« अफगानिस्तानमा नेपाली अपहरणमा | Main | नेपाली दूतावास बेलायत नबेच्न सुझाव »
नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ : मन्त्री पौडेल
By Administrator | April 23, 2008
संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको नेपाली कांग्रेसले त्यसबारे समिक्षा गरिरहेको छ । देशभरबाट प्राप्त प्रतिवेदन र कार्यकर्ताको सुझाव संकलन गरी उसले केन्द्रीय कार्यसमिटिको बैठकमा थप समिक्षा गर्नेभएको छ ।
१२ वैशाखमा बस्ने केन्द्रीय कमिटिको बैठकमा चुनावमा हासिल भएको कमजोर परिणामको समिक्षा र भावी रणनीतिका बारेमा गम्भीर छलफल हुने उपसभापति एवं शान्ति तथा पुनःस्थापनामन्त्री रामचन्द्र पौडेलले बताउनुभयो । नयां सरकार गठन र त्यसमा कांग्रेसका भूमिकाबारे पनि छलफल हुनेछ । पौडेलले भन्नुभयो,’कुनै एक दलको बहुमत नल्याएकाले कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो लागेको छैन ।‘ नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेमा उहांको जोड थियो ।
चुनावअघि र पछिको माओवादी गतिविधिबारे पनि छलफल हुने बताइएको छ । माओवादीले ज्यादती जारी राखेको भन्दै त्यसबारे गम्भीर छलफल गरिने पौडेलले बताउनुभयो ।
Topics: नेपाल |





















