« डिजी कम्युनिकेशनद्वारा राजदुत डा.ऋषिराज अधिकारीको स्वागत | Main | नयाँ वर्षो अवसरमा सन्ध्या गु्रप कतारद्धारा साँस्कृतिक कार्यक्रमको आयोजना »
चार नेता चौथोपल्ट प्रतिनिधि
By Kumar Karki | April 14, 2008
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासहित विभिन्न दलका ४ नेता लगातार चौथोपटक जनप्रतिनिधि निर्वाचित भएका छन् ।
आमनिर्वाचन २०४८, २०५१ र २०५६ मा निरन्तर प्रतिनिधिसभामा निर्वाचित उनीहरू चारैजना यसपटक संविधानसभा सदस्य पनि चुनिएका छन् । चौथोपटक निर्वाचित अन्यमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र तमलोपाका हृदयेश त्रिपाठी छन् ।
डडेल्धुराबाट देउवा तीनपटक प्रतिनिधिसभामा र यसपटक संविधान सभामा निर्वाचित भएका हुन् । दर्ुइ क्षेत्रमा उठेका देउवा कञ्चनपुर ४ मा पनि अग्र स्थानमा छन् । पौडेल तनहु“, बिजुक्छे भक्तपुर र त्रिपाठी नवलपरासीबाट निर्वाचित भएका हुन् ।
सबभन्दा बढी मत भट्टर्राईको
आइतबार रातिसम्ममा घोषित परिणामअनुसार माओवादी नेता डा. बाबुराम भट्टर्राईले सबभन्दा बढी मत ल्याएका छन् । उनले प्रतिद्वन्द्वीलाई पनि सबैभन्दा धेरै मतान्तरले हराएका छन् । गोरखा २ बाट भट्टर्राईले मुख्य प्रतिद्वन्द्वीलाई ४० हजारभन्दा बढी मतले हराएका हुन् । उनले ४६ हजार २ सय ७२ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र न्यौपानेले ६ हजार १ सय ४३ मात्र पाएका थिए ।
एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवाली सबभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।
उनले १ लाख ४ हजार ८ सय ८८ मतदाता भएको गुल्मी २ बाट कांग्रेसका चन्द्र भण्डारीलाई २ हजार मतले हराएका थिए । उनले २३ हजार २ सय ५३ मत पाएका थिए । माओवादीका देव गुरुङले सबभन्दा कम मत ल्याएर संविधानसभा सदस्य निर्वाचित हुने रर्ेकर्ड कायम गरेका छन् । उनी मनाङबाट लगातार तीनपटक प्रतिनिधिसभामा निर्वाचित प्रतिद्वन्द्वी कांग्रेसका पाल्टेन गुरुङलाई करिब चार सय मतले हर्राई विजयी भएका हुन् ।
Source: kantipur
चार जना दुइ क्षेत्रबाट विजयी
माओवादी र मधेसी जनअधिकार फोरमका चार नेता संविधानसभा सदस्यमा दर्ुइ/दर्ुइ क्षेत्रबाट विजयी भएका छन् ।
दर्ुइ क्षेत्रबाट निर्वाचित भएकामा माओवादी अध्यक्ष प्रचण्ड र नेता देव गुरुङ तथा फोरमका फोरमका संयोजक उपेन्द्र यादव र नेता विजयकुमार गच्छदार छन् । प्रचण्ड काठमाडौं १०, रोल्पा २ बाट तथा स्थानीय विकासमन्त्रीसमेत रहेका गुरुङ कास्की-१ र मनाङबाट चुनिएका हुन् । यादव सुनसरी-५ र मोरङ-५ तथा गच्छदार सुनसरी-३ र मोरङ-७ बाट निर्वाचित भएका हुन् ।
दर्ुइ क्षेत्रमा प्रत्यासी एमाले महासचिव माधवकुमार नेपाल भने काठमाडौं-२ बाट पराजित भइसकेका छन् । उनको अर्को क्षेत्र रौतहट-६ मा मतगणना भइरहेको छ । दर्ुइ क्षेत्रमा प्रत्यासी रहेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणा भने सिन्धुपाल्चोक-१ र ३ दुवैबाट प्रत्यासी रहेका भारी मतले पराजित भएका छन् ।
Topics: कतार |





















