• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « गैर आवासिय यातायात मजदुर संघ कतारले डोल्मा बच्चाउ समितिलाई सहयोग | Main | नेपाली दुताबास कतारले एन आर एन ए एन सि सि को दराज र अन्य सामाग्री हटाउन पत्रचार »

    नेपाली साहित्यिक तथा सास्कृतिक समाज यूएईको पुर्नगठन

    By Kumar Karki | April 19, 2008

    nepalipress2913901.jpg

    खेमनाथ पौडेल

    यूएई

    गत शुक्रबार अप्रिल १८, २००८ का दिन अबुधावीमा बसेको एक भेलाले नेपाली साहित्यक तथा सास्कृतिक समाज यूएईको नयाँ कार्य समिति चयन गरेको छ। पुरानो कार्यससमितिका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा बसेको बैठकले स्थापना भएदेखी हालसम्म भए गरेका कार्यहरुको बारेमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई जानकारी गराईएको थियो ।


    अध्यक्षद्धारा पुरानो कार्यसमिति भङ्ग गर्दै नयाँ कार्यसमिति चयन गर्नकोलागि निर्वाचन कमिटिलाई सुम्पिदै पहिलो कार्यक्रम सकिएको थियो। जेपी सापकोटाको सँयोजकत्वमा एक निर्वाचन कमिटि चयन गरी सहमतिको आधारमा सर्वसम्मतीबाट पदाधिकारीह्ररुको चयन गरिएको थियो। उक्त निर्वाचन कमिटिमा समाजसेवी भुवन राई तथा खेमनाथ पौडेल रहेका थिए। पहिलो कार्यक्रम संस्थ्ाका महा सचिव गिरधारी रिजालले सञ्चालन गरेका थिए।


    ज्ञानु गजमेरको अध्यक्षतामा पुर्नगठन गरिएको उक्त कार्यसमितिमा उपाध्यक्ष केशरी अमागाई तथा अर्जुन सापकोटा, महासचिव गिरधारी रिजाल, सचिव जिवन कोईराला, कोषाध्यक्ष भक्ति गुरुङ्ग, चयन भएका छन् भने सदस्यहरुमा बसन्त बिष्ट, कपिल खड्का, जीवन राई, खिमलाल सापकोटा, भोला दाहाल रहेका छन्। संस्थाको संरक्षकमा निर्वतमान संस्थापक अध्यक्ष लक्ष्मण सापकोटा रहेका छन्।

    उक्त नेपाली साहित्यिक तथा सास्कृतिक समाजले बेला बेलामा विभिन्न साहित्यिक तथा सास्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको छ। साथ साथै केही समय पहिलादेखी प्रत्येक शुक्रवारको दिन साहित्यिकारहरु अबुधावीको एक बोधी वृक्षमुनी जम्मा भई आ?आफ्ना साहित्यिक खुराकहरु सुनाउने थालनी पनि गरेको थियो।

    Bookmark This

    Topics: कतार |

    Comments