• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ : मन्त्री पौडेल | Main | कतारवासी इलामेलीहरुको वनभोज सम्पन्न »

    नेपाली दूतावास बेलायत नबेच्न सुझाव

    By Administrator | April 23, 2008

    बेलायतमा रहेको नेपाली दूतावास भवन बिक्री नगर्न अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । लन्डनको मध्यभागमा रहेको सो दूतावास भवन तीन करोड पाउन्डमा बेच्ने तयारी सरकारले गरेको थियो । निर्णयमा विवाद आएपछि बेच्न हुने-नहुने विषयमा सुझाव दिन समिति गठन गरिएको थियो । समितिका सदस्य तथा महालेखा नियन्त्रक दीप बस्न्यातले अहिलेकै अवस्थामा दूतावास भवन बेच्न नहुने सुझाव दिएको बताए । बेच्नैपर्ने भएमा मर्मत-सम्भार गरेर महँगो मूल्यमा बेच्न भनेका छौं,’ बस्नेतले नयाँ पत्रिकासित भने ।

    दूतावास बिक्री गर्नैपर्ने अवस्थामा व्यापक विज्ञापन गर्नसमेत समितिले सुझाव दिएको छ । तत्काल भवन बेच्दा दूतावास कार्यालय अलपत्र पर्ने अवस्था ख्याल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । गत ३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सो भवन बेच्ने निर्णय गरेको थियो । लन्डनस्थित केन्सिङ्टन प्यालेस गार्डेनमा रहेको उक्त दूतावासमा ८० वर्ष पुराना सामान प्रयोग भएकाले मर्मत खर्चिलो हुने सरकारको तर्क छ । हाल जीर्ण अवस्थामा रहेको उक्त भवन मर्मत गर्न ४५ लाख अमेरिकी डलर लाग्ने अनुमान छ ।

    तत्कालीन परराष्ट्रमन्त्री केपी शर्मा ओलीले भवन बिक्रीको प्रक्रिया अघि बढाएका थिए । परराष्ट्रमन्त्री साहना प्रधानले पनि त्यसलाई निरन्तरता दिएकी थिइन् । भारतीय व्यापारी लक्ष्मी मित्तलले दूतावास खरिदमा रुचि देखाएका थिए । सार्वजनिक लेखा समितिले पनि गत पुसमा भवन नबेच्न सरकारलाई सुझाव दिएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालले २० कात्तिक २०६४ मा नवनियुक्त राजदूतहरूलाई निर्देशन दिने क्रममा बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्मालाई दूतावास भवन बेच्ने विषयमा अन्तिम निर्णय गर्न निर्देशन दिएका थिए । नौ वर्षअघि शर्मा परराष्ट्र सचिव भएका बेला प्रधानमन्त्री कोइरालाले उक्त भवन बेच्ने प्रक्रिया अगाडि बढाए पनि बेलायतमा रहेका नेपालीको विरोधका कारण रोकिएको थियो । ५५ कोठे उक्त दूतावास भवन सन् १९३७ मा बेलायतका लागि प्रथम नेपाली राजदूत बहादुरसम्सेर जबराले एक सय वर्षका लागि लिजमा लिएका थिए । लिजमा लिए पनि भवनको स्वामित्व अहिले नेपाल सरकारका नाममा छ ।

    Source: Naya Patrika

    Bookmark This

    Topics: नेपाल, Expatriate-nepali, international |

    Comments