« कतारवासी इलामेलीहरुको वनभोज सम्पन्न | Main | कतारमा एकल नृत्य प्रतियोगिता सम्पन्न »
बाँदरलाई लिस्नु - नेपाली दुताबास मलेसिया
By Administrator | April 27, 2008
डिकेश भट्टर्राई
मलेसिया
‘हात्ति आयो, हात्ति आयो फुस्सा’ भन्ने नेपाली उखान तुक्काको आफ्नै किसिमको महत्व छ । कुनै पनि कुरालाई वास्तविकरुपमा भन्नुपर्दा भावात्मकतालाई पनि बाहिर ल्याएर परिवेश र यथार्थतालाई बुझाउने गर्दछ । बैदेशिक रोजगारीको लागि मलेसिया प्रवेश गरेका नेपाली मजदुरहरुलेे सायदै यहाँको वस्तुस्थिति बुझ्न बाँकी होला । त्यसैले मैले थोरैले मात्र यो उखान प्रयोग गरेको सुनेको छु । बर्गीय, लिंगीय, क्षेत्रीय, जातीय आदि बिभिन्न बिषमता हुँदा हुँदै पनि सयौ थूंगा फुलका एकै माला भएर सदियौदेखि पारस्परिक सम्बन्ध प्रगाढ बनाउन सफल भएको हाम्रो नेपाली समाज आज मलेसियामा पनि त्यसरी नै रहन सफल छ । जसको लागि यहाँस्थित बिभिन्न संघ(संगठनहरुले आफ्नो प्रतिनिधित्व दर्शाउन बर्गीय संगठनहरु स्थापना गरेका छन् । ती संगठनहरुले लिएको जिम्मेवारी र दायित्व आफ्नो कार्यक्षेत्रअनुरुप सफलरुपले सम्पादन गरेका छन् भन्दा अत्युक्ति नहोला, अपवाद बाहेक ।
विभिन्न समस्या चुनौती र त्यसको समाधानको लागि नेपालीहरुको एकमात्र आधिकारिक संस्था -नेपाली राजदूताबास) यहाँ स्थापना भएको पनि अर्धदशक पुग्नै लाग्यो र सबैभन्दा नेपाली मजदुरहरुले उचित न्याय पाउने न्यायपालिकाकारुपमा यसलाई बिस्तार गर्नुपर्ने तथा यसका कार्यक्षेत्रहरु ब्यापक बनाइनु पर्ने चर्को आवश्यकता एकातिर छ भने अर्कोतिर प्रवासमा मजदुरहरुलाई बिभिन्न कालखण्ड छोपी शोषण गर्ने, दमन गर्ने, अपहरण गर्ने तथा अमानवीय ब्यवहार गर्नेहरुलाई सजाय गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्ने आधारभूत जिम्मेवारी हुँदाहुँदै पनि मुकदर्शक मात्र होइन ती बहुलवादी र बिरंगी अवसरवादीहरुलाई संरक्षण दिन उद्यत देखिएको अवस्था प्रतित भएको छ ।
मलेसियामा भएको नेपाली समाजमा बहुसंख्यक नेपालीहरु श्रमजीवी नेपालीहरु छन् । जसलाई आफुमा भएकेा शोषणको बिरुद्धमा संर्घष्ा गर्ने न त समय नै छ न त साथ नै । फेरि श्रमजीवीहरुको यो बाध्यता पनि हो कि उनीहरुको लागि समयको ज्यादै महत्व रहन्छ र कुनै पनि कुरामा बहस गर्ने समयको अभाव हुन्छ । यी यिनै शाश्वत सत्यको कारण र यसैलाई एक माध्यम बनाएर नेपाली समाजमा श्रमजीवीहरुलाई ठग्ने, झुक्याउने, विभिन्न प्रलोभनमा पारेर पैसा असुल गर्नेहरुको संख्या अहिले निकै बढेर गएको छ । तर यो प्रबृति मलेसियामा पहिलो र नयाँ भने अवश्य होइन । यस्ता कुराहरुप्रति बैधानिक प्रावधानका साथ श्रमजीवी नेपालीहरुको अभिभावक रहेको नेपाली राजदूताबासलाई जानकारी नभएको पनि होइन । अनि पीडितहरु न्यायको लागि न्याय पाइने अभिलाषाले आफ्नो दुःख बिसाउन नपुगेका पनि होइनन् । तर समस्या जस्ताको तस्तै रह्यो । शोषक, र मानवतस्करहरुको मनोबल उच्च बनाउन सबै पक्षले सहयोग गर्यो । दर्जनौ शिकायत पत्र तथा निवेदनहरु अहिले पनि भेट्न सकिएला । कोही श्रमिकले अपहरणमा परेर भागेपछि जीवनदान माग्दै पेश गरेको, कसैले अमानबीय क्रियाकलाप असैह्य भएर न्यायको लागि अपील गरेको, कसैले मासिक तलब र ओभर टाइमसमेत गरेर २००/३०० सेलरी थाप्ने अवस्था हुँदा पनि बिभिन्न प्रलोभनमा पारेर मासिक ५० देखि ६० रिंगेट लगभग नेपाली १,००० रुपैया असुलेको । सायद ती मानिसहरु यदि नेपालमै १००० कमाउने ब्यवस्था भएको भए शायदै मलेसिया आउँथे होला । मैले यहाँको तामिल र चाइनिज बोसको कुरा गरिरहेको छैन । मैले त नेपाली समाजभित्रकै