« कोरियामा नेपालीमाथि सांघातिक हमला | Main | नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ : मन्त्री पौडेल »
अफगानिस्तानमा नेपाली अपहरणमा
By Administrator | April 23, 2008
अफगानिस्तानमा एक नेपाली नागरिकको अपहरण भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा सुरक्षा प्रशिक्षण शिविरमा कार्यरत एक नेपाली र एक भारतीय नागरिक सोमबार राति अपहरणमा परेको बताइएको छ । अफगानिस्तानको अन्तरिम मन्त्रालयले भने अपहरित दुबै नागरिक भारतीय भएको जनाएको छ ।
मन्त्रायलका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुको अपहरण तालिवान लडाकुले गरेको बुझिएको छ । हेरात प्रशिक्षण शिविरमा सुरक्षा दिँदै आएको अमेरिकी कम्पनीले भने अपहरितहरु नेपाली र भारतीय नागरिक भएको बताएको छ । भारत सरकारले पनि आफ्ना एकमात्र नागरिक हराएको पुष्टि गरिसकेको छ ।
अपहरित नेपाली नागरिकले प्रशिक्षण शिविरमा खाद्य आपूर्तिसम्बन्धी काम गर्दै आएको बताइएको छ ।
Topics: कतार, नेपाल, समाचार, Expatriate-nepali, Middle-east News, international |





















