• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « महोतरीको ३ क्षेत्रको १५ केन्द्र र अर्घखाँचीको २ क्षेत्रका केहि मतदान केन्द्रमा आज मतदान जारी | Main | अहिले सम्मको मतगणनाको जानकारी कुन पार्टिको कती सिट? »

    अज्ञात समूहले मतपेटिका जलाएपछि दोश्रो पटक मतदान स्थगित

    By Kumar Karki | April 16, 2008

    अर्घखाँची, वैसाख ४ - अज्ञात समूहले मतपेटिका जलाएपछि अर्घखाँची क्षेत्र नं. २ मा आज दोश्रो पटक पनि मतदान हुन सकेन ।

    जुकेना गाविसको सुधा मावि केन्द्रमा बिहान मतदान भैरहेको समयमा १०-२० जनाको अज्ञात समूह आई मतपेटिका जलाउनुका साथै निर्वाचनका लागि खटिएका कर्मचारीलाई कुटपिट गर्न थालेपछि मतदान हुन नसकेको हो ।

    सो समूहसँगको झडपपछि मतदान स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद अधिकारीलाई उद्दत गर्दै हाम्रा समाचारदाताले जनाएका छन् । सो केन्द्रमा चैत २८ गते मतदान हुन नसकेपछि निर्वाचन आयोगले आजका लागि पुन: मतदानको समय तोकेको थियो ।

    अहिले केन्द्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । यसैबीच मतदान स्थगित गरिएका अर्घखाँची क्षेत्र नं. १ का २ वटा केन्द्र र महोतरीका ३, ४ र ५ निर्वाचन क्षेत्रका १५ वटा मतदान केन्द्रमा मतदान भैरहेको छ

    Bookmark This

    Topics: नेपाल, समाचार |

    Comments