा अब चाँडैनै इलाममेली समाजको साधारण सभा गर्राई गराउने र जिल्लाका पर्यटकिय स्थलहरुमा संस्थाका तर्फाट रचनात्मक कार्यहरु गर्ने कुराको जानकारी दिदै कतारमा रहेका सवै संस्थाहरु संगै हातेमालो गर्दै अगाडि वढ्ने योजना संस्थाको रहेको धारणा पनि औपचारिक रुपमा जानकारी गराएका थिए ।

    Bookmark This

    Topics: कतार, Expatriate-nepali, Middle-east News |

    Comments