• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « कतारमा कवि इश्वरबल्लभको स्मृति | Main | प्रनसासले साहित्यिक संगालो बजारमा ल्याउने »

    संविधानसभा चुनावको सुरक्षाका लागि देशभर हवाई गस्ती सुरु गरिने

    By Kumar Karki | April 3, 2008

    काठमाडौं,

    संविधानसभा चुनावको सुरक्षाका लागि सरकारले शुक्रबारदेखि मुलुकभर हवाई गस्ती सुरु गर्ने भएको छ ।

    प्रत्येक विकास क्षेत्र र उपत्यका गरी छ वटा हेलिकोप्टरले नियमित हवाईगस्ती गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ । हवाई गस्तीका लागि आज छ वटा हवाइ कम्पनीसंग सरकारले सम्झौता गर्दैछ ।

    गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले सरकारले सुरक्षाको संवेदनशीलतालाई हेरी हवाई गस्ती सुरु गर्न लागेको जानकारी दिए । हवाई गस्ती एक हप्तासम्म गरिने प्रवक्ता डोटेलले बताए । संविधानसभा चुनाको सुरक्षास्थिति बुझ्न सुरक्षा निकायका उच्च अधिकारीको एक टोली आजदेखि मध्यमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्किएको छ ।

    गृह मन्त्रालयका सचिव उमेशप्रसाद मैनाली, सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओली, जनपद प्रहरीका महानिरीक्षक ओमविक्रम राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक धनसिंह कार्कीसहितको टोली सुरक्षास्थिति बुझ्न आज बिहानै मध्यमाञ्चलका जिल्ला भ्रमणमा निस्किएको छ । सुरक्षा अधिकारीको टोलीले काठमाडौंबाहेक रसुवा, नुवाकोट, चितवन, धादिङलगायत मध्यमाञ्चलका सबै जिल्लाको सुरक्षा अनुगमन गर्नेछ ।

    विभिन्न जिल्लामा पुगेपछि टोलीले त्यहाँका सुरक्षा अधिकारी, प्रशासन, दलका नेताहरूसंग छलफल गर्नेछ । गृह प्रवक्ता डोटलका अनुसार टोली आज बिहानै रसुवा गएको छ

    Bookmark This

    Topics: कतार, नेपाल, समाचार |

    Comments