« डोल्मा बचाउ समिति-कतारले सहयोग रकम पठाउने | Main | अज्ञात समूहले मतपेटिका जलाएपछि दोश्रो पटक मतदान स्थगित »
महोतरीको ३ क्षेत्रको १५ केन्द्र र अर्घखाँचीको २ क्षेत्रका केहि मतदान केन्द्रमा आज मतदान जारी
By Kumar Karki | April 16, 2008
वैसाख ४- झडप तथा विवादका कारण मतदान स्थगित गरिएका महोत्तरीका ३, ४ र ५ निर्वाचन क्षेत्रका १५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुन: मतदान सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार ती तीन क्षेत्रका १५ मतदान केन्द्रमा पुन: मतदान हुन लागेको हो । ती मतदान केन्द्रहरुमा सांघातिक झडप, बुथ कब्जा गर्ने प्रयास, मतपत्र लुट्ने तथा मतपेटिका पोखरीमा फ्याँक्ने घट्ना लगायतका कारण चैत २८ गतेको मतदान रद्द गरिएको थियो ।
उक्त मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाएका छन् । त्यसै गरि अर्घखाँची १ र २ का केहि मतदान केन्द्रहरुमा पनि आज मतदान भैरहेको छ ।





















