« अहिले सम्म माओवादी अगाडि कसले कहाँ कहाँ जिते? | Main | चार नेता चौथोपल्ट प्रतिनिधि »
डिजी कम्युनिकेशनद्वारा राजदुत डा.ऋषिराज अधिकारीको स्वागत
By Kumar Karki | April 14, 2008
श्रीधर सुबेदीनयाँ नेपाल अनलाईन
मलेसिया, क्वालालम्पुर/नेपाली नयाँ वर्ष२०६५ सालको उपलक्ष्यमा मलेसियास्थित टेलिकम कम्पनी ‘डिजी कम्युनिकेशन’ ले यहाँस्थित नेपाली
राजदुत डा ऋषिराज अधिकारी लगायत नेपालीहरुलाई शुभकामना तथा सम्मान गर्दै एक दिवाभोज कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार क्वालालम्पुरस्थित कङ्क्रड होटलमा आयोजित सो कार्यक्रममा नेपाली राजदुत डा. ऋषि राज अधिकारीले बहुसंख्यक नेपालीहरुले डिजी
कम्युनिकेसन कम्पनीको सिमकार्ड फोनमा प्रयोग गरेको र यसले गर्दा डि.जी.र प्रयोगकर्ता दुबै पक्षलाई फाइदा हुने बताउनु भयो । साथै अधिकारीले
नेपालीहरुलाई लक्षित गरी डि.जी कम्पनीले गरेको कार्यक्रमहरुको सराहना समेत गर्नुहुँदैे उपस्थित सम्पर्ूण्ा नेपालीहरुलाई नववर्ष२०६५ को
शुभकामना व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाली साँस्कृतिक तथा सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।
डिजी कम्युनिकेसनले आफ्नो व्यापारबृद्धि तथा विस्तारको लागि नेपालीहरुलाई लक्षित गरी थुप्रै नयाँ कार्यक्रमहरु संचालन गर्दै आएको छ । बहुसंख्यक नेपालीहरुले सो कम्पनीद्वारा निर्मित मोबाइल सिमकार्ड प्रयोग गर्ने भएकोले सो कम्पनीले नेपालीहरुलाईनै लतिक्ष गरी विभिन्न कार्यक्रमहरु
संचालन गरेको हो । विगत छोटै समयमा निकै लोकप्रिय बनिसकेको सो कम्पनीको उत्पादन मोबाइल सिम कार्ड प्रयोग गर्दा अन्य सिमकार्ड भन्दा सरल तथा सहुलियत हुने हुनाले नेपालीहरुले ,सो कार्ड प्रयोग गर्ने गर्छन् ।
सुनिल चालिसे र सपना बस्यालद्वारा संचालित सो कार्यक्रममा नेपाली श्रमिक, पत्रकार, विद्यार्थी तथा व्यापार व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
Topics: कतार |





















