• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « मिर्गौला झिकेर ६ नेपाली युवकको दिल्लीमा हत्या | Main | बहु-चर्चित “किशोरगुरुङ” सम्मान कार्यक्रमको साइत जु-यो »

    पथरी युवा समाजले नयाँ वर्ष २०६५ लाई दुबईमा स्वागत

    By Administrator | April 22, 2008

    गत शुक्रबार अप्रील १८ का दिन बरदुबईको एभरेष्ट होटलमा पथरी युवा समाज युएइले नेपाली नयाँ वर्ष २०६५ को उपलक्ष्यमा युएईमा रहेका नेपालीहरु बिच शुभकामना आदान प्रदान गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    पथरी युवा समाजका अध्यक्ष मोहन नेपालको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूताबास युएईका उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठ हू्नू्हू्न्थ्यो भने अतिथिहरुमा एन आर एन का मध्यपुर्व संयोजक सि पी सापकोटा तनहु अनलाईनका बालचन्द्र पोख्रेल समाजसेवी बिष्णु अधिकारी नेपाली समाजका तुलसी तामाङ नेपाली साहित्य परिषदका बिमल तामाङ आदी उपस्थित हुनुहुन्थ्यो ।

    उपनियोग प्रमुख मोहन कृष्ण श्रेष्ठ र कार्यक्रमका सभापति मोहन नेपालले मैनबत्ति प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गर्दै सम्पूर्ण उपस्थितीहरुले नेपाली राष्ट्रिय गान गाएका थिए । कार्यक्रमा दुबईका स्थानिय नेपाली कलाकारहरुबाट उत्कृष्ट सांगितीक कार्यक्रम प्रस्तुति गरीएको थियो ।

    मोरङ जिल्लाको एउटा गा. बि. स. पथरीलाई लक्ष्यगरी सुरुवात गरिएको पथरी युवा समाजले स्थापनाको दुईबर्षमा नै महत्वपूर्ण सामाजिक क्रार्यहरु गरेको र भविष्यमा पनि यस्तै प्रभावकारी कार्यहरु गर्दै जाने कुरा कार्यक्रम स्थापानाको अवसरमा पथरी युवा समाजका अध्यक्ष मोहन नेपालले बताउनु भयो ।

    कार्यक्रम संस्थाका सचिव मोहन रौतनले सञ्चालन गरेका थिए भने संस्थाको सांगाठानीक प्रतिबेदन संस्था संयोजक रमेश खडकाले प्रस्तुत गरेका थिए ।

    सोही कार्याक्रममा नेपाली साहित्य परिषद यू्एईका कार्यबाहक अध्यक्ष एवंम पत्रकार के.पी. किरण शर्मा र साहित्य परिषदका पदाधिकारीहरु असिम महत कृष्ण घर्ति र तारा खनाले विश्व साईकल यात्रीलाई नेपाली झण्डा अङ्कीत ढाका टोपी लगाई दिएर अभिनन्दन गर्दै १४० दिराम आर्थिक सहयोग पनि गर्नु भयो । अभिनन्दन गरिए लगत्तै त्याहाँ उपस्थित अन्य शुभेच्छुक महानुभावहरु बाट पनि बिश्व साईकल यात्रीलाई आर्थिक सहयोग उपलब्ध भएको थियो ।

    कार्यक्रम दिउसो ३ बजे सुरु भई बेलुकी ७ बजे सम्म रौनकताका साथ भएको थियो

    Bookmark This

    Topics: समाचार, Expatriate-nepali, Middle-east News |

    Comments