• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « नेपाली साहित्यिक तथा सास्कृतिक समाज यूएईको पुर्नगठन | Main | कतारमा विजय उत्सव मनाइयो »

    नेपाली दुताबास कतारले एन आर एन ए एन सि सि को दराज र अन्य सामाग्री हटाउन पत्रचार

    By Kumar Karki | April 19, 2008

    letter-from-nepali-embassy-qatar-to-nrna-ncc-qatar.jpg

    गैर आवासिय नेपाली संघ कतार च्याप्टरले लामो समय देखी नेपाली राज दुताबासको भबनमा राख्दै आएको संघको एउटा दराज तथा अन्य सामाग्रीहरु हटाउन भनी संघका अध्यक्ष कमलमणी गुरगाइ लाई पत्र पठाएको कुरा बताएका छन।
    तत्कालिन दुताबासले प्रमुखको अनुमती मा राख्दै आएको भए पनि हाल आएर उक्त दराज नै हटाउन पत्र आएको छ। कतारको नियम अनुसार गैर सरकारी सस्था खोल्न नपाउने रहेको अवस्था पनि हाल कतारमा लग्भग ६० वटा भन्दा बढी सस्थाहरु रहे पनि एन आर एन ए लाई नेपाल सरकार र अन्तरराष्ट्रिय स्तरमा पनि बैधानिकता प्राप्त भाई सकेको अवस्थामा आफ्ना कगजात हरुलाई सुरक्षित राख्नाका लागि उक्त दराज राख्न दुताबास सँग अनुमती लिएको कुरा संघका अध्यक्ष कमलमणी गुरगाइ बताउनु हुन्छ।
    हाल आएर दुताबासले उक्त कागजात राख्ने दराज पनि हटाउनु भनी पत्रचार गरे पछी समस्या आएको कुरा बताउनु हुन्छ। एन आर एन ए एन सि सि कतार च्याप्टरले दुताबास सँग सहकार्य गरेर स्थापना गरेको गैरआवासिय नेपाली कल्याण्कारी कोसको पनि दुताबासले बिरोध गरी रोक्ने अवस्थामा रहेको कुरा जानकारी गराउनु भएको छ। नेपाली राजदुताबास कतारमा एन आर एन ए एन सि सि का तर्फ बाट फोहोर फाल्ने भाडो पनि उपलब्ध गरएको थियो । पत्रमा जनाए अनुसार उक्त फोहोर फाल्ने भाडो पनि हटाउनु भन्ने बुझिन्छ। राजदुत सुर्यनाथ मिश्रद्वारा हस्ताक्षरित पत्रमा दुताबास परिसर बाट बाहिर लैजान भनिएको छ।

    नेपाली दुताबासको उक्त पत्र का बारेमा छलफल गर्न चाडै नै एन आर एन ए एन सि सि को बैठक बसेर प्रतिकृया दिने कुरा पनि बताएका छन।

    स्मरण रहोस् एन आर एन तेस्रो विश्व सम्मेलनका बेला माओवादीका अध्यक्ष प्रचन्डले आफ्ना पार्टिका तर्फ बाट सिफारिस गरिएका राजदुतहरुलाई एन आर एन ए का लागि कार्यालय बनाउनका लागि एउटा कोठा उपलब्ध गराउन निर्देशन् दिने अभिब्यक्ती दिएका थिए अहिले माओवादीको सरकार आउन लगेको बेलामा नै कतारका लागि नेपाली राजदुत सुर्यनाथ मिश्रले भने राख्दै आएको दराज र अन्य दुताबासका लागि प्रदान गरिएको सामाग्री हरु पनि हटाउने निर्देशन सहित पत्राचार गरेका छन।

    दुताबासले संघलाई लेखेको पत्र यस प्रकार छ।

    letter-from-nepali-embassy-qatar-to-nrna-ncc-qatar.jpg

    Bookmark This

    Topics: कतार, समाचार, Expatriate-nepali, Middle-east News, international |

    Comments