अवसरवादी, दलाल, मानवतस्कर, माफिया र कालाबजारीहरुको कुरा गरिरहेको छु अनि यिनीहरुको शोषण र आतंकबाट श्रमजीवी मजदुरहरुल्ााई बचाउन सक्ने कोही छ कि चुनौती पेश गर्दैछु । हो यी तिनै हुन् जो मलेसियाको कम्पनीले सम्झौताअनुसारको तलब सुविधा दिएन भनेर महिनामा दर्जनभन्दा बढी निवेदन र सहीछाप लिएर महामहिमको अगाडि पुग्छन् । अनि मुक्ति र संर्घष्ाका कुरा हाँक्छन् र आफुले नै काम लगाएको श्रमिकले ज्याला नपाएर कोतारायाको गल्लीबाट ज्याला दिन अनुनय बिनय गर्दा दूताबासको दुहाई दिँदै ललकार्छन ‘जानुस् दुतावास, पहिले असहज परिस्थिति हँुदा त कसैले केही गर्न सकेन, अहिले त धेरै सहज परिस्थिति छ’ रे । आखिर किन दुताबासले यस्ता मान्छेहरुलाई संरक्षण दिन्छ - यदि होइन भने किन कारवाही अगाडि बढाउन सक्दैन - हो, हिजोसम्म दुताबास पर्ुण्ा थिएन तर आज त्यो अवस्था छैन र आजको अवस्थामा श्रमजीवी मजदुरहरुले क्षमा गर्ने ठाउँ पनि कम भएको छ, यो सम्बन्धित पक्षले बुझ्नु जरुरी छ ।
जताबाट पनि श्रमिकलाई चुसिरहेका कुरा यो सबैसामु र्छलङ्ग छ । अहिले नेपाली समाजमा बढ्दै गरेको अन्तर्रर्ााट्रय ब्यापारको नाउँमा केकस्तो ब्यापारीकरण भइरहेको छ - सबैलाई स्पष्ट छ । नेपाली श्रमिकहरुको हैसियत पनि । श्रमजीवी बर्ग जसले पुँजीपति बर्गको अधिनस्थ भएर जीविका चलाइरहेको हुन्छ । यति कि उसलाई आफ्नै श्रमको मोलमोलाई गर्नेसमेत टाइम रहन्न । यति हुँदाहुँदै पनि सुनको महल बनाउने सपना बाँड्दै हिडिरहेछन् अनि फसिरहेछन् श्रमिकहरु । उनीहरु त फस्ने नै हुन आफ्नै श्रमको समेत मोलमोलाई गर्न समय नपुग्ने बर्गले कसरी कसैको ब्यापार र बजारीकरणको बारेमा अर्कोलाई बिश्वस्त पार्न सकोस् - फेरि पनि प्रतिस्पर्धा छ यसमा फसाउनेहरुको । हुनसक्छ धेरै दुरदर्शी र भविष्यपरान्त रहने र सबैलाई ५ प्रतिशतको संख्यामा रहेका शोषकबर्गमा पुर्याउन सफल हुने ब्यापार तर यस्तो ब्यापारमा श्रमजीवी मजदुरहरु अन्ततः फस्ने नै हुन् । जुनकुरा श्रम र ज्यालाको बिशेषता हर्ेदा स्पष्ट हुन्छ । यस्ता कुराहरुप्रति दुताबासको किन आधिकारिक धारणा आउँदैन - अझ बाँदरलाई लिस्नु लाउने काम किन गरिन्छ -
अहिले पनि कोतारायामा ५० औ श्रमीकहरु रेष्टुरेष्टको शरणमा छन् । उनीहरु पनि ठगिए । यी सम्पर्ूण्ा ठगहरुको उद्देश्य एकै हो तर विभिन्नरुपमा विभिन्न कालखण्डमा देखिने गर्छन् । सबै तै चूप मै चूपको अवस्थामा छन् । आखिर कसैले २० औ हजार श्रमीकलाई आर.एम ५०/६० असुलेर ठगे भने कसैले नेपाल फर्काउने बहानामा ७०/७२ जवानलाई आर.एम १५००को दरले रकम असुलि गरेर ठगे । आखिर दुबै ठग नै हुन् अवश्यै पनि, उनीहरुको रणनीति मात्र फरक हो । यस विषयमा न कुनै संगठनका मानिसहरु बोल्न सके न दुताबासले नै केही गर्न सक्यो । यदि कसैले केही गर्न सक्थ्यो भने त्यो दुताबास नै थियो तर ……….।
चुनौती र अवसरले नै मानिसलाई गन्तब्यमा पुर्याउँछ । नेपाली समाजले हर्ुकाएका मजदुरहरु प्रवासमा बिषमताले गर्दा कुण्ठित भएका होलान्, दमित बनेका होलान् तर अबका नयाँ युगका नेपालीहरु यथास्थितिसँग घुँडा टेक्दैनन् । क्रियाशीलतासँगै सिर्जनसील र संर्घष्ासील छन् । धेरै ठूलो भरोषामा न्यायको प्रतिक्षामा आशातीत बनेको हाम्रो समाज र त्यसको आशामा कुठाराघात नहोस् । यो भरोषा र बिश्वास न्याय प्राप्तिसँगै बढिरहनर्ुपर्दछ । अनि एक स्वस्थ र मेलमिलापयुक्त समाजको निर्माण हुनर्ुपर्दछ । जुन समाज यहाँ दर्जनौ देशबाट आएका मजदुरहरुको लागि अनुकरणीय बनोस् ।–
Topics: नेपाल, समाचार, Expatriate-nepali, Middle-east News |





















